Archive for मार्च, 2009

17
मार्च
09

“मात्र धनपतीले सुनेको समाचार”

-हरिहर दाहाल,
क्यालिफोर्निया

एउटा लाचार बाबुले आफ्नो परिवारलाई पेट्भरी खुवाउन नसक्नुको बिबशतालाई मृत्‍यु सँग साट्योउसले मुक्ती पायो तर परिवारलाई बिचल्निमा पारेर गयो बिधवा श्रीमती माथि भब-सागर आई पर्‍यो। एक-डेड महिना त छिमेकीहरुको सहयोगबाट जेन-तेन परिवारको गुजरा चल्यो तर सहयोग गर्ने मान्छेहरुको संख्या दिन-दिनै घट्न थाले पछी बिधवाले आफ्नै पौरखमा बाँच्ने अठोट गरेर कामको खोजीमा निस्की आय-आर्जनका अबसरहरुको खोजिमा सयौं ढोकाहरु ढक्ढक्याउन गई तर कँहि,कतै कसैले पनि उसका ब्यथाहरु सुन्ने कोसिश गरेननशक्ति,सत्ता र अबसरहरुको ब्यबस्थापना र परिचालन गर्ने ब्यक्ती तथा समुह सम्म पँहुच नभएका कारण उसले सबै अबसरहरु बाट बंचित हुनु पर्‍योन त उ द्वन्द पीडित थीइ,न त शाहीद परिवार न त आदिबासि जनजातिनै नै अभाबमा आत्मा हत्या गर्ने परिवारहरुका लागि भनेर राष्ट्रद्वारा पनि यस सिर्शकमा बजेट बिनियोजन भएको थिएनयसरी उसको भोक र अभाब राष्ट्रको प्राथमिकता भित्र परेन र उसको ब्यथा राष्ट्रको ब्यथा बन्न सकेन उसले निस्कर्श निकाली”सडकमा मागेर दयाको भिख खानु भन्दा शरीर बेच्नु निको”यसरी उसलाई परिस्थिती ले एउटा कठोर निर्णय लिन बिबश बनायो र उसले जिबिकोपार्जनका निमित्त बेस्याब्रितिको ब्यापार शुरु गरी
आफ्ना छोराछोरिबाट लुकीछिपि बेस्याब्रितु गर्नु पर्दा उसलाई आत्माग्लानी भएर आउथ्यो तर उसंग अर्को बिकल्प पनि त थिएन। मर्नु भन्दा बौलाउनु बेस भनेझै उसले पेशालाई ब्यबस्थित गर्दै गई र छोराछोरीहरु घरमा नभएको अवस्थामा ग्राहकहरुलाई घरमै बोलाएर सेवा दिन थालि। दुर्भाग्यबस एकदिन छोराले आमालाई घरमा आपत्तिजनज अवस्थामा भेटेपछी त्यस कुकर्मको पत्ता पायो र आमालाई बुवाको मृत्‍युको फाईदा उठाउदै परपुरुससँग नाजयात संबन्ध राखेकोमा रोश ब्यक्त गर्‍यो।बिबस त्यस आमाले यथार्ततालाई उजागर गर्न नपाउदै उक्त पुरुस माथि छोराले हमला गर्‍यो । उनिहरुका बिच भएको हानाहानमा दुर्भ्यागयबस आमा माथि धारिलो हतियार लाग्न गै आमाको घटनास्थल्मै मृत्‍यु हुन गयो।परिस्थितीले छोरो आमाको हत्यारा साबित हुनु पर्‍यो र उसलाई ज्यान मारेको अभियोगमा आजन्म काराबासको सजाय भयो परिवारमा बाँकी एक मात्र सदस्य अनुलाई गाँउलेहरुले सुरक्षा दिएउनलाई गाउकै एक सज्जनका घरमा सामान्य घरायशी काम सघाउनु पर्ने शर्तमा पालन्-पोशणको ब्यबस्था मिलाइयो
अनु एक्कासी तिनै सज्जन का छोराबाट बलात्‍कृत भएपछी गाउलेहरुले उनलाई पुन: अर्को ब्यबस्था गरे र उनलाई देश भरिकै ठुलो र सुरक्षित मानिने नाम चलेको नारी उत्थान केन्द्रमा राखिदिए उत्थान केन्द्र का कर्मचारी सँग अनुको नाजायत संबन्ध भएको हल्ला गांयियाँ-गुंयियाँ चल्न थाल्यो स्थानिय पत्रपत्रीकामा ” उत्थान केन्द्र भित्र यौन लीला” का सिर्शक मा समाचार सेमत छपियो समाचार छापिनासाथ उक्त केन्द्र का संचालकले त्यस कर्मचारीलाई अनुशासन को कारबाही गर्दै जाजिर बाट निकालिदिए अनु दुई जिउकी भएकी रहिछन उनले आफ्नो प्रेमीलाई घर भित्र्याउन अनुरोध गरिन तर उसले घरमा अर्की श्रीमती भएका कारण त्यसो गर्न नसक्ने बिबशता जाहेर गर्दै अब उप्रान्त उसको खोजि समेत नगर्नु भनि धम्कि दिएर हिढे पछी उनी बेसाहारा भइन
अनुले नारी उत्थान केन्द्रका प्रमुखलाई समस्या समाधानका लागि बिन्दी चढाईनकुनै सुनुवाई भएन, उल्टै उनलाई आन्तरिक अनुशासन पालना नगरि चरित्रहिन कृयाकलापमा संलग्न भएको आरोपमा केन्द्र बाट निकालियो यसरि आफ्नो प्रेमी बाट पाएको धोका र केन्द्र बाट समेत सहयोग नमिलेपछी अनु सडकमा जानु पर्‍योसाहाराबिहिन अनुले पेटमा भएको बच्चाको अनिश्चित भबिस्य देखेर सधै भरिका लागि यस संसार बाट बिदा लिने निधो गरिन र सिंहदरबर अगाडि गूड्दै गरेको ट्रक भित्र छिरेर आत्माहत्या गरिन
एउटी पागल आईमाई, उसकै लपर्बाहीले गर्दा ट्रकमा ठोकीई मृत्‍यु भई बाटो बन्द गर्नु परेका कारण सिंहदरबारको पश्चिम ढोकाबाट परिचालित उचस्तरिय सबारिहरुलाई सिंहदरबारको दक्षिण ढोकाबाट परिचालन गर्नु पर्दा परेको असुबिधाका लागि क्षमा याचना सहित को समाचार रेडियोबाट आँउदै गर्दा तपाईं खाडी मुलुकमा ११० डिग्रीको तापक्रममा मालिकका भेडाहरु चराउँदै हुनुहुन्थ्यो र यो समाचार सुन्न सक्नु भएन डोल्माहरु मृत्‍युदण्ड को सजय सुनेर बेहोस् थिए र यो समाचार सुन्न सकेनन गाँउलेहरु स्कुलमा भेटिएको बेवारीसे बम पड्किनगै मृत्‍यु भएका २१ जना विद्यार्थी हरुको सामुहिक दाहंसस्कारका लागी गएका रहेछन र यो समाचार सुन्न सकेनन
हामीहरु बिदेश गएर धेरै पैसा कमाउने चक्करमा दलाल बाट ठगिएर बैंकक को एउटा होटेलमा बन्दी जीवन बिताइरहेका थियौ र त्यो समाचार सुन्न सकेनौ उनिहरु सिंहदरबार को दक्षिण ढोका बाट छिरी आफुले नियमित रुपमा खाई-पाई आएको सुबिधा लाई बढाउनु पर्छ भन्दै सदनमा रोस्टम घेर्दै रहेछन र उनिहरुले पनि यो समाचार सुनेनन मात्र,धनपतिले यो समाचार सुनेछकिनकि नख्खु जेलमा उसको दिनचर्या भने कै नियमित रुपमा रेडियो सुन्नु र देशभरी घटेका र घटाईएका घटनाहरुमा परी मर्ने मान्छे हरुको लागत तयार गर्नु हो त्यस पागल आईमाई को मृत्‍युको समाचारले धनपती लाई अत्यन्तै खुशी बनायो उसको ठ्हर थियो कि सबै दुखीहरु यसरीनै मर्नु पर्छ र मारिनु पर्छर मात्र नयाँ नेपाल- सुखी तथा संब्रिद्धहरुको नेपाल हुनेछ उसले बाबुको मृत्‍यु र आमाको हत्यामा कहिल्यै पनि पश्चाताप गरेन बरु बैनी अनु को संझनामा एक छिन टोलायो र भगवान सँग अनु पनि चाडै मरिजाओस् र मुक्ती पाओस भन्ने कामना गर्दै भुसुक्क निदायो

17
मार्च
09

“गन्तब्य हिन यात्रा”

– पुरुशोत्तम सुबेदी,
बेल्जियम

हतार हतारमा दौडियको छ त्यो खुब जागरिलो राजनीतिक ज्यामी दाई सुटकेस हातमा छफोन साथमा छ -गर्दै हेल्लो उ आफ्नै ताल मा दैडियको छ जहाँ गय पनि जो संग भेटे पनि भन्छ उ हतारमा छु समय छैन म लागें है त :खै कुन्नी के का लागि हो उसले एउटा पेस्तोल पनि बोकेको छ उसले शायद आत्मा सुरक्षाको लागि होला राज्यलाई ग्र्याबिल गर्ने ठेक्का लियको छ उसले आज। तर खेताला भनेजस्ता पायको छैन । बेला बखत घुर्की पनि दिने गर्छ -मलाई मात्रै के को कर ? तर हतारियको छ बिकास गर्न टाउकोमा रातो फिता कसेर । पुरानै हसिया हथौडा गैंची बेल्चा खिया लागेका हतियारले नयाँ नेपाल को चत्कार देखाउने जादुको छडि लियर रातको निद हराम गरेको छ दिनको भोक बिर्सेको छ उसले । नयाँ बनाउन पुरानो भत्काइ दियो तर फोहोरको डंगुर फ्याक्ने जगै देखेन उसले ।

फोहोरको थुप्रो माथि नयाँ नेपाल को जग बसाउने जमर्को गर्छ उसले । उ आँफै एउटा इन्जिनियर पनि हो तर अपुरो इन्जिनियर परेछ क्यारे नयाँ नेपालको नक्सा कोर्नै सकेन । पुरानो नेपाल भत्कायर फोहोरको डंगुर फ्यांक्ने जगै नबनाइ नयाँ नेपाल को थालनि गर्�यो उसले । उसले बम प्रयोग गर्�यो रसी प्रयोग गर्�यो गोली प्रयोग गर्�यो खुंडा खुकुरी प्रयोग गर्�यो काम लाग्ने जिनिस घर बाहिर निकालेन बेकारका जिनिस आगोमा हालेन । अहिले आबस्यक जिनिस पुरियर गय -अनाबस्यक जिनिसले नयाँ नेपालको जगमा डिस्टर्ब गरेको छ । उसलाई थाहा छ योअनाबस्यक चिज हो तर उसले फाल्ने ठाउँ पायको छैन । फोहोर फाल्न पनि बिशेष ब्यबस्थिती स्थान को खोजिमा छ किनकी उ आँफै फोहोरको डंगुर हो ।

17
मार्च
09

” विवशता “

– शेखर ढुङ्गेल
Shekhar1962@gmail.com

आज उसलाई अँध्यारो कोठा प्यारो भएको छ। कता हुन् परिवार कता छन् आफन्त साथी, ऊ बेखबर छे र पत्ता लगाउनुको पनि कुनै अर्थ रहँदैन भन्नेमा विश्वस्त छे। उसका रहरहरु एकपछि अर्को गर्दै विहानीको शीतको थोपाझैं विलाइ जान्थे। सम्पूर्ण जवानी घृणा, डर, त्रास, शोषणको बिंडो थाम्दैमा बित्यो। त्यस्तो कुनै पनि दिन भएन– आराम र शान्तिसित वितेको होस्। कताकता भट्किएका आत्माहरु उसमा समाहित हुन आउँथे र सम्पूर्ण समय खोसेर लान्थे। रात मात्र होइन, बिहान अनि मध्यान्हसमेत उसको भएन। नचाहेको पाहुना, नचाहेको खाना, नचाहेको काम उसको लागि अनिवार्य दैनिकी भएर बित्यो। प्रत्येक रात झपक्कै भएपछि मात्र उसले अपवित्र विछ्यौना पुग्ने मौका पाउँथी। कहिले काहीं बेहुली भएको सपना देख्थी अनि विउँझिदै बलिन्द्रधारा आँशु पोख्दथी। उसको दुलही बन्ने रहर कलिलैमा बन्धकमा परेको थियो– यो समाजको बन्द कोठामा चल्ने अवैध व्यवसायको लागि।
बच्चामै आमा–बाबु गुमाएकी रोजी (रुक्मिणी) १३ बर्षकै उमेरमा स्वर्गको भ्रमण गराउने, सुखको महासागरमा डुवुल्की मार्ने सपना देखेर शहर पसेकी थिइन्। रोजीको भाग्यमा त्यसै दिनदेखि विषाक्त खिया लाग्न थाल्यो जुन दिन उनकी घरबेटी आमाले उनलाई नारकीय बाटोमा धकेलिन विवश बनाइदिइन्। ठूलो घर, मोटर, नेता, व्यापारीसितको उठबस के के सपना देखाइनन् उनकी घरबेटी आमाले रोजीको जीवनमा। सहाराविहीन अनि अभावमा पिल्सिएकी रोजीको लागि घरबेटी आमाले कोरिदिको सपना, भाग्यरेखा साँच्चिकै स्वर्गमै प्रवेश गर्ने मार्ग हो कि भन्ने भान परेको थियो। त्यसैले अँगालिन् घरबेटी आमाबाट प्रशिक्षित धन्दाको बाटो। आज, भोलि, पर्सि गर्दै उनी बेचिंदै गइन्, लुटिंदै गइन्। मायाको नाटक गर्ने ब्वाँसाहरु उनलाई चुस्दै, थुक्दै गर्ने क्रम निरन्तर भै नै रह्यो । न त एक दिन कोही सपनाको राजकुमार आयो सिन्दुर बोकेर, डोली चढाई लैजान, न त बन्यो सपनाको महल। आमा बन्ने उनको रहर बिनाविवाह कैयौं भ्रुणहत्यामा पिल्सिन पुग्यो। प्रत्येक आगन्तुक उनको सुन्दरताको बर्णन गर्दै कुनै न कुनै कसम खान चुक्दैनथ्यो, तर दोहोर्‍याएर ऊ फेरि आउँदैनथ्यो।
समयको गतिले उनलाई शहरको प्रचलित नगरबधू बनाइसकेको थियो। प्रहरीको चिसो कुना उनको लागि सामान्य भैसकेको थियो। सडकमा उनी स्वतन्त्र हिंड्न सक्दैनथिन्। नाम–उपनामले चिन्नेहरु खिज्याउने, जिस्काउने गर्थे। त्यसले गर्दा उनको मौजुदा मूल्य पनि घट्न पुग्थ्यो। एकदिन घरबेटी आमासित उनले हिसाब मागिन्, परिणाममा मनमुटाब हातलाग्यो। उनी छुट्टै कोठा लिएर बस्न थालिन्। आफूजस्तै नगरबधुसित सम्पर्क बढाई उनीस्वयं धन्धा चलाउन थालिन्। नाम चलेका पत्रकार, नेता, समाजका ठेकेदार भनाउँदाहरु मुख कालो गर्न आउने गर्दथे। अँध्यारो कोठाभित्र नाङ्गिएका कैयौं नकाबहरु उनको आँखामा छन्। गोप्य राख्नुपर्ने सामाजिक नियम उनले इमान्दारीसाथ निभाएकी थिइन्। त्यतिमात्र नभै सत्य सेवा सुरक्षणमका ठेकेदारहरुको लागि निःशुल्क सेवा गर्दागर्दै एकदिन अपरिचित ‘सत्य सेवा’ को चङ्गुलमा फस्न पुगिन्। निशुल्क सेवाको बावजुद अतिरिक्त नजरानाको आपूर्तिमा कमी भएकोमा सदरखोर पुगिन् रोजी। उनले सैयौं आश्वासन दिने र महारानी भन्नेहरु कसैको पनि सहयोग पाइनन्। रोजीलाई यस पटक जिउ बेच्ने, मास्ने मुद्दामा सात बर्षको लागि सदरखोरमा राख्ने निर्णय दियो अदालतले।
रोजीको जीवन ‘दो दिनकी चाँदनी फिर उही अँधेरी रात’ को नियतिमा परिणत भैसकेको छ। उनको जीवनमा न त कुनै दिन माइतिघर अनि तीज आयो न त भइटीका। घरबेटी आमासँगै मनाएको दशैंको उनलाई याद छ। घरबेटी आमाको जेलभन्दा कडा नियमभित्र बाँधिएकी थिइन् उनी, कसैसित मनको बह, व्यथा पोख्ने मौकासमेत मिल्दैनथ्यो उसलाई। सदरखोरमै थाहा भयो उनलाई असाध्य रोगले गाँजिसकेछ। उनले बुझिन्, उनको जीवन नर्कमय भैसक्यो। उनी जिउँदै मरिसकि छन्। उनका सपना सिसाझैं टुक्राटुक्रा भैसके छन्। सदरखोरबाट निस्किएर सीधै गाउँ जाने योजना बनाएकी रोजीको इच्छा पनि पूरा भएन। उनले सम्झना भएसम्मका आफन्तको पत्ता लगाउन नखोजेकी होइन्– कोही मुगलान पसेका, कोहीले चिन्नसमेत अस्वीकार गरेका खबर उनले पाइन्।
अब केही समयमात्र बाँकी छ उनको सदर खोरभित्र बस्न पाउने अधिकार। कहाँ जाने, कसरी बाँच्ने– त्यही कुरा मात्र आइराखेको छ रोजीको मनमा। खोरबाट निस्कने दिन नजिकिंदै गर्दा खुशी हुनेहरुलाई देखेर आफूले आफैंलाई टोक्दछिन् रोजी– थुक्क जिन्दगी! उनलाई थाहा छ– न कोही लिन आउँछन् सदर खोरको ढोकामा न त कोही खुशी हुन्छन् उनको रिहाइमा। त्यही चिसो कुना, त्यही सुरक्षा गार्डको खरो आवाज प्यारो भैसकेको छ उनलाई। त्यहाँ कोही छैन तैपनि त्यै ठाउँमा जीवन विसर्जन गर्न पाए आनन्द मान्ने मानसिकतामा पुगेकी छन् रोजी। त्यस्तै सोच्दासोच्दै आँखाबाट तुरुक्क आँशु झर्‍यो। उनलाई पुछ्न पनि मन लागेको छैन। बगोस् सबै बगोस्, फेरि फेरि रुनु त पर्नेछैन। रोए पनि कसैले बुझ्ने छैन आँशु विनाको रुवाइ……….।
यस्तो उनको दैनिकी नै हो। एकान्त कोठामा एउटै साथी आँशु मात्रै त छ। अशक्त शरीर विरक्तिएको मनले चाहोस् पनि के? गम्छाले ओठको कलेटी मेट्न खोज्दछिन्, त्यहाँ त धेरै छिद्रहरु बनिसकेका छन्…….खटखट…….टिङटिङ……ढोका खुल्दछ ………सदरखोरको सिपाहीले ‘पोको–पन्तरो बोकर घर जान निस्क’ भन्ने आदेश दिन्छ। रोजी आदेश सुनेको नसुन्यै गरी घोप्टो परेर धेरै बेर रोइ रहन्छिन्। सिपाहीले तानेर उनलाई ढोकाबाहिर पुर्‍याउँछ। भोलिपल्ट सबै समाचारपत्रमा फोटो छापिन्छ रोजीको। लाशको फोटो। शीर्षक प्रायः एकै खालको हुन्छ– बेवारिसे लास पशुपति जङ्गल छेउमा।

17
मार्च
09

“जरुर “

-भुवन राउत
गाईघाट, उदयपुर

फल्दैनौ भन्दैछौ जुन विरुवा फल्छ जरुर
तिम्रो विचारको पर्खाल एकदिन ढल्छ जरुर

प्रतिक्षा त गर्नै पर्छ प्राप्तीका लागि
ओथ्रा बसेको पोथीले चल्ला कोरल्छ जरुर

कैलेसम्म यस्तै मात्र रहला यो मौसम
आँधी हुरीका भरमा बतास चल्छ जरुर उ

ठ्नुपर्छ भोका पेटले कसेर कम्मर
झुप्राहरुको चुलामा आगो बल्छ जरुर

सन्देह पालेर मनमा सपना साकार हुँदैन
ताप चाहिन्छ फलाम पनि गल्छ जरुर




उत्तम बिषयबस्तुहरु

क्यालेन्डर

मार्च 2009
सो मं बु बि शु
1234567
891011121314
15161718192021
22232425262728
293031  

अहिले सम्म कति पल्ट हेरियो त?

  • 3,565 hits

Top Clicks

  • कुनै पनि होइन