Archive for the '"साथी भाईहरुको लेख"' Category

17
मार्च
09

“मात्र धनपतीले सुनेको समाचार”

-हरिहर दाहाल,
क्यालिफोर्निया

एउटा लाचार बाबुले आफ्नो परिवारलाई पेट्भरी खुवाउन नसक्नुको बिबशतालाई मृत्‍यु सँग साट्योउसले मुक्ती पायो तर परिवारलाई बिचल्निमा पारेर गयो बिधवा श्रीमती माथि भब-सागर आई पर्‍यो। एक-डेड महिना त छिमेकीहरुको सहयोगबाट जेन-तेन परिवारको गुजरा चल्यो तर सहयोग गर्ने मान्छेहरुको संख्या दिन-दिनै घट्न थाले पछी बिधवाले आफ्नै पौरखमा बाँच्ने अठोट गरेर कामको खोजीमा निस्की आय-आर्जनका अबसरहरुको खोजिमा सयौं ढोकाहरु ढक्ढक्याउन गई तर कँहि,कतै कसैले पनि उसका ब्यथाहरु सुन्ने कोसिश गरेननशक्ति,सत्ता र अबसरहरुको ब्यबस्थापना र परिचालन गर्ने ब्यक्ती तथा समुह सम्म पँहुच नभएका कारण उसले सबै अबसरहरु बाट बंचित हुनु पर्‍योन त उ द्वन्द पीडित थीइ,न त शाहीद परिवार न त आदिबासि जनजातिनै नै अभाबमा आत्मा हत्या गर्ने परिवारहरुका लागि भनेर राष्ट्रद्वारा पनि यस सिर्शकमा बजेट बिनियोजन भएको थिएनयसरी उसको भोक र अभाब राष्ट्रको प्राथमिकता भित्र परेन र उसको ब्यथा राष्ट्रको ब्यथा बन्न सकेन उसले निस्कर्श निकाली”सडकमा मागेर दयाको भिख खानु भन्दा शरीर बेच्नु निको”यसरी उसलाई परिस्थिती ले एउटा कठोर निर्णय लिन बिबश बनायो र उसले जिबिकोपार्जनका निमित्त बेस्याब्रितिको ब्यापार शुरु गरी
आफ्ना छोराछोरिबाट लुकीछिपि बेस्याब्रितु गर्नु पर्दा उसलाई आत्माग्लानी भएर आउथ्यो तर उसंग अर्को बिकल्प पनि त थिएन। मर्नु भन्दा बौलाउनु बेस भनेझै उसले पेशालाई ब्यबस्थित गर्दै गई र छोराछोरीहरु घरमा नभएको अवस्थामा ग्राहकहरुलाई घरमै बोलाएर सेवा दिन थालि। दुर्भाग्यबस एकदिन छोराले आमालाई घरमा आपत्तिजनज अवस्थामा भेटेपछी त्यस कुकर्मको पत्ता पायो र आमालाई बुवाको मृत्‍युको फाईदा उठाउदै परपुरुससँग नाजयात संबन्ध राखेकोमा रोश ब्यक्त गर्‍यो।बिबस त्यस आमाले यथार्ततालाई उजागर गर्न नपाउदै उक्त पुरुस माथि छोराले हमला गर्‍यो । उनिहरुका बिच भएको हानाहानमा दुर्भ्यागयबस आमा माथि धारिलो हतियार लाग्न गै आमाको घटनास्थल्मै मृत्‍यु हुन गयो।परिस्थितीले छोरो आमाको हत्यारा साबित हुनु पर्‍यो र उसलाई ज्यान मारेको अभियोगमा आजन्म काराबासको सजाय भयो परिवारमा बाँकी एक मात्र सदस्य अनुलाई गाँउलेहरुले सुरक्षा दिएउनलाई गाउकै एक सज्जनका घरमा सामान्य घरायशी काम सघाउनु पर्ने शर्तमा पालन्-पोशणको ब्यबस्था मिलाइयो
अनु एक्कासी तिनै सज्जन का छोराबाट बलात्‍कृत भएपछी गाउलेहरुले उनलाई पुन: अर्को ब्यबस्था गरे र उनलाई देश भरिकै ठुलो र सुरक्षित मानिने नाम चलेको नारी उत्थान केन्द्रमा राखिदिए उत्थान केन्द्र का कर्मचारी सँग अनुको नाजायत संबन्ध भएको हल्ला गांयियाँ-गुंयियाँ चल्न थाल्यो स्थानिय पत्रपत्रीकामा ” उत्थान केन्द्र भित्र यौन लीला” का सिर्शक मा समाचार सेमत छपियो समाचार छापिनासाथ उक्त केन्द्र का संचालकले त्यस कर्मचारीलाई अनुशासन को कारबाही गर्दै जाजिर बाट निकालिदिए अनु दुई जिउकी भएकी रहिछन उनले आफ्नो प्रेमीलाई घर भित्र्याउन अनुरोध गरिन तर उसले घरमा अर्की श्रीमती भएका कारण त्यसो गर्न नसक्ने बिबशता जाहेर गर्दै अब उप्रान्त उसको खोजि समेत नगर्नु भनि धम्कि दिएर हिढे पछी उनी बेसाहारा भइन
अनुले नारी उत्थान केन्द्रका प्रमुखलाई समस्या समाधानका लागि बिन्दी चढाईनकुनै सुनुवाई भएन, उल्टै उनलाई आन्तरिक अनुशासन पालना नगरि चरित्रहिन कृयाकलापमा संलग्न भएको आरोपमा केन्द्र बाट निकालियो यसरि आफ्नो प्रेमी बाट पाएको धोका र केन्द्र बाट समेत सहयोग नमिलेपछी अनु सडकमा जानु पर्‍योसाहाराबिहिन अनुले पेटमा भएको बच्चाको अनिश्चित भबिस्य देखेर सधै भरिका लागि यस संसार बाट बिदा लिने निधो गरिन र सिंहदरबर अगाडि गूड्दै गरेको ट्रक भित्र छिरेर आत्माहत्या गरिन
एउटी पागल आईमाई, उसकै लपर्बाहीले गर्दा ट्रकमा ठोकीई मृत्‍यु भई बाटो बन्द गर्नु परेका कारण सिंहदरबारको पश्चिम ढोकाबाट परिचालित उचस्तरिय सबारिहरुलाई सिंहदरबारको दक्षिण ढोकाबाट परिचालन गर्नु पर्दा परेको असुबिधाका लागि क्षमा याचना सहित को समाचार रेडियोबाट आँउदै गर्दा तपाईं खाडी मुलुकमा ११० डिग्रीको तापक्रममा मालिकका भेडाहरु चराउँदै हुनुहुन्थ्यो र यो समाचार सुन्न सक्नु भएन डोल्माहरु मृत्‍युदण्ड को सजय सुनेर बेहोस् थिए र यो समाचार सुन्न सकेनन गाँउलेहरु स्कुलमा भेटिएको बेवारीसे बम पड्किनगै मृत्‍यु भएका २१ जना विद्यार्थी हरुको सामुहिक दाहंसस्कारका लागी गएका रहेछन र यो समाचार सुन्न सकेनन
हामीहरु बिदेश गएर धेरै पैसा कमाउने चक्करमा दलाल बाट ठगिएर बैंकक को एउटा होटेलमा बन्दी जीवन बिताइरहेका थियौ र त्यो समाचार सुन्न सकेनौ उनिहरु सिंहदरबार को दक्षिण ढोका बाट छिरी आफुले नियमित रुपमा खाई-पाई आएको सुबिधा लाई बढाउनु पर्छ भन्दै सदनमा रोस्टम घेर्दै रहेछन र उनिहरुले पनि यो समाचार सुनेनन मात्र,धनपतिले यो समाचार सुनेछकिनकि नख्खु जेलमा उसको दिनचर्या भने कै नियमित रुपमा रेडियो सुन्नु र देशभरी घटेका र घटाईएका घटनाहरुमा परी मर्ने मान्छे हरुको लागत तयार गर्नु हो त्यस पागल आईमाई को मृत्‍युको समाचारले धनपती लाई अत्यन्तै खुशी बनायो उसको ठ्हर थियो कि सबै दुखीहरु यसरीनै मर्नु पर्छ र मारिनु पर्छर मात्र नयाँ नेपाल- सुखी तथा संब्रिद्धहरुको नेपाल हुनेछ उसले बाबुको मृत्‍यु र आमाको हत्यामा कहिल्यै पनि पश्चाताप गरेन बरु बैनी अनु को संझनामा एक छिन टोलायो र भगवान सँग अनु पनि चाडै मरिजाओस् र मुक्ती पाओस भन्ने कामना गर्दै भुसुक्क निदायो

17
मार्च
09

“गन्तब्य हिन यात्रा”

– पुरुशोत्तम सुबेदी,
बेल्जियम

हतार हतारमा दौडियको छ त्यो खुब जागरिलो राजनीतिक ज्यामी दाई सुटकेस हातमा छफोन साथमा छ -गर्दै हेल्लो उ आफ्नै ताल मा दैडियको छ जहाँ गय पनि जो संग भेटे पनि भन्छ उ हतारमा छु समय छैन म लागें है त :खै कुन्नी के का लागि हो उसले एउटा पेस्तोल पनि बोकेको छ उसले शायद आत्मा सुरक्षाको लागि होला राज्यलाई ग्र्याबिल गर्ने ठेक्का लियको छ उसले आज। तर खेताला भनेजस्ता पायको छैन । बेला बखत घुर्की पनि दिने गर्छ -मलाई मात्रै के को कर ? तर हतारियको छ बिकास गर्न टाउकोमा रातो फिता कसेर । पुरानै हसिया हथौडा गैंची बेल्चा खिया लागेका हतियारले नयाँ नेपाल को चत्कार देखाउने जादुको छडि लियर रातको निद हराम गरेको छ दिनको भोक बिर्सेको छ उसले । नयाँ बनाउन पुरानो भत्काइ दियो तर फोहोरको डंगुर फ्याक्ने जगै देखेन उसले ।

फोहोरको थुप्रो माथि नयाँ नेपाल को जग बसाउने जमर्को गर्छ उसले । उ आँफै एउटा इन्जिनियर पनि हो तर अपुरो इन्जिनियर परेछ क्यारे नयाँ नेपालको नक्सा कोर्नै सकेन । पुरानो नेपाल भत्कायर फोहोरको डंगुर फ्यांक्ने जगै नबनाइ नयाँ नेपाल को थालनि गर्�यो उसले । उसले बम प्रयोग गर्�यो रसी प्रयोग गर्�यो गोली प्रयोग गर्�यो खुंडा खुकुरी प्रयोग गर्�यो काम लाग्ने जिनिस घर बाहिर निकालेन बेकारका जिनिस आगोमा हालेन । अहिले आबस्यक जिनिस पुरियर गय -अनाबस्यक जिनिसले नयाँ नेपालको जगमा डिस्टर्ब गरेको छ । उसलाई थाहा छ योअनाबस्यक चिज हो तर उसले फाल्ने ठाउँ पायको छैन । फोहोर फाल्न पनि बिशेष ब्यबस्थिती स्थान को खोजिमा छ किनकी उ आँफै फोहोरको डंगुर हो ।

17
मार्च
09

” विवशता “

– शेखर ढुङ्गेल
Shekhar1962@gmail.com

आज उसलाई अँध्यारो कोठा प्यारो भएको छ। कता हुन् परिवार कता छन् आफन्त साथी, ऊ बेखबर छे र पत्ता लगाउनुको पनि कुनै अर्थ रहँदैन भन्नेमा विश्वस्त छे। उसका रहरहरु एकपछि अर्को गर्दै विहानीको शीतको थोपाझैं विलाइ जान्थे। सम्पूर्ण जवानी घृणा, डर, त्रास, शोषणको बिंडो थाम्दैमा बित्यो। त्यस्तो कुनै पनि दिन भएन– आराम र शान्तिसित वितेको होस्। कताकता भट्किएका आत्माहरु उसमा समाहित हुन आउँथे र सम्पूर्ण समय खोसेर लान्थे। रात मात्र होइन, बिहान अनि मध्यान्हसमेत उसको भएन। नचाहेको पाहुना, नचाहेको खाना, नचाहेको काम उसको लागि अनिवार्य दैनिकी भएर बित्यो। प्रत्येक रात झपक्कै भएपछि मात्र उसले अपवित्र विछ्यौना पुग्ने मौका पाउँथी। कहिले काहीं बेहुली भएको सपना देख्थी अनि विउँझिदै बलिन्द्रधारा आँशु पोख्दथी। उसको दुलही बन्ने रहर कलिलैमा बन्धकमा परेको थियो– यो समाजको बन्द कोठामा चल्ने अवैध व्यवसायको लागि।
बच्चामै आमा–बाबु गुमाएकी रोजी (रुक्मिणी) १३ बर्षकै उमेरमा स्वर्गको भ्रमण गराउने, सुखको महासागरमा डुवुल्की मार्ने सपना देखेर शहर पसेकी थिइन्। रोजीको भाग्यमा त्यसै दिनदेखि विषाक्त खिया लाग्न थाल्यो जुन दिन उनकी घरबेटी आमाले उनलाई नारकीय बाटोमा धकेलिन विवश बनाइदिइन्। ठूलो घर, मोटर, नेता, व्यापारीसितको उठबस के के सपना देखाइनन् उनकी घरबेटी आमाले रोजीको जीवनमा। सहाराविहीन अनि अभावमा पिल्सिएकी रोजीको लागि घरबेटी आमाले कोरिदिको सपना, भाग्यरेखा साँच्चिकै स्वर्गमै प्रवेश गर्ने मार्ग हो कि भन्ने भान परेको थियो। त्यसैले अँगालिन् घरबेटी आमाबाट प्रशिक्षित धन्दाको बाटो। आज, भोलि, पर्सि गर्दै उनी बेचिंदै गइन्, लुटिंदै गइन्। मायाको नाटक गर्ने ब्वाँसाहरु उनलाई चुस्दै, थुक्दै गर्ने क्रम निरन्तर भै नै रह्यो । न त एक दिन कोही सपनाको राजकुमार आयो सिन्दुर बोकेर, डोली चढाई लैजान, न त बन्यो सपनाको महल। आमा बन्ने उनको रहर बिनाविवाह कैयौं भ्रुणहत्यामा पिल्सिन पुग्यो। प्रत्येक आगन्तुक उनको सुन्दरताको बर्णन गर्दै कुनै न कुनै कसम खान चुक्दैनथ्यो, तर दोहोर्‍याएर ऊ फेरि आउँदैनथ्यो।
समयको गतिले उनलाई शहरको प्रचलित नगरबधू बनाइसकेको थियो। प्रहरीको चिसो कुना उनको लागि सामान्य भैसकेको थियो। सडकमा उनी स्वतन्त्र हिंड्न सक्दैनथिन्। नाम–उपनामले चिन्नेहरु खिज्याउने, जिस्काउने गर्थे। त्यसले गर्दा उनको मौजुदा मूल्य पनि घट्न पुग्थ्यो। एकदिन घरबेटी आमासित उनले हिसाब मागिन्, परिणाममा मनमुटाब हातलाग्यो। उनी छुट्टै कोठा लिएर बस्न थालिन्। आफूजस्तै नगरबधुसित सम्पर्क बढाई उनीस्वयं धन्धा चलाउन थालिन्। नाम चलेका पत्रकार, नेता, समाजका ठेकेदार भनाउँदाहरु मुख कालो गर्न आउने गर्दथे। अँध्यारो कोठाभित्र नाङ्गिएका कैयौं नकाबहरु उनको आँखामा छन्। गोप्य राख्नुपर्ने सामाजिक नियम उनले इमान्दारीसाथ निभाएकी थिइन्। त्यतिमात्र नभै सत्य सेवा सुरक्षणमका ठेकेदारहरुको लागि निःशुल्क सेवा गर्दागर्दै एकदिन अपरिचित ‘सत्य सेवा’ को चङ्गुलमा फस्न पुगिन्। निशुल्क सेवाको बावजुद अतिरिक्त नजरानाको आपूर्तिमा कमी भएकोमा सदरखोर पुगिन् रोजी। उनले सैयौं आश्वासन दिने र महारानी भन्नेहरु कसैको पनि सहयोग पाइनन्। रोजीलाई यस पटक जिउ बेच्ने, मास्ने मुद्दामा सात बर्षको लागि सदरखोरमा राख्ने निर्णय दियो अदालतले।
रोजीको जीवन ‘दो दिनकी चाँदनी फिर उही अँधेरी रात’ को नियतिमा परिणत भैसकेको छ। उनको जीवनमा न त कुनै दिन माइतिघर अनि तीज आयो न त भइटीका। घरबेटी आमासँगै मनाएको दशैंको उनलाई याद छ। घरबेटी आमाको जेलभन्दा कडा नियमभित्र बाँधिएकी थिइन् उनी, कसैसित मनको बह, व्यथा पोख्ने मौकासमेत मिल्दैनथ्यो उसलाई। सदरखोरमै थाहा भयो उनलाई असाध्य रोगले गाँजिसकेछ। उनले बुझिन्, उनको जीवन नर्कमय भैसक्यो। उनी जिउँदै मरिसकि छन्। उनका सपना सिसाझैं टुक्राटुक्रा भैसके छन्। सदरखोरबाट निस्किएर सीधै गाउँ जाने योजना बनाएकी रोजीको इच्छा पनि पूरा भएन। उनले सम्झना भएसम्मका आफन्तको पत्ता लगाउन नखोजेकी होइन्– कोही मुगलान पसेका, कोहीले चिन्नसमेत अस्वीकार गरेका खबर उनले पाइन्।
अब केही समयमात्र बाँकी छ उनको सदर खोरभित्र बस्न पाउने अधिकार। कहाँ जाने, कसरी बाँच्ने– त्यही कुरा मात्र आइराखेको छ रोजीको मनमा। खोरबाट निस्कने दिन नजिकिंदै गर्दा खुशी हुनेहरुलाई देखेर आफूले आफैंलाई टोक्दछिन् रोजी– थुक्क जिन्दगी! उनलाई थाहा छ– न कोही लिन आउँछन् सदर खोरको ढोकामा न त कोही खुशी हुन्छन् उनको रिहाइमा। त्यही चिसो कुना, त्यही सुरक्षा गार्डको खरो आवाज प्यारो भैसकेको छ उनलाई। त्यहाँ कोही छैन तैपनि त्यै ठाउँमा जीवन विसर्जन गर्न पाए आनन्द मान्ने मानसिकतामा पुगेकी छन् रोजी। त्यस्तै सोच्दासोच्दै आँखाबाट तुरुक्क आँशु झर्‍यो। उनलाई पुछ्न पनि मन लागेको छैन। बगोस् सबै बगोस्, फेरि फेरि रुनु त पर्नेछैन। रोए पनि कसैले बुझ्ने छैन आँशु विनाको रुवाइ……….।
यस्तो उनको दैनिकी नै हो। एकान्त कोठामा एउटै साथी आँशु मात्रै त छ। अशक्त शरीर विरक्तिएको मनले चाहोस् पनि के? गम्छाले ओठको कलेटी मेट्न खोज्दछिन्, त्यहाँ त धेरै छिद्रहरु बनिसकेका छन्…….खटखट…….टिङटिङ……ढोका खुल्दछ ………सदरखोरको सिपाहीले ‘पोको–पन्तरो बोकर घर जान निस्क’ भन्ने आदेश दिन्छ। रोजी आदेश सुनेको नसुन्यै गरी घोप्टो परेर धेरै बेर रोइ रहन्छिन्। सिपाहीले तानेर उनलाई ढोकाबाहिर पुर्‍याउँछ। भोलिपल्ट सबै समाचारपत्रमा फोटो छापिन्छ रोजीको। लाशको फोटो। शीर्षक प्रायः एकै खालको हुन्छ– बेवारिसे लास पशुपति जङ्गल छेउमा।

17
मार्च
09

“जरुर “

-भुवन राउत
गाईघाट, उदयपुर

फल्दैनौ भन्दैछौ जुन विरुवा फल्छ जरुर
तिम्रो विचारको पर्खाल एकदिन ढल्छ जरुर

प्रतिक्षा त गर्नै पर्छ प्राप्तीका लागि
ओथ्रा बसेको पोथीले चल्ला कोरल्छ जरुर

कैलेसम्म यस्तै मात्र रहला यो मौसम
आँधी हुरीका भरमा बतास चल्छ जरुर उ

ठ्नुपर्छ भोका पेटले कसेर कम्मर
झुप्राहरुको चुलामा आगो बल्छ जरुर

सन्देह पालेर मनमा सपना साकार हुँदैन
ताप चाहिन्छ फलाम पनि गल्छ जरुर

16
फेब
09

“वीरेन्द्रले कुखुरा भुत्ल्याएको दिन”

ददिराम सापकोटा

 

युवराज वीरेन्द्र त्यतिबेला बेलायतको इटन, लेजमा पढ्थे उनका बाबुले त्यो बेला यहाूका एक फ्रान्सेलीलाई royal-family-in-europe-madame-lebrec-nepalplus-1चिन्दा हेछन् एरिग्वाँ नामक ती व्यक्तिको काम रहेछ महङ्गा सारीहरु बेच्ने नेपालका राजपरिवारले पनि उनैको पसलबाट सारी किन्दोरहेछ एरिग्वाँ राजदूत नभए पनि नेपालका राजा राणा परिवारलाई पेरिसमा स्वागत गर्नेदेखि होटल मिलाउने, खानपिन भ्रमणको चाँजोपाँजो मिलाउने सबै काम गर्दारहेछन् उनी फ्रान्सेली राष्ट्रपति चार्ल्स गोलका साथी थिए चार्ल्ससूग राजा महेन्द्रको पनि सम्बन्ध थियो महेन्द्रले गोललाई नेपालको पर्यटन विकासको सम्भाव्यता अध्ययन गरिदिन आग्रह गरेका रहेछन् गोलले एरिग्वाँलाई अह्राएछन् मेरा पति जर्ज लब्रेक एरिग्वाँका साथी थिए त्यतिबेला मेरा लोग्ने पेरिसको पर्यटन विकास कार्यालयका निर्देशक थिए एरिग्वाँले मेरो लोग्नेलाई के भनेर आश्वस्त पारे भने नेपालीहरुमाथि कुनै शंका गर्नुपर्दैन नेपालीहरु असल छन् त्यसपछि बूढा पर्यटन मन्त्रालयको सल्लाहकारमा नियुक्त भए  एकपटक वीरेन्द्रलाई फ्रान्सको ग्रामीण भेगका कृषकहरुको जीवनयापन कृषिको तरिका’bout देखाउन, तालिम गराउन मन लागेछ राजा महेन्द्रलाई उनले त्यस्तो उपयुक्त ठाउँ कतै पाए हुन्थ्यो भनेर एरिग्वाँसँग भनेपछि एरिग्वाँले तुरुन्तै मेरो लोग्नेसूग सर्म्पर्क गरेछन् लोग्नेले पर्ख त्यसोभए मलाई १५ मीनेटको समय देऊ फोन गरेर हेर्छु मेरो आफन्तलाईभन्ने जवाफ दिए  त्यतिबेला मेरा एक देवरले पनि कृषि विषयमा अमेरिकामा पढेर फर्किएकाले अंग्रेजी राम्ररी बोल्थे ससुराको पनि कृषि फार्म ठूलो थियो देवरको कृषि फार्म नर्मन्दी क्षेत्रको पेर्से भन्ने ठाउँमा थियो यसरी वीरेन्द्रलाई देवरको कृषि फार्ममा राख्ने कुरा तय भयो युवराज हुन् भन्ने कुराचाहिँ गोप्य नै राखिएको थियो हामी मुख्यबाहेक फार्मका अरुलाई त्यो कुरा थाहा थिएन मोश भनिने अञ्चलअर्न्तर्गत प्रिफेक्चर पुलिसका हाकिमले वीरेन्द्रलाई लिएर आए, आपतकालीन बत्ती बालेर पाँ पाँ पुँ पुँ हर्न बजाउँदै पुलिसले वीरेन्द्रलाई छोडेर फर्कियो उनले यहाँको कृषि तरिका’bout चाख दिएर अनुभव सँगाले  एक दिन युवराजको खोजी गर्दै पुलिसको गाडी फेरि आयो बत्तिँदै आएको गाडी देवरको घरमा आएर रोकियो गाडीबाट ओर्लेर पुलिसले सोध्यो– ‘युवराज यहाँ छन् कि कहाँ छन्देवरको घरको ढोका खोल्ने मानिसलाई आफ्नो घरमा बस्ने मानिस युवराज हुन् भन्ने थाहा थिएन पुलिसले युवराज कहाू छन् भनेर सोध्दा उनी अक्क बक्क परे ढोका खोल्नेलेयहाँ कोही युवराज छैन तर लब्रेकसूग एउटा नयाँ मानिसचाहिँ बसेको त्यो मान्छेलाई

हेर्ने भए भित्र आउनुस्भन्ने जवाफ दियो उसले त्यसो भनेपछि पुलिस भित्र छिर्यो युवराज वीरेन्द्र त्यतिबेला फारममा काम गर्ने अर्कै मानिससूग कुखुरा भुत्ल्याइरहेका थिए पुलिस भित्र पसी वीरेन्द्रलाईतपाईं युवराज हो -’ भनेर सोध्दा वीरेन्द्रसूग कुखुरा भुत्ल्याइरहेको मानिसआबुई मैले युवराजसँग पो कुखुरा भुत्ल्याइरहेको रहेछुभन्दै चिच्यायो त्यसपछि सबले एकअर्काको मुखमा हेराहेर गरे

 

 त्यो बेला वीरेन्द्र करिब एक महिना हामीसँग बसे उनले दैनिक जीवनका सबैजसो कुराहरु’bout छलफल गर्थे साधारण फरासिला थिए उनी मेरो लोग्नेलाई आफ्नो देशमा धेरै कुरा गर्न बाँकी रहेको बताउँथे एक महिना देवरको फार्ममा बस्दा उनी निकै खुशी भएका थिए किनकि फार्म समुद्रको किनारमा थियो किनारभन्दा माथि ढल्केको जमिन पहिले हामी सबैको त्यहीं बसोबास थियो  वीरेन्द्र मेरा देउरानीहरुसूग पनि झयाम्मिएका थिए एक दिन उनले मेरी नन्दलाई भनेछन्– ‘मलाई मध्यरातमा समुद्रमा नुहाउन मन लागेको यसरी नुहाउने प्रचलनलाई यहाँ बाँ मिनुई (मध्यरातको स्नान) भनिन्छ युवराजको प्रस्ताव सुनेर नन्दचाहिँ चिन्तित भइछन् डरले कामिछन् उनी तैपनि युवराजको इच्छा पूरा गराइदिन उनले क्यालभादोस भन्ने समुन्द्रमा लगिदिइन् मध्यरातमा  अर्कोचोटि उनी पेरिस घुम्न आएका थिए त्यतिबेला पनि उनलाई एरिग्वाँले स्वागत गरेका हुन् यो उनी नर्मदीमा कृषि अध्ययन गर्नुपूर्वको भ्रमण हो त्यतिबेलाचाहिँ उनलाई मेरो लोग्नेले बाहिरै भेटेका थिए अर्कोपटक आउँदा मों सँ मिसेलस्थित हाम्रै घरमा बसेका हुन् हामीसँगै खाना खाए   फ्रान्सेली भान्सामा काम नगरे पनि बनाएको चाहिँ खूबै चाख दिएर हेरे नर्मदीको खाना मन पराए गोरुको मासु उनले कहिल्यै पनि खाएनन् मेरो लोग्नेले पहिले नै सम्झाएका थिएदरबारका मानिसले यो खान्छ त्यो खाूदैन भनेर त्यसैले हाम्रो भान्सामा कुखुरा पाक्यो राजा वीरेन्द्रसूगको सम्बन्ध सधैंभरि राम्रो रह्यो मेरो लोग्नेले नेपालको पर्यटन विकास कसरी गर्ने, कुनकुन ठाउँमा होटल आवश्यक , सडकहरु चाहिन्छ भनेर नेपाल सरकारलाई सुझाव दिएको, अध्ययन गरेकाले पनि होला हाम्रो सम्बन्ध उनीसूग सधैं ताजा रहेको  

 

 

 

 

 

 

 

 

तपाईंका प्रधानमन्त्रीलाई एकपटक खाना खुवाउँदाको क्षणको झन् मलाई रोचक सम्झना वर्षत बिर्सिएँ तर, एकपटक तपाईंका प्रधानमन्त्री कीर्तिनिधी बिष्ट पेरिस भ्रमणमा आएका थिए उनका साथमा अरु नेपाली पनि थिए त्यो बेला यही घरमा मैले खाना बनाएँ भात कुखुराको परिकार हामीले खाने तरिकाले काँटा, चम्चा चक्कू वरिपरि राखिदिएँ खाना पस्किदिएर शुरु गरौं भनें तर, उनीहरुले एकअर्कामा मुखामुख गरिरहे मैले के देखें भने उनलाई काँटा, चम्चाले खान गाह्रो भइरहेको थियो चक्कूले कुखुरा काट्न पनि जानेनन् उनीहरुले कुखुराको मासुसँग खाने सुप पनि तयार थियो घरमा नोकरहरु नभएकाले आफैंले खाना तयार पारेकी थिएँ

 भन्न मेरो लोग्नेले नेपालीहरुले हातले खान्छन् भनेका थिए तर, प्रधानमन्त्रीहरु जस्ता व्यक्तिले जान्लान् काँटा चम्चा चलाउन भन्ने ठानेकी थिएँ मैले मैले लौ त्यसोभए हातैले खाऊँ भनेर काँटा, चम्चा झिकिदिएँ काँटा, चम्चा झिकेपछि उनीहरु खुशी भए तर अप्ठेरो मलाई पर्यो मेरो बानी थिएन हातले खाने मैले तीन औंलाले बल्लबल्ल खाएँ उनीहरुसँगै तर, वीरेन्द्रले भने सबै जानेका थिए मानिससँग घुलमिल हुन रुचाउँथे नम्र पनि थिए उनी पछि राज्याभिषेकमा हामीलाई निम्ता गरे मेरो नेपाल भ्रमणचाहिँ पहिलोपटक त्यहीबेला भएको हो त्यतिबेला हामी आठ दिन काठमाडौंमा बस्यौं बस्ने व्यवस्था हामीलाई फ्रान्सेली  दूतावासले मिलाएको थियो राज्याभिषेक समारोह आठ दिनसम्म मनाइयो ती आठ दिन खूबै रमाइलोसूग बिते अन्य निम्तालूहरुसँगै कति मनमोहक त्यो समारोह ! हात्तीहरु सजिएका मानिसको लावालस्कर समारोह आफैंमा उच्चकोटीको मलाई त्यो कार्यक्रम देखेर अचम्म पनि लाग्यो   हामीलाई काठमाडौंको एउटा होटलमा राखिएको थियो दरबारको गाडी आउँथ्यो हरेक दिन दरबारमा लैजान त्यतिबेला सम्झन्छु कि दरबारका रानी, मैयाँहरु गहनाले भरिभराउ थिए झकिझकाउ थिए अहो ! गहना पनि कति धेरै ! त्यहाँ महङ्गामहङ्गा गहना उपहार दिइने रहेछ यात्रामा जाँदा महङ्गा सामान बोक्ने गर्दिन त्यसैले महङ्गा सामान थिएनन् उपहार दिनका लागि मैले ठ्याक्कै हीराजस्तो देखिने नक्कली गहना लगेकी थिएँ रानीलाई त्यही गहना उपहार दिएँ मेरो गहना एकदम राम्रो देखिएकाले रानीले त्यो नक्कली गहना थियो भनेर चिनिनन् पनि होला मेरा लागि आर्श्चर्यको विषय भनेकै राजाको शुभराज्याभिषेकमा महिलाहरुले प्रयोग गरेको गहना हो मैले बुझें कि सबैजसो महिलाहरुले गहना प्रदर्शन गरिरहेका छन् तर, फ्रान्समा हामी चाडबाड आयो भन्दैमा यसरी गहना  प्रदर्शन गर्दैनौं तपाईंहरुको देश गरिब भए पनि महिलाहरुले यतिबिघ्न गहना कसरी चिनेको ? हुन उनीहरु राणा रजौटाहरु भएकाले होला हुँदाहुँदा समारोहमा आएका अरु विदेशी निम्तालू महिलाहरु पनि गहनाले ढाकिएका थिए रानी मैयाू साहेबहरुले हीरा पन्नाको गहना लगाएका थिए  दरबार हत्याकाण्ड भएको खबर मैले निकै पछि थाहा पाएँ यो घटना’bout थाहा पाएपछि हामीले साथीहरुलाई सोध्यौंवास्तविकता के हो भनेर एकपटक उनकी दिदी हुन् कि बहिनी पेरिस घुम्न आउँदा मों सँ मिसेल घुम्न गएकी थिइन् उनी पेरिस आएपछि नेपाली दूतावासले फोन गरेर मलाई मो सू मिसेल जानुपर्यो भन्यो बिहान दश बजे हामी पेरिसबाट हिँड्यौं जाडोको त्यो दिन उज्यालो, घाम लागेको उनी सँ मिसेलबाट दोभिल भन्ने ठाउँमा पनि गइन् घुम्न पेरिसबाट नजिक पर्ने समुद्र त्यही हो मलाईचाहिँ घुम्न वाक्क लागेको थियो दिउँसोको खाना खाएर पेरिस फर्किंदा थकाइले चुर भइसकेकी थिएू मैले गाडी चलाउने ड्राइभरलाई पनि भनिसकेकी थिएँहेर, तिमीहरुको यात्राबाट खुशी छैन भनेर ’cause वीरेन्द्रको हत्याले हामीलाई सधैं स्तब्ध पाथ्र्यो  हुन पनि उनी कति दयालु थिए हाम्रा लागि भनेनयाँ वर्षर राष्ट्रिय पर्वहरुमा नबिर्सिकन कार्डहरु पठाउँथे छोरीको विवाहमा समेत हामीलाई आउन सकिन, माफ गर्नुहोलाभन्दै शुभकामना पठाए हामीलाई नेपालका केही पर्वहरुमा नबिर्सिकन निमन्त्रणा गर्थे विद्यार्थी छँदा नेपालमा धेरै गर्नु हामीले भन्थे हाम्रा लागि उनी प्रिय थिए त्यसैले मैले मों सँ मिसेलको घरमा अझै पनि वीरेन्द्रको सुत्ने कोठा उस्तै अवस्थामा राखिदिएकी छु भूइमा रातो गलैंचा उनैले प्रयोग गरेका तख्ता छन् उनी बसेका कुर्चीहरु कोठामा उस्तै अवस्थामा छन् उनी आएर परिवारजस्तै भएर बसेकाले त्यसलाई बचाउँछु, आफू बाँचुञ्जेल उनले ओछ्याएको ओछ्यान पनि मैले जस्ताको तस्तै राखिदिएकी छु  अँ, अर्को एकपटकको घटना पनि सम्झन्छु एकपटक राजा महेन्द्र कुनै कार्यक्रममा जाँदै थिए, उनीसूगै थिए युवराज वीरेन्द्र सडकका दायाँबायाँ ठूलो संख्यामा नरनारीहरु राजाको जयजयकार गरिरहेका थिए केही चाहिँ राजाको हातमा फूल दिन कोही निहुरेर नमस्कार गर्न लाइन बसेका थिए मेरो लोग्ने जर्जले पनि अरुले जस्तै निहुरी परेर नमस्कार गरे बाबुको पछाडि हिँडिरहेका युवराज वीरेन्द्रचाहिँ जर्जले निहुरी परेर नमस्कार गरेको देखेर मरीमरी हाँसे मेरो लोग्नेलाई वीरेन्द्रले जर्ज भन्थे जर्जले चाहिँ वीरेन्द्र भनेर बोलाउँथे  राजा भएपछि वीरेन्द्रले मेरो बूढोलाई त्रिशक्तिपट्ट पुरस्कार दिए त्यस्तै शुभराज्याभिषेकमा नेपालमै निम्ता गरेर एउटा डेकोरेसन पनि दिए हुन हामीले ज्ञानेन्द्रलाई पनि राजा नहुँदैदेखि चिनेका थियौं वीरेन्द्र कहिलेकाहीं कामले दरबारबाट बाहिर भएका बेला उनैले हामीलाई रिसिभ गर्थे तर राजा वीरेन्द्रको हत्यापछि हामीलाई नै ज्ञानेन्द्रसँग निकट हुन मन लागेन (जनआस्था, वैशाष १९, २०६४ /मे ०२, २००७)

16
फेब
09

“ज्यामीको जिन्दगी”

– कपिल भट्टराई “असफल”kapil bhattrai
राइपुर – ५, कैडले
तनहुँ, गण्डकी, नेपाल
हाल : दोहा, कतार

 
साहुको ऋणले गर्दा आज परदेश तिर लाग्नु पर्‍यो
आगो सारी तातो घाममा गैची र बेल्छ हानु पर्‍यो

खाना मेरो धुलो भा’छ बिस्तार चाँही बालुवा छ
ढुङ्गा ताबुक सिरानी छ प्यास मेटाउने पसिना छ

आगो सारी तातो घाममा सिमेन्ट घोल्छु दिनै भरी
कठै ! भन्ने कोही छैन फर्की हेर्छु वरिपरि

साँझ फर्की डिउटीबाट खाना बनाइ खानु पर्छ
भोली पल्ट चार बजे नै सावेल हाना जानु पर्छ

गैची बेल्छ सिमेन्ट्सङै जाने भयो जीवन मेरो
समयमा शिक्षा नलिनाले जिन्दगी नै भयो अन्ध्यारो

10
फेब
09

“समबेदना”

– बिनोद खड्का
दोहा, कतार
 
बाहिर एकनासले पानी परिरहेको थियो । बाउलाई अस्पतालमा भर्ना गरेर निक्लेको थियो उ । अस्पतालले तुरुन्तै अप्रेशन गर्नु पर्छ भनेको छ । उसको बाउ एउटा सामान्य जागिरे हुन । उ जागिरे बाउको भविष्यको संरक्षक तर हाललाई देशका थुप्रै अरु युवाहरु जस्तै एउटा शिक्षित बेरोजगार ।

छोरो पानीले चुटिएर आएको थियो । बुढी आमा छोराको मुखबाट लोग्नेको शुभ समाचारको प्रतिक्षामा उसकै छेउ उभिएकी छिन । छोराको चेहराले छोरासंग राम्रो समाचार छैन भन्ने अडकल तिनले गरिसकेकि थिईन । तैपनि समस्या के हो जान्ने तीनको चाहना छ । उसले कपडा फेर्यो । आमाले खाना तयार भएको बताईन । खाना के रुच्थयो र तैपनि उसले खाएजस्तो गर्यो । आमाको मन चसक्क गर्यो छोराको हाल देखेर । खाना खाएपछि उसले बाउको अप्रेशन गर्नुपर्ने र त्यसको लागी निकै ठूलो रकम जुटाउनु पर्ने बतायो । आमालाई पीर नगर्न पनि सुझाव दियो र उसले उसका बाबुका साथीहरुबाट श्रृणका रुपमा चाहिएको पैशा जुट्न सक्ने पनि बतायो ।

आमाले भनिन ?ठूला घरे काजी उहाँको असाध्य मिल्ने साथी हुन । असाध्यै माया पनि गर्थे ।? उसले पनि सम्झयो पुराना दिन साच्चै ठूला घरे काजी उसका बाउ नभए विदेशी ह्वीस्की पिएको मज्जा नै आउदैन भन्थे । उसले अड्कल काट्यो बाउको मुटु रोगका कारण कतै त्यही विदेशी ह्वीस्की त होईन । उसलाई रात कटाउन सजिलो भएन । निन्द्रा आउने त सवाल नै थिएन । यसैको फाईदा उठाएर उसले भोली बिहान बाउको को को साथीहरुको मा श्रृण सहयोग माग्न जाने पुरा योजना बनायो ।

बिहानी भयो । एक कप चिया पनि नपिई उ मूख्य काममा निक्ली हाल्यो । पहिले त उ ठूला घरे काजीको घरतिर नै लाग्यो । काजीलाई परैबाट उनको झयालको कुनामा देखेपछि उ ढुक्क भयो । ढोकामा पुग्ने बित्तिकै कजिनीले भनिन ?बुबालाई कस्तो छ बाबु कस्तो सिधा मान्छेलाई कत्रो ठूलो रोग लागेछ हत्तेरी । काजी भेट्न जान पाईन भनेर खिन्न हुँदै हुनुहुन्थयो तर के गर्नु बिहानै जरुरी कामले पोखरा जानु पर्यो उहालाई ।?

आधा दिन ढल्कदा उ अस्पतालतिर लाग्दा उसको बगलीमा हिजो आमाले दिएको चार सयभन्दा बढी एक पैशा पनि थिएन ।

बाह् दिनको काम सकेर उ छेउमै घाम तापेर बसिरहेको थियो । काकाको छोराले हातमा एउटा पत्रिका हल्लाउदै आयो र भन्यो ?ठूलाबाका साथी त कती कती । पत्रिकाको एउटा पुरै पाना समवेदना नै समवेदनाले भरिएको छ दाई ल हेर्नुस त ।?

10
फेब
09

परदेशि

नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा
म त उजाड मरुभुमिमा हर्राई सकेछु

नसंझिनु है मलाई कुनै खुशीयालीमा
म त दुःख र आँशुको सागरमा पो डुबिसकेछु ।।
नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा
म त ५५ डिग्रीको घाममा जल्न पुगेछु

नखोज्नु है मलाई हजारौ दुनियाँको भिडमा
म त बालुवै बालुवाको भरुभुमीमा पो पुगी सकेछु ।।

नखोज्नु है मलाई बिहानीको सुस्तरी पवनमा
म त समुन्द्रि आँधिमा बडारीन पो पुगी सकेछु

नखोज्नु है मलाई वरपिपलको छहारीमा
म त रुखै नभएको मरुभुमीमा पो मडारिन पुगी सकेछु

नखोज्नु है मलाई जन्म भुमीको कुना कुनामा
म त गाउँ घर छाडि समुन्द्र तरि पराई बनिसकेछु

नखोज्नु है मलाई पहिलाको गाउँ घरको ठेगानामा
म त अब परदेशि पो भैसकेछु, परदेशि पो भैसकेछु ।।

31
जन
09

“केही मुक्तकहरु”

scan0009
– सुरज श्रेष्ठ

 

नसम्झनु थियो कसैलाई तर
तिम्रो याद बिना बाँच्न सकिन
नगास्नु थियो पिरितीको माला तर
एकल जीवनको युगमा बाँच्न सकिन
नमाग्नु थियो कसैको सहाहा तर 
तिम्रो माया र साथ बिना बाँच्न सकिन

 
रगतको नाता त एउटा साईनो मात्र हो
भावनाको नाता नै दिगो हुन्छ
भिन्दा भिन्दै कोखबाट जन्म भयो त के भो ?
असल मित्रताको बन्धन नै प्यारो हुन्छ ।

 

बशन्त ऋतु चाहिदैन मलाई
शिशिरको हावा भए हुन्छ
तिम्रो सुन्दर मुहार चाहिदैन मलाई
तिम्रो बोली बचन राम्रो भए हुन्छ
तिम्रो धन सम्पत्ति चाहिदैन मलाई
केवल पवित्र माया भए हुन्छ

31
जन
09

“केही मुक्तकहरु”

– सुरज श्रेष्ठ scan00021

 

हावा सरी उड्ने मेरो जीवन
कसैको प्रेममा अल्झी रहयो
यती नै रहेछ क्या रे मेरो जीवन
त्यसैले नै एकान्तमा हराइ गयो
सधैं भरी हाँसो खुशी रहने जीवन
किन प्रेम रुपी बाण दिलमा रोपी गयो

 
तिमीले मलाई सोध्ने गर्थ्यो
भावना के हो भनेर ?
म तिमीलाई जवाफ दिन्थ्यो
यो मायाको सागर हो भनेर
तिमीले मलाई काउकुती लगाउने गर्थ्यौ
जीवन के हो भनेर ?
म तिमीलाई जवाफ दिन्थे
तिम्रो र मेरो मिलन होला भनेर




उत्तम बिषयबस्तुहरु

क्यालेन्डर

मे 2024
सो मं बु बि शु
 1234
567891011
12131415161718
19202122232425
262728293031  

अहिले सम्म कति पल्ट हेरियो त?

  • 3,565 hits

Top Clicks

  • कुनै पनि होइन