मेरा सम्पूर्ण मित्रहरुमा मेरो न्यानो अभिबादन !

पहिलो प्रयास अनुरुप मैले आफ्नो ब्यतिगत ब्लग बनाउने कोशीश गरेको छु र यस कार्यमा तपाईंहरुको ठुलो सहयोगको आशा गरेको छु । तसर्थ तपाईंहरुसँग भएका लेख, रचन, कथा , कबिता अनी गजल तथा कुनै पनि रोचक कुराहरु छन भने मलाई तल लिखित ईमेलमा पठाइ दिनु हुन अनुरोध गर्दछु र साथै कुनै पनि लेख पठाउदा आफ्नो फोटो पठाउन नबिर्सिनु होला ता कि तपाईंको लेख सँगइ तपाईंको फोटो पनि समाबेश गर्न सकौ ।

email id: raju_rai00@yahoo.com

 

 

 

 

 

 

मेरो अपिल पून: यहाँहरुलाई


1 प्रतिक्रिया to ““मेरो अपिल””


  1. 1 Romee
    फ्रेवुअरी 10, 2009 मा 5:18 +13:45फेब

    नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा

    म त उजाड मरुभुमिमा हर्राई सकेछु

    नसंझिनु है मलाई कुनै खुशियालीमा

    म त दुःख र आँशुको सागरमा पो डुबिसकेछु ।।

    नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा

    म त ५५ डिग्रीको घाममा जल्न पुगेछु

    नखोज्नु है मलाई हजारौ दुनियाँको भिडमा

    म त बालुवै बालुवाको भरुभुमीमा पो पुगी सकेछु ।।

    नखोज्नु है मलाई बिहानीको सुस्तरी पवनमा

    म त समुन्द्रि आँधिमा बडारीन पो पुगी सकेछु

    नखोज्नु है मलाई वरपिपलको छहारीमा

    म त रुखै नभएको मरुभुमीमा पो मडारिन पुगी सकेछु ।।

    नखोज्नु है मलाई जन्म भुमीको कुना कुनामा

    म त गाउँ घर छाडि समुन्द्र तरि पराई बनिसकेछु

    नखोज्नु है मलाई पहिलाको गाउँ घरको ठेगानामा

    म त अब परदेशि पो भैसकेछु, परदेशि पो भैसकेछु ।।


टिप्पणी छोड्नुहोस्




उत्तम बिषयबस्तुहरु

क्यालेन्डर

मे 2024
सो मं बु बि शु
 1234
567891011
12131415161718
19202122232425
262728293031  

अहिले सम्म कति पल्ट हेरियो त?

  • 3,565 hits

Top Clicks

  • कुनै पनि होइन