Archive for the '"मेरा गीत, कबिता अनि गजल"' Category

18
फेब
09

“गीत”

-राजु राई
यो गीत मिती २०६५ फाल्गुन ६ गते लेखिएको हो ।

 
आज त म धेरै धेरै टाढा जादै छु
बिदा देउ ए मेरी प्रियसी !
हाँसी देउ एक पटक ए मेरी प्रियसी !
अलबिदा …. अलबिदा ….

 
सकिन यो जनममा तिम्रो सिउदो रङाउन
सकिन तिम्रो सुख दु:खमा साथ दिन
माफी मागी आज धेरै टाढा जादै छु
बिदा देउ ए मेरी प्रियसी !
हाँसी देउ एक पटक ए मेरी प्रियसी !
अलबिदा …. अलबिदा ….

 
तिमीलाई दिएका मेरा ती कसम ती बाचा
पुनर्जन्ममा पुरा गर्ने मेरो तिमीलाई छ बाचा
तर आज त म धेरै टाढा जादै छु
बिदा देउ ए मेरी प्रियसी !
हाँसी देउ एक पटक ए मेरी प्रियसी !
अलबिदा …. अलबिदा ….

18
फेब
09

“गीत”

-राजु राई
यो गीत मिती २०६५ भदौ २५ गते लेखिएको हो ।

 
भन्छौ भने तिमी म यो संसार छोडि दिन्छु
तिमीले दिएका हरेक घाउ मुटुमा सजाइ दिन्छु
हास्नु परेमा हासी दिन्छु रुनु परेमा रोइ दिन्छु
यो जीवन तिम्रो लागि साची दिन्छु

कयौ चोटहरु छातीमा लिइ यताउता भौतारी रहेछु
कहाँ छिन् उनी भनि वरिपरि तिमीलाई खोजी रहेछु 
तिमी नै भन अब म के गरू
तिमीलाई हसाउ या आँफैमा हराउ

बाच्नुको कुनै अर्थ छैन जहाँ बेदना लुकेको छ
मर्नुको अर्थ छैन जहाँ बिछोड लेखिएको छ
तिमी नै भन अब म के गरू
तिम्रो लागि बाचु या तिम्रो लागि मरू

10
फेब
09

“WHEN I FIRST SAW YOU”

When I first saw you

I missed the comfort of being sad

Seeing you from far away

Without telling you about my heart

I could not bore holding my thoughts

About how much I would like

To hold you and fill you with joy

When I first saw you

I knew my love for you was never going to die.

04
फेब
09

“गजल”

-राजु राई
यो गजल मिती २०६५-१०-२१ गते लेखिएको हो । 

 

तिम्रो एक मुस्कुराहटको निम्ती
तिम्रो हरेक दु:खसँग मैले नाता गासेको छु

 

तिम्रो आँखाबाट आसुँ झर्दा
मैले मुस्कुराउन बिर्सी सकेको छु

 

तिमी मेरो लागि चन्द्रमा हौ
मैले पुर्णिमाको चन्द्रम्मा हेर्न छोडेको छु

 

तिमी फूलको कालिनमा हिड्दा
मैले काडै काडाको बाटो रोजेको छु

 

आज तिम्रो डोली निस्कदा
मैले आफ्नो मलामी लिकालेको छु

27
जन
09

ईतिहासमा मेटिएका पाइलाहरु”

-राजु राई
यो कबिता मिती २०५९ असार १३ गते लेखिएको हो । 

अनगिन्ती अक्षरहरुले पुरिएका
मेरा बिकासप्रेमी पाइलाहरु
त्यो जन्जिरको थुप्रोबाट उक्सन खोज्दै छ ।
त्यसको बदलामा
झन शिशिरको पतझड हावाले
अत्तरहरु निरन्तर ल्याइ दिने छ
त्यसको एउटा महान थुप्रो बन्ने छ
शायद त्यो अटलता र बिशालताको हुने छ ।
तर मेरा प्रगतिप्रेमी चाहनाहरु
उत्थानबादी रहरहरु खै! किन त्यही थुप्रोमा गुम्सदै छ
हजारौ प्रयासका बाबजुद पनि
मेरा ती बिकासप्रेमी दुई पाइलाहरुले
ताजा हावा लिन पाउने छैन
बिकासका सिर्जना देख्न पाउने छैन .
केवल उ पाइला चालु वा नचालुको बिडम्बनामा परी
टक्क अडिरहने छ, चुपचाप् सही रहने छ ।
अनि इतिहासका एउटा कतित पात्र बन्ने छ ।
जुन केवल किताबको पानामा सजिने छ
निर्जिब मूल्य सरी केवल निर्जिब मूल्य सरी ।

27
जन
09

“चितामा म त जली रहे”

-राजु राई
यो गजल मिती २०६१ कार्तिक १५ गते लेखिएको हो ।

 

फाटी गएको मन एक फेर टाली हेरे
हाँसोको निम्ति आँसु जती छिचोली रहे ।
 

जिउनुको निम्ति हाँसो जति सँगाली रहे
हाँसो त के आँसु नै साथी बनी रहे ।

अन्जान मै माया पनि उनी सँग लाई हेरे
मायाको साटो माया होइन ढोका पाइ रहे ।

 

हिंड्नु थियो यात्रा धेरै नशामा डुबी रहे
जिउने के कुरा गर्छौ? चितामा म जली रहे ।

27
जन
09

“यो गीत तिमीलाई”

-स्व पूर्ण बहादुर राई

यो गीत मेरो बुवाले २०४१ साउन १ गते लेख्नु भएको हो ।

 

मिलन घोटेर दबाइ लगाए
बिछोडको घाऊ छुटेन
अधर खोलेर मुस्कुराउन खोजे
यो दिलको दर्द लुकेन

चोट तिमीले मलाई दियौ
मैले मागेको थिइन
माया तिमीले अरुलाई थियौ
भैगो भनेको थिइन

यात्रा भरि साथ दिने छु
बाधा सबै सहन्छु
भन्थ्यो तिमी के भो भन
माया सबै म दिन्छु

यो दिल मेरो नजलाउ अब
आँफै जली सकेछु
भोलि भनी बाचा नबाँध
आजै मरी रहेछु

27
जन
09

“म बेहोशी”

-राजु राई

यो कबिता २०५८ मंसिर २२ गते लेखिएको हो ।

 

चितामा म जल्दा जल्दै
केवल खरानी बन्न बाँकी थिए
अपमान आत्मा, हत्या गर्ने दुस्साहस
अनि आकाँक्षाको धमिलो सपना बोकी
म त्यो शून्य क्षितिजमा एक्ली रहे
त्यस पछि आफुले आफुलाई नियाली हेरे
आफुले आफुलाई छामे
आफ्नो परिचय आँफैले मागे

नसा नसामा रक्तिम चाप गतिवान भएको म
उकुस मुकुस अवस्थामा प्रतिसोधले दन्किएको जलन म
ओफ्फ ! कस्तो तिरिस्क्रित घाइते म
आदि आदि भएको म
शायद आँफै तड्पिएको, आँफै छट्पटिएको
त्यसैले होला न मर्न सक्छु जीवनको सुखले
न जीउन सक्छु मनको दु:खले

आखिरमा यथार्थ के हो?
न कसैले बताइ दिन्छ
आखिरमा आँसु के हो ?
न कसैले पुछी दिन्छ
त्यसैले होला आँसुको सागरमा डुबी रहे
सुन्दर भबिष्य भन्थे
त्यो त कहिले भताभुङ् बनाइ सके

त्यही पनि बर्तमानलाई अँगाल्न खोज्छु
अतितका कालो बादल मडारिएर आउछ
स्वप्निल नयनमा सपना देख्छु
बिपनाको यथार्थले ब्युझाइ दिन्छ
अनि म आफुलाई शून्यतामा पाउछु
लाखौं लाख अमन चैनमा बाधिन थाल्छु
जीवनको यात्रामा हिड्दा हिड्दै एक्लो भएछु
झुल्किनै नपाई अस्ताउन पुगेछु
हास्न त हासी सकेछु
तर थाहा नपाई आसुँ झारेछु
बेहोशी त थिइन
तर होश त कहिल्यै गुमाइ सकेछु




उत्तम बिषयबस्तुहरु

क्यालेन्डर

मे 2024
सो मं बु बि शु
 1234
567891011
12131415161718
19202122232425
262728293031  

अहिले सम्म कति पल्ट हेरियो त?

  • 3,565 hits

Top Clicks

  • कुनै पनि होइन