25
फेब
09

“भक्तराज आचार्य – एक परिचय”

हुन अहिलेका युवा पुस्ताले भक्तराज आचार्यको ’boutमा कम जानकारी राखेका नै  किन नहोउन तर भजन शिरोमणी भक्तराज आचार्यले हाम्रो नेपाली सांगितिक क्षेत्रमा लगाएको गुन हामीले तिर्न कदापी सक्दैनौं। नेपाली सांगितिक क्षेत्रमा 023आफ्नो छुट्टै पहिचान बनाउन सफल भक्तराज आचार्य एउटा गायक मात्र नभएर एउटा सम्पूर्ण सांगितिक प्याकेजको रुपमा नेपाली सांगितिक क्षेत्रमा चम्किरहने तारा हुनुहुन्छ। भक्तराज आचार्य नेपाली सांगितीक क्षेत्रको यस्तो नाम हो जुन नाम सुन्ने बित्तिकै हाम्रो दिमागमा भक्तराज आचार्यले नेपाली सांगितीक क्षेत्रमा गरेको योगदानको कुरा आईहाल्छ। त्यसैले यसपटक www.razoo1984.wordpress.com मा भजन शिरोमणी भक्तराज आचार्यको ’boutमा जानकारी दिने प्रयास गरेका छौं।

 

धनकुटा देखी डुवर्स सम्म

  

सन् १९४२ मा धनकुटामा आमा रेनुका आचार्य बुबा बलभद्रको कोख बाट जन्म लिनुभएका  भक्तराज आचार्यले जन्मेको साढे एक वर्षमा नै आफ्नो बुबाको माया बाट बाञ्चित हुनु परेको थियो। त्यस पछी गाउँमा  महामारी फैलिए पछी आमा रेनुका आचार्य सँग भक्तराज आचार्य पनी भारत तिर जानु पर्यो। भारत तिर गएर पनी सानै देखी संगितमा रुची राख्ने भक्तराज आचार्यलाई संगितको मोहले छाडेको थिएन। अझ पछी आफ्नो आमाले पनी काम गर्न नसक्ने अवस्था आए पछी परिवारको एक्लो छोरा भक्तराजले सानै उमेरमा पारिवारिक जिम्मेवारी पनी सम्हाल्नु परेको थियो। त्यसैले उहाँको बाल्यकालको समय पनी त्यती सुखद रुपमा बित्न सकेन। वेस्ट बंगालको डुवर्समा पनी भक्तराज आचार्यको बसाई त्यती सहज थिएन। सानै देखी सरस्वती पुजा लगायत अन्य कार्यक्रममा मौका पाउने बित्तिकै आफ्नो प्रतीभा देखाउन पछी नपर्ने भक्तराजको बाल्यकाल युवा अवस्थाका केही क्षणहरु पनी त्यतै बिते। भारत बसाईको क्रममा भक्तराजले ईलाहाबाद बाट संगित सम्बन्धी औपचारिक शिक्षा पनी लिनु भएको थियो तर त्यती बेला सम्म भने उहाँको सांगितिक यात्राले त्यती फड्को मारिसकेको थिएन सांगितिक ज्ञान भएर पनी कुनै गित रेकर्ड गर्नु भएको थिएन।

सांगितिक यात्राको शुरुवात:


वि.सं. २०३० मा काठमाडौंमा भएकोअधिराज्यव्यापी राष्ट्रिय गित प्रतियोगितामा भाग लिए पछी भने उहाँको सांगितिक untitled2जिवनले अग्रगती लिन थाल्यो। त्यसबेला उहाले गाउनु भएको राष्ट्रिय गितहोसियार यसबखत समयको मुखलाई चिन..” भन्ने गित बाट उहाँले गोल्ड मेडल प्राप्त गर्नु  भएको थियो। त्यस गितमा उहाँले मात्र नभई रचनाकार तथा संगितकार अम्बर गुरुङले पनी गोल्ड मेडल प्राप्त गर्नु  भएको थियो। यो गित नै उहाँले गाएको पहिलो गित थियो। त्यसपछी उहाँले रेडियो नेपालमा जागिर पाउनु भयो उहाँको स्वरमा पहिलो पटकमलाई जिवन चाहिन्छ…” बोलको गित गित रेकर्ड भयो। यो गित बाट शुरु भएको उहाँको सांगितिक यात्रा त्यती सहज भने रहेन। त्यो बेलामा पनी उहाँको आफ्नै शैली पहिचान थियो। कतिले उहाँको प्रतिभा देखी डराएर उहाँलाई अरुको गित गाउने, गित गाउन नसक्ने सम्म भने तर उहाँको पछाडी भने उहाँको कला देखी डराउथें। वि.सं. २०३० देखी २०४६ साल सम्मको साँगितिक यात्रामा उहाँले करीब ४५० वटा गितहरु गाउनु भयो जुन गितहरु अझै पनी हाम्रा माझ अमर अजर भएर गुञ्जिरहेका छन। यती मात्र होईन उहाँले गाउनु भएका यतीका गितहरु मध्ये २०२५ वटा गितहरुमा बाहेक उहाँले आफ्नै कम्पोजिसनमा तयार पार्नु भएको छ।उहाँको प्रतिभा आँट देखेर डराउनेहरुले उहाँलाई अरुको गित गायो भनेर भने पनी उहाँको पछाडी उहाँकै प्रशंशा गर्ने गर्दथे। त्यही कुरा बाट प्रभावित भएर उहाँले आफ्नो कम्पोजिसनमा धेरै गितहरु गाउउनु भएको “, उहाँका छोरा तथा गायक स्वरुपराज आचार्य भन्नुहुन्छ।त्यती बेला रेडियो नेपालमा केही व्यक्तिहरुको हालिमुहाली भएकाले गर्दा पनी भक्तराज आचार्यले आफुलाई माथी उठाउन आफ्नो पहिचान बनाउन धेरै संघर्ष गर्नु परेको थियो।” 

त्यती बेला रेडियो नेपालमा धेरै अस्वस्थ प्रतिष्पर्धा हुन्थ्यो। मेरो बुबा आफ्नो प्रतिभा गायकिले गर्दा नै यती माथी सम्म उठन सफल हुनुभएको हो तर यसको लागी उहाँले धरै दुख भोग्नु भयो यती कि सायद अरु कुनै मानिस भएको भए उसले ति मानिसहरुको व्यावहार देखी आजित भएर गित रेकर्ड नै गर्ने थिएन“, स्वरुपराजको भनाई छ।

 

भक्तराज आचार्यको कालो समय:


समयको चक्र सँगै अगाडी बढिरहनु भएका भक्तराज आचार्यलाई २०४६ सालमा एउटा बज्रपात आईलाग्यो जुन घटनाले भक्तराज आचार्यलाई उहाँको परिवारलाई एउटा संकटमा धकेलिदियो। निकै मेहनती आफ्नो कुरामा अडिग रहने भक्तराज आचार्य माथी काठमाडौंको बौद्दमा सांघातिक हमला भयो। जसको कारणले उहाँको टाउकोमा १०० वटा टाँका लगाउनु परेको थियो।त्यो हमला सम्झिदा मलाई अहिले कसैको षडयन्त्र हो कि जस्तो लाग्छ। मेरो बुबाको प्रतिभा गायन देखी धेरै डराउँथे जसले मेरो बुबा माथी सांघातिक हमला गरेका हुन सक्छन। त्यसै कारणले अहिले सत्य पनी डराएर हिडछौं किनकी हामी संगितमा लाग्दा जती हामीहरुले मित्र फ्यानहरु बनाएका हुन्छौं त्यती दुश्मनहरु पनी कमाएका हुन्छौं। कसले कुन बेला कहाँ हाम्रो ’boutमा के सोचिराखेको त्यो पत्तै हुदैन। त्यसकै शिकार बुबा भएको हो जस्तो लाग्छ“, भक्तराज आचार्यको छोरा तथा गायक स्वरुपराजको भनाई छ।तर उहाँको त्यो चोट निको नहुदै उहाँलाई अर्को बज्रपात आईलाग्यो उहाँको जिब्रोमा देखिएको सानो खटिराले क्यान्सरको रुप लियो जसको कारणले २०५० मा  उहाँको जिब्रो काट्नु पर्यो उहाँको सुरिलो स्वर हामीहरु माझ बाट टाढा भयो। अर्को अर्थमा भन्नु पर्दा नेपाली सांगितिक क्षेत्रले एउटा बहुमूल्य प्रतिभाको आवाज लाई गुमायो नेपाली सांगितिक क्षेत्रमा अपूरणिय क्षती भयो जुन क्षती सानो तपस्या लगावले पुरा गन सम्भव छैन।कोही नगरोस प्रेम अमर प्रेमको मूल्य कहाँ …” यो गित नै उहाँको लागी अन्तिम गित बन्न पुग्यो भने पाटनको मंगलबजारमा आयोजित कार्यक्रम नै उहाँको अन्तिम सांगितिक कार्यक्रम हुन पुग्यो।भक्तराज आचार्य माथी हमला भए पछीका दिनहरुमा उहाँको परिवारले के  कस्ता दु: संकटहरु झेल्नु पर्यो त्यसको यहाँ बयान गरेर साध्य नै छैन। सधै उहाँको घरमा आईरहने देखी लिएर धेरैले त्यो बेला आचार्य परिवारको साथ छाडीदिए। जुन मानिसहरु उहाँको पछीपछी लाग्थे त्यो समयपछी आएर एकपटक भेट्न समेत आएनन बलेको आगो ताप्ने रहेछन भन्ने कुराको पुष्टी गरिदिए। त्यो समय देखी नै संगितको राग तालमा गुञ्जने त्यो परिवारमा सन्नाटा छायो। त्यस बखत भक्तराज आचार्य उहाँको परिवारले कती दु: देख्नु पर्यो भने करीब १० वर्ष सम्म त्यो परिवारमा हार्मोनियम बजेन संगित प्रती नै एक प्रकारको वितृष्णा जागेर आयो।

 

 

कस्तो हुनुहुन्छ उहाँ?
एउटा छोराको तर्फ बाट नभई एउता दर्शक श्रोताको तर्फ बाट भन्दा उहाँ एकदमै सर्वगुण सम्पन्न, मेहनती, स्पष्ट वक्ता 03मान्छे हुनुहुन्छ। उहाँले कहिले पनी झुटो तरिफ गर्नु भएन अन्यायको विरुद्द जहिले पनी आवाज उठाउनु भयो। अरुले जस्तो दहि चिउरे प्रवृती सेतो लाई कालो भन्ने बानी उहाँको थिएन त्यसकै कारण कति जना उहाँको दुश्मन बने। अहिले सम्झँदा लाग्छ यदी बुबा त्यती बेला झुकेको भए सायद हामीहरुले जुन दुख पायौं त्यो भोग्नु पर्दैनथ्यो अहिले हामी आर्थिक रुपमा यो भन्दा धेरै माथी पुगिसकेका हुने थियौं होला तर हामी अहिलेको अवस्था देखी नै खुसी छौं हाम्रो बुबा एकदमै ठिक हुनुहुदो रहेछ भन्ने लाग्छ। यदी बुबा झुकेको भए हामीहरु अली धेरै पैसा कमाउने थियौं होला तर जुन प्रतिभा अहिले हामीमा निखारिएर आएको त्यो सायद नहुन सक्थ्यो अझै महत्वपूर्ण कुरा हामी आफ्नो बाटो आफै बनाउन सक्ने थिएनौं। उहाँ यती सम्म सत्य बोल्नुहुन्छ कि उहाँले हामीले गरेको काम गलत भए पनी राम्रो भनेर कहिले भन्नु हुन्न। उहाँ लाई अहिले पनी सत्य स्वरुप क्सतो गायक हो भन्यो भने बेसुरा गायक हो नै भन्नु हुन्छ, आफ्नो छोराहरु भनेर राम्रो भन्नु हुन्न जसले गर्दा हामीहरु लाई आफ्नो गल्ती सच्याउने ठाउँ मिल्छ हामीहरु अझै राम्रो गर्ने प्रयास गर्दछौं। उहाँ जे कुरा पनी perfect होस भन्ने चाहानुहुन्छ। त्यो कुराले गर्दा हामीहरु सधै राम्रो गर्न तत्पर हुन्छौं“, स्वरुपराज भन्नुहुन्छ।

एउटा बुबाको रुपमा भक्तराज आचार्य
उहाँ एकदमै माया गर्ने मान्छे हो तर माया धेरै देखाउनु हुन्न। छोराछोरीहरु बाट पनी उहाँ सबै कुरा perfect चाहानुहुन्छ।

 

कस्तो हुनुहुन्छ उहाँ?
एउटा छोराको तर्फ बाट नभई एउता दर्शक श्रोताको तर्फ बाट भन्दा उहाँ एकदमै सर्वगुण सम्पन्न, मेहनती, स्पष्ट वक्ता मान्छे हुनुहुन्छ। उहाँले कहिले पनी झुटो तरिफ गर्नु भएन अन्यायको विरुद्द जहिले पनी आवाज उठाउनु भयो। अरुले जस्तो दहि चिउरे प्रवृती सेतो लाई कालो भन्ने बानी उहाँको थिएन त्यसकै कारण कति जना उहाँको दुश्मन बने। अहिले सम्झँदा लाग्छ यदी बुबा त्यती बेला झुकेको भए सायद हामीहरुले जुन दुख पायौं त्यो भोग्नु पर्दैनथ्यो अहिले हामी आर्थिक रुपमा यो भन्दा धेरै माथी पुगिसकेका हुने थियौं होला तर हामी अहिलेको अवस्था देखी नै खुसी छौं हाम्रो बुबा एकदमै ठिक हुनुहुदो रहेछ भन्ने लाग्छ। यदी बुबा झुकेको भए हामीहरु अली धेरै पैसा कमाउने थियौं होला तर जुन प्रतिभा अहिले हामीमा निखारिएर आएको त्यो सायद नहुन सक्थ्यो अझै महत्वपूर्ण कुरा हामी आफ्नो बाटो आफै बनाउन सक्ने थिएनौं। उहाँ यती सम्म सत्य बोल्नुहुन्छ कि उहाँले हामीले गरेको काम गलत भए पनी राम्रो भनेर कहिले भन्नु हुन्न। उहाँ लाई अहिले पनी सत्य स्वरुप क्सतो गायक हो भन्यो भने बेसुरा गायक हो नै भन्नु हुन्छ, आफ्नो छोराहरु भनेर राम्रो भन्नु हुन्न जसले गर्दा हामीहरु लाई आफ्नो गल्ती सच्याउने ठाउँ मिल्छ हामीहरु अझै राम्रो गर्ने प्रयास गर्दछौं। उहाँ जे कुरा पनी perfect होस भन्ने चाहानुहुन्छ। त्यो कुराले गर्दा हामीहरु सधै राम्रो गर्न तत्पर हुन्छौं“, स्वरुपराज भन्नुहुन्छ।एउटा बुबाको रुपमा भक्तराज आचार्य

उहाँ एकदमै माया गर्ने मान्छे हो तर माया धेरै देखाउनु हुन्न। छोराछोरीहरु बाट पनी उहाँ सबै कुरा perfect चाहानुहुन्छ।

 

अर्को कुरा उहाँ एकदमै सफासुग्गर मनपराउने मानिस हो उहाँको आफ्नै दैनिकी हुन्छ। एउटा बुबा आमाको रुपमा उहाँहरु एकदमै सही हुनुहुन्छ। हामीहरु लाइ यो कुरामा गर्व कि हामीहरु भक्तराज आचार्यको परिवारमा जन्म लियौं एउटा राम्रो संस्कार पायौं। हामीहरुले आफ्नो आमा बुबा बाट धेरै राम्रो संस्कार पाएका छौं जुन हाम्रो भावी पिंढीमा सार्नै पर्दछ“,  स्वरुपको भनाई छ।

सम्मान पुरस्कारहरु:
भजन शिरोमणी
गोरखा दक्षिण बाहु
त्रिशक्ती पट्ट (पहिलो)
विरेन्द्रऐश्वर्या सेवा पदक

राष्ट्रिय प्रतिभा पुरस्कार
छिन्नलता पुरस्कार
ईमेज एफ. एम. लाईफ टाईम एचिभमेन्ट अवार्ड
हिट्स एफ. एम. लाईफ टाईम अचिभमेन्ट अवार्ड…..आदी।

एल्बमहरु:
1.
भक्तराज आचार्यका आधुनिक गितहरु
2.
समर्पण भाग/भाग
3.
हजार सपना(सि.डी.)
4.
जहाँ छन बुद्दका आँखा
..
5.
भगवान

अहिलेको उहाँको जिवन
सधै संगितमा व्यस्त रहने भक्तराज आचार्यको अहिलेको जिवन भने नितान्त भिन्न छ। अहिले उहाँ त्यती बाहिर निस्कनु हुन्न कुनै सम्मन कार्यक्रममा नै जान रुचाउनु हुन्छ। अहिले उहाँको दैनिकी सामान्य  रहेको छ। आजकाल घरवरी परीको सरसफाई आफ्नो नियमित काम हरुमै दिन बित्छ। कहिले काही गित संगित पनी सुन्ने उहाँको बानी तर अहिलेका आधुनिक मानिने गायक गित भने उहाँको प्राथमिकतामा कहिले पर्दैनन। उहाँले गुलाम अली, सफकत अली खाँ आदीका गित सुन्न मनपराउनुहुन्छ। यस बाहेक उहाँको सपना पुरा गर्न लागि पर्नु भएका उहाँका दुई छोराहरु सत्यराज आचार्य स्वरुपराज आचार्यलाई गित संगितको ’boutमा ज्ञान दिनु पनी उहांको दैनिकी हो। अहिले पनी सत्यस्वरुपका जुन गित बजारमा आउँछन ति गितमा पहिले उहाँको सिग्नेचर भएर मात्र आउँछन।

अब किताब फिल्ममा
 नेपाली संगितको लागी अतुलनिय योगदान गर्नु भएका आचार्यको ’boutमा उहाँका छोराहरु सत्यराज आचार्य स्वरुपराज आचार्यले एउटा किताब प्रकाशित गर्ने तयारी गरिरहनु  भएको छ। त्यो किताबमा उहाँको ’boutमा धेरै कुरा जान्न सकिन्छ किताब भक्तराज आचार्यको हातबाट एउटा विषेश कार्यक्रममा विमोचन गरीने छ। यस बाहेक उहाँको जिवन कथामा आधारित भएर फिल्म पनी बन्ने तयारीमा जसको निर्देशन प्रशान्त रसाईलीले गर्दै हुनुहुन्छ।

, अन्त्यमा:
भक्तराज आचार्यको रुपमा नेपाली सांगितिक फाँटमा उदाएको ताराको स्वरमा अब रेकर्ड भएका गितहरु मात्र भए पनी उहाँको सपना पुरा गर्न सत्यराज आचार्य स्वरुपराज आचार्य दिलो ज्यान दिएर लागिपर्नु भएको छ। यस ’bout स्वरुपराजको यस्तो भनाई , “हामीहरु बुबाको सपना पुरा गर्न कुनै कसार बाँकी राख्ने छैनौं अहिले पनी हामीहरुले बुबाको सपना पुरा गर्ने प्रयास गर्दै छौं यस काममा कति सफलता मिल्छ या मिल्दैन त्यो हामी भन्न सक्दैनौं तर बुबाले गित संगित बाट टाढा भए पछी नेपाली संगितको क्षेत्रमा जुन खाडल परेको त्यो खाडल सकेसम्म पुर्ने प्रयास जारी राख्ने छौ यो काममा जिवनभर लागि रहने छौंभक्तराज आचार्यले आफ्नो पुरा जिवनभर नेपाली गित संगितलाई सेवा गर्न पाएको भए सायद अहिले हाम्रो  संगितको स्तर यो भन्दा धेरै माथी पुगिसक्ने थियो तर दुर्भाग्य त्यो हुन सकेन तर उहाँको सपना पुरा गर्न लागिपर्नु भएका दुई गायकहरु सत्यराज आचार्य स्वरुपराज आचार्यलाई त्यो स्थान हासिल गर्ने सुअवसर मिलोस हाम्रो पनी शुभकामना!


1 प्रतिक्रिया to ““भक्तराज आचार्य – एक परिचय””


  1. 1 Bishal Stha
    डिसेम्बर 8, 2011 मा 5:18 +13:45डिस

    Thank you very much ! i was seeking this information ………..
    Very use ful


टिप्पणी छोड्नुहोस्


उत्तम बिषयबस्तुहरु

क्यालेन्डर

फ्रेवुअरी 2009
सो मं बु बि शु
1234567
891011121314
15161718192021
22232425262728

अहिले सम्म कति पल्ट हेरियो त?

  • 3,565 hits

Top Clicks

  • कुनै पनि होइन