Archive for the '"बाहिरी श्रोतबाट केही रोचक तथ्य"' Category

25
फेब
09

“भक्तराज आचार्य – एक परिचय”

हुन अहिलेका युवा पुस्ताले भक्तराज आचार्यको ’boutमा कम जानकारी राखेका नै  किन नहोउन तर भजन शिरोमणी भक्तराज आचार्यले हाम्रो नेपाली सांगितिक क्षेत्रमा लगाएको गुन हामीले तिर्न कदापी सक्दैनौं। नेपाली सांगितिक क्षेत्रमा 023आफ्नो छुट्टै पहिचान बनाउन सफल भक्तराज आचार्य एउटा गायक मात्र नभएर एउटा सम्पूर्ण सांगितिक प्याकेजको रुपमा नेपाली सांगितिक क्षेत्रमा चम्किरहने तारा हुनुहुन्छ। भक्तराज आचार्य नेपाली सांगितीक क्षेत्रको यस्तो नाम हो जुन नाम सुन्ने बित्तिकै हाम्रो दिमागमा भक्तराज आचार्यले नेपाली सांगितीक क्षेत्रमा गरेको योगदानको कुरा आईहाल्छ। त्यसैले यसपटक www.razoo1984.wordpress.com मा भजन शिरोमणी भक्तराज आचार्यको ’boutमा जानकारी दिने प्रयास गरेका छौं।

 

धनकुटा देखी डुवर्स सम्म

  

सन् १९४२ मा धनकुटामा आमा रेनुका आचार्य बुबा बलभद्रको कोख बाट जन्म लिनुभएका  भक्तराज आचार्यले जन्मेको साढे एक वर्षमा नै आफ्नो बुबाको माया बाट बाञ्चित हुनु परेको थियो। त्यस पछी गाउँमा  महामारी फैलिए पछी आमा रेनुका आचार्य सँग भक्तराज आचार्य पनी भारत तिर जानु पर्यो। भारत तिर गएर पनी सानै देखी संगितमा रुची राख्ने भक्तराज आचार्यलाई संगितको मोहले छाडेको थिएन। अझ पछी आफ्नो आमाले पनी काम गर्न नसक्ने अवस्था आए पछी परिवारको एक्लो छोरा भक्तराजले सानै उमेरमा पारिवारिक जिम्मेवारी पनी सम्हाल्नु परेको थियो। त्यसैले उहाँको बाल्यकालको समय पनी त्यती सुखद रुपमा बित्न सकेन। वेस्ट बंगालको डुवर्समा पनी भक्तराज आचार्यको बसाई त्यती सहज थिएन। सानै देखी सरस्वती पुजा लगायत अन्य कार्यक्रममा मौका पाउने बित्तिकै आफ्नो प्रतीभा देखाउन पछी नपर्ने भक्तराजको बाल्यकाल युवा अवस्थाका केही क्षणहरु पनी त्यतै बिते। भारत बसाईको क्रममा भक्तराजले ईलाहाबाद बाट संगित सम्बन्धी औपचारिक शिक्षा पनी लिनु भएको थियो तर त्यती बेला सम्म भने उहाँको सांगितिक यात्राले त्यती फड्को मारिसकेको थिएन सांगितिक ज्ञान भएर पनी कुनै गित रेकर्ड गर्नु भएको थिएन।

सांगितिक यात्राको शुरुवात:


वि.सं. २०३० मा काठमाडौंमा भएकोअधिराज्यव्यापी राष्ट्रिय गित प्रतियोगितामा भाग लिए पछी भने उहाँको सांगितिक untitled2जिवनले अग्रगती लिन थाल्यो। त्यसबेला उहाले गाउनु भएको राष्ट्रिय गितहोसियार यसबखत समयको मुखलाई चिन..” भन्ने गित बाट उहाँले गोल्ड मेडल प्राप्त गर्नु  भएको थियो। त्यस गितमा उहाँले मात्र नभई रचनाकार तथा संगितकार अम्बर गुरुङले पनी गोल्ड मेडल प्राप्त गर्नु  भएको थियो। यो गित नै उहाँले गाएको पहिलो गित थियो। त्यसपछी उहाँले रेडियो नेपालमा जागिर पाउनु भयो उहाँको स्वरमा पहिलो पटकमलाई जिवन चाहिन्छ…” बोलको गित गित रेकर्ड भयो। यो गित बाट शुरु भएको उहाँको सांगितिक यात्रा त्यती सहज भने रहेन। त्यो बेलामा पनी उहाँको आफ्नै शैली पहिचान थियो। कतिले उहाँको प्रतिभा देखी डराएर उहाँलाई अरुको गित गाउने, गित गाउन नसक्ने सम्म भने तर उहाँको पछाडी भने उहाँको कला देखी डराउथें। वि.सं. २०३० देखी २०४६ साल सम्मको साँगितिक यात्रामा उहाँले करीब ४५० वटा गितहरु गाउनु भयो जुन गितहरु अझै पनी हाम्रा माझ अमर अजर भएर गुञ्जिरहेका छन। यती मात्र होईन उहाँले गाउनु भएका यतीका गितहरु मध्ये २०२५ वटा गितहरुमा बाहेक उहाँले आफ्नै कम्पोजिसनमा तयार पार्नु भएको छ।उहाँको प्रतिभा आँट देखेर डराउनेहरुले उहाँलाई अरुको गित गायो भनेर भने पनी उहाँको पछाडी उहाँकै प्रशंशा गर्ने गर्दथे। त्यही कुरा बाट प्रभावित भएर उहाँले आफ्नो कम्पोजिसनमा धेरै गितहरु गाउउनु भएको “, उहाँका छोरा तथा गायक स्वरुपराज आचार्य भन्नुहुन्छ।त्यती बेला रेडियो नेपालमा केही व्यक्तिहरुको हालिमुहाली भएकाले गर्दा पनी भक्तराज आचार्यले आफुलाई माथी उठाउन आफ्नो पहिचान बनाउन धेरै संघर्ष गर्नु परेको थियो।” 

त्यती बेला रेडियो नेपालमा धेरै अस्वस्थ प्रतिष्पर्धा हुन्थ्यो। मेरो बुबा आफ्नो प्रतिभा गायकिले गर्दा नै यती माथी सम्म उठन सफल हुनुभएको हो तर यसको लागी उहाँले धरै दुख भोग्नु भयो यती कि सायद अरु कुनै मानिस भएको भए उसले ति मानिसहरुको व्यावहार देखी आजित भएर गित रेकर्ड नै गर्ने थिएन“, स्वरुपराजको भनाई छ।

 

भक्तराज आचार्यको कालो समय:


समयको चक्र सँगै अगाडी बढिरहनु भएका भक्तराज आचार्यलाई २०४६ सालमा एउटा बज्रपात आईलाग्यो जुन घटनाले भक्तराज आचार्यलाई उहाँको परिवारलाई एउटा संकटमा धकेलिदियो। निकै मेहनती आफ्नो कुरामा अडिग रहने भक्तराज आचार्य माथी काठमाडौंको बौद्दमा सांघातिक हमला भयो। जसको कारणले उहाँको टाउकोमा १०० वटा टाँका लगाउनु परेको थियो।त्यो हमला सम्झिदा मलाई अहिले कसैको षडयन्त्र हो कि जस्तो लाग्छ। मेरो बुबाको प्रतिभा गायन देखी धेरै डराउँथे जसले मेरो बुबा माथी सांघातिक हमला गरेका हुन सक्छन। त्यसै कारणले अहिले सत्य पनी डराएर हिडछौं किनकी हामी संगितमा लाग्दा जती हामीहरुले मित्र फ्यानहरु बनाएका हुन्छौं त्यती दुश्मनहरु पनी कमाएका हुन्छौं। कसले कुन बेला कहाँ हाम्रो ’boutमा के सोचिराखेको त्यो पत्तै हुदैन। त्यसकै शिकार बुबा भएको हो जस्तो लाग्छ“, भक्तराज आचार्यको छोरा तथा गायक स्वरुपराजको भनाई छ।तर उहाँको त्यो चोट निको नहुदै उहाँलाई अर्को बज्रपात आईलाग्यो उहाँको जिब्रोमा देखिएको सानो खटिराले क्यान्सरको रुप लियो जसको कारणले २०५० मा  उहाँको जिब्रो काट्नु पर्यो उहाँको सुरिलो स्वर हामीहरु माझ बाट टाढा भयो। अर्को अर्थमा भन्नु पर्दा नेपाली सांगितिक क्षेत्रले एउटा बहुमूल्य प्रतिभाको आवाज लाई गुमायो नेपाली सांगितिक क्षेत्रमा अपूरणिय क्षती भयो जुन क्षती सानो तपस्या लगावले पुरा गन सम्भव छैन।कोही नगरोस प्रेम अमर प्रेमको मूल्य कहाँ …” यो गित नै उहाँको लागी अन्तिम गित बन्न पुग्यो भने पाटनको मंगलबजारमा आयोजित कार्यक्रम नै उहाँको अन्तिम सांगितिक कार्यक्रम हुन पुग्यो।भक्तराज आचार्य माथी हमला भए पछीका दिनहरुमा उहाँको परिवारले के  कस्ता दु: संकटहरु झेल्नु पर्यो त्यसको यहाँ बयान गरेर साध्य नै छैन। सधै उहाँको घरमा आईरहने देखी लिएर धेरैले त्यो बेला आचार्य परिवारको साथ छाडीदिए। जुन मानिसहरु उहाँको पछीपछी लाग्थे त्यो समयपछी आएर एकपटक भेट्न समेत आएनन बलेको आगो ताप्ने रहेछन भन्ने कुराको पुष्टी गरिदिए। त्यो समय देखी नै संगितको राग तालमा गुञ्जने त्यो परिवारमा सन्नाटा छायो। त्यस बखत भक्तराज आचार्य उहाँको परिवारले कती दु: देख्नु पर्यो भने करीब १० वर्ष सम्म त्यो परिवारमा हार्मोनियम बजेन संगित प्रती नै एक प्रकारको वितृष्णा जागेर आयो।

 

 

कस्तो हुनुहुन्छ उहाँ?
एउटा छोराको तर्फ बाट नभई एउता दर्शक श्रोताको तर्फ बाट भन्दा उहाँ एकदमै सर्वगुण सम्पन्न, मेहनती, स्पष्ट वक्ता 03मान्छे हुनुहुन्छ। उहाँले कहिले पनी झुटो तरिफ गर्नु भएन अन्यायको विरुद्द जहिले पनी आवाज उठाउनु भयो। अरुले जस्तो दहि चिउरे प्रवृती सेतो लाई कालो भन्ने बानी उहाँको थिएन त्यसकै कारण कति जना उहाँको दुश्मन बने। अहिले सम्झँदा लाग्छ यदी बुबा त्यती बेला झुकेको भए सायद हामीहरुले जुन दुख पायौं त्यो भोग्नु पर्दैनथ्यो अहिले हामी आर्थिक रुपमा यो भन्दा धेरै माथी पुगिसकेका हुने थियौं होला तर हामी अहिलेको अवस्था देखी नै खुसी छौं हाम्रो बुबा एकदमै ठिक हुनुहुदो रहेछ भन्ने लाग्छ। यदी बुबा झुकेको भए हामीहरु अली धेरै पैसा कमाउने थियौं होला तर जुन प्रतिभा अहिले हामीमा निखारिएर आएको त्यो सायद नहुन सक्थ्यो अझै महत्वपूर्ण कुरा हामी आफ्नो बाटो आफै बनाउन सक्ने थिएनौं। उहाँ यती सम्म सत्य बोल्नुहुन्छ कि उहाँले हामीले गरेको काम गलत भए पनी राम्रो भनेर कहिले भन्नु हुन्न। उहाँ लाई अहिले पनी सत्य स्वरुप क्सतो गायक हो भन्यो भने बेसुरा गायक हो नै भन्नु हुन्छ, आफ्नो छोराहरु भनेर राम्रो भन्नु हुन्न जसले गर्दा हामीहरु लाई आफ्नो गल्ती सच्याउने ठाउँ मिल्छ हामीहरु अझै राम्रो गर्ने प्रयास गर्दछौं। उहाँ जे कुरा पनी perfect होस भन्ने चाहानुहुन्छ। त्यो कुराले गर्दा हामीहरु सधै राम्रो गर्न तत्पर हुन्छौं“, स्वरुपराज भन्नुहुन्छ।

एउटा बुबाको रुपमा भक्तराज आचार्य
उहाँ एकदमै माया गर्ने मान्छे हो तर माया धेरै देखाउनु हुन्न। छोराछोरीहरु बाट पनी उहाँ सबै कुरा perfect चाहानुहुन्छ।

 

कस्तो हुनुहुन्छ उहाँ?
एउटा छोराको तर्फ बाट नभई एउता दर्शक श्रोताको तर्फ बाट भन्दा उहाँ एकदमै सर्वगुण सम्पन्न, मेहनती, स्पष्ट वक्ता मान्छे हुनुहुन्छ। उहाँले कहिले पनी झुटो तरिफ गर्नु भएन अन्यायको विरुद्द जहिले पनी आवाज उठाउनु भयो। अरुले जस्तो दहि चिउरे प्रवृती सेतो लाई कालो भन्ने बानी उहाँको थिएन त्यसकै कारण कति जना उहाँको दुश्मन बने। अहिले सम्झँदा लाग्छ यदी बुबा त्यती बेला झुकेको भए सायद हामीहरुले जुन दुख पायौं त्यो भोग्नु पर्दैनथ्यो अहिले हामी आर्थिक रुपमा यो भन्दा धेरै माथी पुगिसकेका हुने थियौं होला तर हामी अहिलेको अवस्था देखी नै खुसी छौं हाम्रो बुबा एकदमै ठिक हुनुहुदो रहेछ भन्ने लाग्छ। यदी बुबा झुकेको भए हामीहरु अली धेरै पैसा कमाउने थियौं होला तर जुन प्रतिभा अहिले हामीमा निखारिएर आएको त्यो सायद नहुन सक्थ्यो अझै महत्वपूर्ण कुरा हामी आफ्नो बाटो आफै बनाउन सक्ने थिएनौं। उहाँ यती सम्म सत्य बोल्नुहुन्छ कि उहाँले हामीले गरेको काम गलत भए पनी राम्रो भनेर कहिले भन्नु हुन्न। उहाँ लाई अहिले पनी सत्य स्वरुप क्सतो गायक हो भन्यो भने बेसुरा गायक हो नै भन्नु हुन्छ, आफ्नो छोराहरु भनेर राम्रो भन्नु हुन्न जसले गर्दा हामीहरु लाई आफ्नो गल्ती सच्याउने ठाउँ मिल्छ हामीहरु अझै राम्रो गर्ने प्रयास गर्दछौं। उहाँ जे कुरा पनी perfect होस भन्ने चाहानुहुन्छ। त्यो कुराले गर्दा हामीहरु सधै राम्रो गर्न तत्पर हुन्छौं“, स्वरुपराज भन्नुहुन्छ।एउटा बुबाको रुपमा भक्तराज आचार्य

उहाँ एकदमै माया गर्ने मान्छे हो तर माया धेरै देखाउनु हुन्न। छोराछोरीहरु बाट पनी उहाँ सबै कुरा perfect चाहानुहुन्छ।

 

अर्को कुरा उहाँ एकदमै सफासुग्गर मनपराउने मानिस हो उहाँको आफ्नै दैनिकी हुन्छ। एउटा बुबा आमाको रुपमा उहाँहरु एकदमै सही हुनुहुन्छ। हामीहरु लाइ यो कुरामा गर्व कि हामीहरु भक्तराज आचार्यको परिवारमा जन्म लियौं एउटा राम्रो संस्कार पायौं। हामीहरुले आफ्नो आमा बुबा बाट धेरै राम्रो संस्कार पाएका छौं जुन हाम्रो भावी पिंढीमा सार्नै पर्दछ“,  स्वरुपको भनाई छ।

सम्मान पुरस्कारहरु:
भजन शिरोमणी
गोरखा दक्षिण बाहु
त्रिशक्ती पट्ट (पहिलो)
विरेन्द्रऐश्वर्या सेवा पदक

राष्ट्रिय प्रतिभा पुरस्कार
छिन्नलता पुरस्कार
ईमेज एफ. एम. लाईफ टाईम एचिभमेन्ट अवार्ड
हिट्स एफ. एम. लाईफ टाईम अचिभमेन्ट अवार्ड…..आदी।

एल्बमहरु:
1.
भक्तराज आचार्यका आधुनिक गितहरु
2.
समर्पण भाग/भाग
3.
हजार सपना(सि.डी.)
4.
जहाँ छन बुद्दका आँखा
..
5.
भगवान

अहिलेको उहाँको जिवन
सधै संगितमा व्यस्त रहने भक्तराज आचार्यको अहिलेको जिवन भने नितान्त भिन्न छ। अहिले उहाँ त्यती बाहिर निस्कनु हुन्न कुनै सम्मन कार्यक्रममा नै जान रुचाउनु हुन्छ। अहिले उहाँको दैनिकी सामान्य  रहेको छ। आजकाल घरवरी परीको सरसफाई आफ्नो नियमित काम हरुमै दिन बित्छ। कहिले काही गित संगित पनी सुन्ने उहाँको बानी तर अहिलेका आधुनिक मानिने गायक गित भने उहाँको प्राथमिकतामा कहिले पर्दैनन। उहाँले गुलाम अली, सफकत अली खाँ आदीका गित सुन्न मनपराउनुहुन्छ। यस बाहेक उहाँको सपना पुरा गर्न लागि पर्नु भएका उहाँका दुई छोराहरु सत्यराज आचार्य स्वरुपराज आचार्यलाई गित संगितको ’boutमा ज्ञान दिनु पनी उहांको दैनिकी हो। अहिले पनी सत्यस्वरुपका जुन गित बजारमा आउँछन ति गितमा पहिले उहाँको सिग्नेचर भएर मात्र आउँछन।

अब किताब फिल्ममा
 नेपाली संगितको लागी अतुलनिय योगदान गर्नु भएका आचार्यको ’boutमा उहाँका छोराहरु सत्यराज आचार्य स्वरुपराज आचार्यले एउटा किताब प्रकाशित गर्ने तयारी गरिरहनु  भएको छ। त्यो किताबमा उहाँको ’boutमा धेरै कुरा जान्न सकिन्छ किताब भक्तराज आचार्यको हातबाट एउटा विषेश कार्यक्रममा विमोचन गरीने छ। यस बाहेक उहाँको जिवन कथामा आधारित भएर फिल्म पनी बन्ने तयारीमा जसको निर्देशन प्रशान्त रसाईलीले गर्दै हुनुहुन्छ।

, अन्त्यमा:
भक्तराज आचार्यको रुपमा नेपाली सांगितिक फाँटमा उदाएको ताराको स्वरमा अब रेकर्ड भएका गितहरु मात्र भए पनी उहाँको सपना पुरा गर्न सत्यराज आचार्य स्वरुपराज आचार्य दिलो ज्यान दिएर लागिपर्नु भएको छ। यस ’bout स्वरुपराजको यस्तो भनाई , “हामीहरु बुबाको सपना पुरा गर्न कुनै कसार बाँकी राख्ने छैनौं अहिले पनी हामीहरुले बुबाको सपना पुरा गर्ने प्रयास गर्दै छौं यस काममा कति सफलता मिल्छ या मिल्दैन त्यो हामी भन्न सक्दैनौं तर बुबाले गित संगित बाट टाढा भए पछी नेपाली संगितको क्षेत्रमा जुन खाडल परेको त्यो खाडल सकेसम्म पुर्ने प्रयास जारी राख्ने छौ यो काममा जिवनभर लागि रहने छौंभक्तराज आचार्यले आफ्नो पुरा जिवनभर नेपाली गित संगितलाई सेवा गर्न पाएको भए सायद अहिले हाम्रो  संगितको स्तर यो भन्दा धेरै माथी पुगिसक्ने थियो तर दुर्भाग्य त्यो हुन सकेन तर उहाँको सपना पुरा गर्न लागिपर्नु भएका दुई गायकहरु सत्यराज आचार्य स्वरुपराज आचार्यलाई त्यो स्थान हासिल गर्ने सुअवसर मिलोस हाम्रो पनी शुभकामना!

23
फेब
09

“जय भोले शंकर – महाशिवरात्रीका केही झलकहरु”

शिव रात्री

शिव रात्री

शिव रात्री

शिव रात्री

शिव रात्री

शिव रात्री

 

शिव रात्री

23
फेब
09

सुनको भाउमा नयाँ रेकर्ड

 विवाहको मौसम चलिरह“दा स्थानीय बजारमा यो साता सुनको मूल्यमा उच्च वृद्धि भएको छ । यो साता सुनको मूल्य प्रतितोला साढे २९ हजार रुपैया“ नाघेको नेपाल सुनचा“दी व्यवसायी संघले जनाएको छ । स्थानीय बजारमा साताको सुरुमा भन्दा अन्त्यतिर पहेंलो धातुको मूल्य तोलामा झन्डै २ हजार रुपैया“ नाघेको हो । अन्तर्रर्ााट्रय बजारको मूल्य पछ्याउ“दै स्थानीय बजारमा सुनको मूल्य अक्कासिएको छ । ‘अन्तर्रर्ााट्रय बजारमा गतसाता प्रतिऔन्स सुनको मूल्य ९ सय ४२ अमेरिकी डलर थियो,’ संघले भनेको छ, ‘यो शुक्रबार बढेर औन्समा ९ सय ७२ अमेरीकी डलर नाघ्यो ।’ अमेरिकी डलर नेपाली रुपैया“को दा“जोमा मजबुत हुनु भाउ बढ्नुको अर्को कारण हो । डलरमा किनबेच हुने भएकाले रुपैया“ कमजोर हु“दा सुन मह“गो पर्छ । यस्तै विश्व सेयर बजारका लगानीकर्ता सुनमा लगानी गर्न आर्कषित भएकाले पनि माग बढेर सुनको मूल्य बढेको हो । संघका अनुसार आइतबार प्रति दस ग्राम सुनको मूल्य २७ हजार ९ सय -प्रति दस ग्राम २३ हजार ९ सय २०) रुपैया“ थियो । बिहीबार सुनको मूल्य सबैभन्दा उच्च विन्दुमा पुग्यो । ‘बिहीबार प्रतितोला सुनको मूल्य २९ हजार ६ सय ३ -प्रतिऔन्स २५ हजार ३ सय ८०) रुपैया“ कायम भयो,’ संंघले भनेको छ, ‘गत शुक्रबार प्रतितोला मूल्य २७ हजार ८ सय १ -प्रति दस ग्राममा २३ हजार ८ सय ३५) रुपैया“ थियो ।’ साताको दोस्रो दिन सोमबार अघिल्लो दिनभन्दा मूल्यमा सामान्य गिरावट आएको छ । संघका अनुसार सोमबार प्रति दस ग्राम सुनको मूल्य २३ हजार ८ सय ८० रुपैया“ कायम भयो । मंगलबार अघिल्लो दिनभन्दा उच्च वृद्धि भई प्रति दस ग्राम पहे“लो धातुको मूल्य २४ हजार ३ सय ५० रुपैया“ पुग्यो । बुधबार प्रति दस ग्राम सुन २५ हजार रुपैया“मा किनबेच भएको थियो । बिहीबार ऐतिहासिक भाउ कायम गरेको सुनको कारोबार मूल्य शुक्रबार दस ग्राममा २५ हजार २ सय ५ रुपैया“ निर्धारण भयो । यो साता स्थानीय बजारमा चा“दीको भाउसमेत उल्लेख्य बढेको छ । आइतबार प्रति दस ग्राम चा“दीको मूल्य ३ सय ४३ रुपैया“ रहेकोमा शुक्रबार बढेर ३ सय ६० रुपैया“ पुग्यो । बिहीबार प्रति दस ग्राममा ३ सय ६२ रुपैया“सम्म थियो ।

श्रोत : कान्तिपुर अन्लाइन डट कम

15
फेब
09

बाबुराम भट्टराई

यहाँ मैले केही बर्तमान अर्थमन्त्री बाबुराम भट्टराईको केही फोटोहरु सँकलित गरी तपाईंहरुको लागि राख्ने प्रयास गरेको छु ।

१९६० मा स्कुल बाहिर खिचिएको बाबु राम ठ??्टराईको तस्बिर

१९६० मा स्कुल बाहिर खिचिएको बाबु राम भट्टराईको तस्बिर

एस् एल सी परिक्षामा बोर्ड फर्स्ट आए पछी खिचिएको फोटो

एस् एल सी परिक्षामा बोर्ड फर्स्ट आए पछी खिचिएको फोटो

चन्डिगढमा आर्किटेक्चर पढ्दा कलकत्ताको शैक्षिक ठ??रमणमा साथीठ??इहरुसँग

चन्डिगढमा आर्किटेक्चर पढ्दा कलकत्ताको शैक्षिक भ्रमणमा साथीभाइहरुसँग       

छोरीको साथमा छोरीको साथमा

बाबु राम ठ??्टराई जन्मेको घर (हाल ठ??त्किसकेको) बाबु राम भट्टराई जन्मेको घर (हाल भात्किसकेको)     

10
फेब
09

कसले हान्यो प्रधानमन्त्रीको स्वकीय सचिव माथि गोली ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव तथा एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओबादीका पोलिटब्युरो सदस्य शक्तिबहादुर बस्नेतमाथि सोमबार साँझ साढे सात बजे लोडसेडिङको बेला कोटेश्वरमा अज्ञात समूहले गोली प्रहार गरेको छ। कार्यालयबाट कोटेश्वरको निखिलेश्वर मन्दिरनजिक रहेको निवासमा गाडीबाट ओर्लनासाथ अज्ञात हतियारधारीले नजिकै घरको कौसीबाट बस्नेतमाथि ८/१० राउन्ड गोली हानेका थिए। गाडीबाट ओर्लिएर गेट खोल्न साथ गोली प्रहार भएको जनाइएको छ । कालो जकेट र मास्क लगाएका दुई जनाले उनीमाथि गोली प्रहार गरेका थिए। तिघ्रामा दुई गोली लागेका बस्नेतको हाल बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ। प्रधानमन्त्री प्रचण्ड र अन्य मन्त्रीहरुले उनलाई अस्पतालमा पुगेर भेटी उनको स्वास्थ्यका ’boutमा जानकारी लिएका छन्।

अपडेटः तीघ्रामा लागेका दुई गोली अपरेसन गरी निकालिसकिएको छ। घाइतेलाई आईसीयुमा राखी उपचार गरिँदैछ तर उनको अवस्था सामान्य रहेको बताइएको छ।

अपडेटः काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको छ। ठाउँ ठाउँमा प्रहरीले चेकिङ गरिरहेको छ।

अपडेटः गोली हान्नेको हुलिया प्रत्यक्षदर्शीहरुका अनुसार कालो जकेट लगाएको, मास्क लगाएको, मोटो जिउ भएको हो। शंकास्पद केहीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। तर उनीहरु मध्ये कोही साँच्चिकै गोली हान्ने मान्छे हुन् कि दशा बिग्रिएर उस्तै खाले हुलिया भएका व्यक्ति घटनास्थल ’round पुग्दा शंकाका आधारमा समातिएका मात्र हुन्, अनुसन्धान जारी छ। कसले, कुन उद्देश्यले गोली चलायो ? अहिलेसम्म केही थाहा हुन सकेको छैन।


घाइतेको अस्पतालमा उपचार गरिँदै।

source:  http://www.mysansar.com

09
फेब
09

“कमरेडहरू, प्रतीक्षा गरौँ भूकम्पको”

डा. नारायण खड्का
एकीकृत नेपाल कम्युनिस्ट पार्टी -एनेकपा) माओवादीको नेतृत्वभित्र कति माओवादको सैद्धान्तिक ज्ञानको कारण माओवादी बनेका छन् कति सरसंगत, पारिवारिक वातावरणको कारण या व्यक्तिगत, पारिवारिक द्वेष, रिस, बेरोजगारीको कारण या बेइमानी र गलत क्रियाकलाप ढाकछोप गर्न र अन्य कारणबाट बनेका छन् । त्यसको मूल्यांकन पार्टीभित्र होला नै । यद्यपि ती जति माओवादी सिद्धान्तको ज्ञान राख्छन् त्यो जमात अहिले माओवाद र लेनिनवादबीच वैचारिक र रणनीतिक दोधारमा छन् । हुन त यसलाई नेपालका माओवादीहरूले माओवाद-लेनिनवादको नेपाली प्रयोग भन्लान् । त्यो सैद्धान्तिक सम्मिश्रणभित्रको विरोधाभास र भिन्नताको चिरफार गर्ने हो भने नेपाली माओवादीको सैद्धान्तिक
विचलन अनि त्यो विचलित सिद्धान्तको नेपाली प्रयोगबाट हुनसक्ने क्षतिको विश्लेषण गर्न पनि जरुरी भइसकेको छ । तर पनि जो-जति सुरुदेखि नै माओवादी बने, अरूलाई बनाए र अहिलेसम्म छोड्न सकेका छैनन् । उनीहरूले आफ्नो ढंगले बुझेको र लागू गर्दै गरेको एउटा सिद्धान्त हो विध्वंस-निर्माणको सिद्धान्त, जसको प्रयोग माओको प्रयोगजस्तै छ ।

एनेकपाभित्र विध्वंस-निर्माणको माओवादी द्वन्द्वात्मक भौतिकवादी व्याख्या नेपालको सन्दर्भमा कति भएको छ/छैन, त्यस्त्ाा व्याख्या बाहिर आएका छैनन् । माओको विचार पढेका नेतृत्व तहका केही सीमित व्यक्तिहरूको बारम्बार आइरहने भाषण र अन्तर्वार्तामा पुरानो सत्ता नढली नयाँ नबन्ने, पुरानो संरचना नभत्की नयाँ संरचना निर्माण नहुने र केही सैद्धान्तिक रूपमा व्याख्या गर्नेहरूले समाजको पूर्ण रूपान्तरण, क्रम भंग, क्रान्तिको निरन्तरता आदि माओकै शब्दहरू व्यक्त गर्दै आएका छन् । नेपालका माओवादीले अनुशरण गरेको यो सिद्धान्तको क्षेत्र यसका नेता र कार्यकर्ताको व्यवहार र सोच हेर्दा विध्वंस समग्रतामा छ । अर्थात् सामाजिक, धार्मिक, राजनीतिक, प्रशासनिक, आर्थिक, भौतिक आदिमा । ०५२ सालमा विद्रोह सुरु गर्दादेखि नै माओवादीले प्रहार गर्दै आएको मुख्य क्षेत्र सामाजिक क्षेत्र हो । विध्वंसलाई माओले सामाजिक चेतनाको अभ्यासका रूपमा पनि हेरेका थिए । नेपालका माओवादीहरूले पनि युद्धकालदेखि नै उनीहरूले प्रयोग गरेको वर्ग संघर्षको अस्त्रअनुसार सामाजको आर्थिक सम्बन्धको वर्गीकरण गर्दै विद्यमान समाजिक संरचनालाई पुरानो भन्दै भत्काउन उद्यत छन् । नेपालको सामाजिक संरचना भत्काउने क्रममा माओवादीहरूले एकैसाथ समाजका दुवै पक्षमाथि प्रहार गर्दै आएका छन् ।

माक्र्सवादी चिन्तन या भनौँ साम्यवादी सिद्धान्तको मूल आधार भनेको आर्थिक संरचना हो । यसको सार तत्त्व वर्ग संघर्ष हो र मूलतः नेपाली कृषि समाज जुन आधुनिकतातर्फ सुस्त गतिमा परिवर्तित हुँदै छ, त्यो समाजको आर्थिक संरचनाको वर्गीय विभाजन गदर्ैै एकातिर गरिब, किसान, मजदुर, हली, कमैया आदि मित्रपक्ष र अर्कोतर्फ जमिनदार, उद्योगी-व्यापारी, साहु- महाजन, ठूला दर्जाका कर्मचारी -प्रहरी र सेना समेतका) उदारवादी बुद्धिजीवी आदि -समग्र विशेषण सामन्त-दलाल नोकरशाही-प्रतिक्रियावादी) लाई शत्रुपक्ष भनी विभाजन गर्दै यी दुई वर्गको बीचमा अधिकतम द्वन्द्व र विरोधाभास बढाएर लगिरहेका छन् । जफत गरेको सम्पत्ति र घर फिर्ता गर्ने एक दर्जन जति पटकका प्रतिबद्धताको कार्यान्वयन गर्ने क्रममा पनि यही कुरा दोहोर्‍याएर टालटुल गरिरहेका छन् । अर्कोतर्फ जाति र वर्गलाई एउटै सिक्काका दुई पाटा भन्ने निष्कर्षमा पुगेर होला सायद, साम्यवादी सिद्धान्तको पूर्ण विपरीत ध्रुवमा गएर नेपालको सामाजिक सम्बन्धको वर्गीकरण गर्दै एकातिर शासक र शोषक, अर्कोतर्फ शासित, शोषित र उत्पीडित जाति-समूह भनेर यी दुईबीचको सदियौँदेखि विद्यमान सामाजिक सम्बन्धलाई पूर्णतया ध्वस्त बनाउन तल्लीन हुँदै आएका छन् । निश्चय नै नेपाली समाजको अन्तर्जातीय सामूहिक सम्बन्ध असमान, भेदभावपूर्ण र विकृत पनि छ । माओवादी दलभित्रको नेतृत्वको बनोट हेर्दा पनि समाजमा विद्यमान विकृति, भेदभाव र असमानताको समाधान द्वन्द्व र विरोधाभास हो कि होइन ? आफ्नो पार्टीभित्रै पहिले त्यसको वस्तुगत विश्लेषण नै नगरी नेपाली समाजको अत्यन्तै सकारात्मक पक्ष समाजिक सद्भाव, परस्पर सहयोग, सहनशीलता र मिश्रति बसोवास जसको आधारमा नेपाली समाजमात्रै नभएर देशको अस्तित्व पनि जोडिएको छ, यसलाई उनीहरूले करिब-करिब भत्काइसकेका छन् ।

नेपालका माओवादीले व्यवहारमा प्रयोग गर्दै गरेको अर्को पक्ष धार्मिक क्षेत्र हो । कमरेड माओत्सेतुङले सन् १९५० को दशकमा लागू गरेको महान् अग्रगमनकारी छलाङ पूर्णतया असफल भएर करिब चार करोड मानिसले ज्यान गुमाएपश्चात् चिनियाँ समाजलाई पूर्णतया साम्यवादी समाज बनाउन सन् १९६० को दशकमा उनले विध्वंस-निर्माणको सिद्धान्तलाई सांस्कृतिक क्रान्तिको नाममा प्रयोगमा ल्याए । जसको कारण कति मानिसको ज्यान लिइयो त्यसको लेखाजोखा हुनसकेकै छैन । माओवादीहरूले द्वन्द्वकालमै नेपाली समाजको धार्मिक बनोटमाथि प्रहार गर्दै आए । द्वन्द्वकालमा हिन्दु धर्मालम्बीहरूको आस्थाका पुञ्जहरूमाथि भएको विकृति र विध्वंसात्मक प्रहारको चर्चा पनि गर्न सकिँदैन । त्यो पृष्ठभूमिका उनीहरू अहिले सरकारको नेतृत्व गरेपश्चात् धार्मिक र सांस्कृतिक धरोहरमाथि विद्यमान कानुन, परम्पराको गलत व्याख्या र प्रयोग गर्दै भत्काउन उद्यत छन् । धर्मको भौतिक संरचनामा भइरहेको प्रहारबाट नेपालका माओवादीहरू आधुनिक साम्यवादी समाज निर्माण गर्ने ध्येयले विद्यमान धार्मिक सहनशीलता, आस्था र सहअस्तित्वमाथि नै प्रहार गर्दै छन् । नेपाललाई धर्म निरपेक्ष राज्य होइन, धर्महीन राज्य नेपाल माओवादीहरूको लक्ष्य हो किनकि माक्र्स र माओले त्यही भनेका थिए ।

सामान्य भाषामा भन्नुपर्दा जति सक्यो चाँडो साम्यवादी व्यवस्थामा फड्को मार्ने लक्ष्यका साथ अहिले माओवादीहरू सरकारी धरातलको प्रयोग गर्दै विध्वंस-निर्माणको सिद्धान्तलाई राजनीतिक-आर्थिक क्षेत्रमा व्यवहारमा पनि लागू गर्न तल्लीन छन् । सर्वहारा वर्गको साम्यवादी शासन व्यवस्थालाई लक्ष्य बनाएर गैरमाओवादी माध्यमबाट सत्तामा पुगेका माओवादीहरूका लागि प्रमुख दलहरूलाई एउटा नकारात्मक विशेषण भिराएर अवमूल्यन र अवसान गर्ने प्रयास नौलो होइन । कतिपय साम्यवादी देशहरूमा त विरोधी राजनीतिक दलका नेता र कार्यकर्ताहरूलाई भौतिक रूपमा नै सफाया गरिएको छ । राजनीतिक दलमध्ये कसैलाई प्रमुख वर्गशत्रु, कसैलाई घोर अवसरवादी र अन्यलाई विदेशी विखण्डनकारीहरूको दलालको रूपमा प्रस्तुत गर्नु, स्वतन्त्र सञ्चारमाथिको आक्रमण र पत्रकारहरूमाथि भएका हिंसात्मक घटनाले बहुदलीय प्रतिस्पर्धा र मौलिक अधिकारको आधारभूत राजनीतिक व्यवस्था ध्वंस गर्दै एकदलीय साम्यवादी व्यवस्था निर्माण गर्ने अभिप्रायका संकेत स्पष्ट हुन्छन् । सबै कम्युनिस्ट घटकहरूलाई एनेकपाभित्र विलय गराएर प्रजातन्त्रवादी शक्तिहरूलाई कमजोर गर्नु यो पार्टीको लक्ष्य हो । आर्थिक सिद्धान्त र संरचनाहरूमा नेपाली माओवादीको धारणा अहिले पनि स्पष्ट छैन, उनीहरू माओवाद-लेनिनवाद र देंग-वसुवादको बीचमा लट्किएका छन् । तर पनि विगतमा उद्योगी, व्यवसायीहरूलाई हेर्ने दृष्टिकोण, चन्दा र अपहरणको आतंक, उद्योगहरूमा गरिएका विष्फोट र हाल क्रान्तिकारी मजदुर युनियनको नामबाट उद्योग- व्यवसायमा भएका हस्तक्षेप, केही ठाउँमा गाडिएका झन्डा, लगातार विभिन्न माग राखी गरिएका हडताल र बन्दहरूले आर्थिक संरचनामा पनि विध्वंस निर्माणको सिद्धान्त कडाइका साथ लागू गरिएको पाइन्छ ।

माओवादीले विध्वंस निर्माणको सिद्धान्तलाई कार्यान्वयन गर्दै गरेको अर्को क्ष्ाेत्र हो- प्रशासनिक भौतिक संरचना । द्वन्द्वकालमा बन्दुक, बारुद र विष्फोटबाट भत्काउन नसकिएका प्रहरी-प्रशासनिक संस्था र संरचनाहरू अहिले सरकारी अधिकारको प्रयोग/दुरुपयोग गर्दै भत्काउन लागिएको छ । द्वन्द्वकालमा विष्फोट र आगजनी गराइएका गाविस भवन, स्वास्थ्य चौकी, प्रहरी बिट, विद्यालयहरूबाट करिब पाँच अर्ब बराबरको भौतिक क्षतिको अनुमान गरिएको छ । त्यस्ाकै निरन्तरताको रूपमा अहिले नीतिगत र संस्थागत तहहरूमा विध्वंसको रणनीति कार्यन्वयन हुँदै छ । कर्मचारी र प्रहरी प्रशासनले सहयोग गरेन र यी संस्थाहरू कांग्रेस र एमालेप्रति बफादार छन् भन्ने आरोप लगाउँदै यिनलाई आफ्नो कोणमा परिवर्तन गर्ने प्रयास भइरहेछ । कर्मचारी प्रशासनमा ठूलो संख्यामा पटक-पटक सरुवा-बढुवा गर्नु अनि कतिपयलाई गोप्य रूपमा माओवादी सदस्यता र प्रलोभन एकैसाथ प्रदान गरिएको चर्चाले यो संस्थाको मूल्य-मान्यता र नैतिकतामाथि प्रहार भएको स्पष्ट हुन्छ । त्यस्तै प्रहरी प्रशासनलाई तत्कालै आफ्नो पक्षीय बनाउन नसके पनि यसभित्र समूहवाद र गुटबन्दी प्रवेश गराउँदा भोलि अर्को कुनै दलको सरकारले पनि आफूविरुद्ध प्रयोग गर्न नसकोस् भन्ने दृष्टिकोणले यसका संरचना प्रभावित पार्ने कोसिस भइरहेछ । सरकारलाई शान्ति-सुरक्षा कायम गर्न असहयोग गरेको आरोप लगाउँदै त्यो संस्थालाई

पनि कमजोर पार्ने कोसिस भइरहेछ । अहिले एनेकपाको सम्पूर्ण प्रयास नेपाल सेनालाई कमजोर बनाउनमा केन्दि्रत छ ।

सम्पूर्ण सत्ता नियन्त्रणको वातावरण निर्माण गर्दै एकदलीय साम्यवादमा फड्को मार्न माओवादीहरू वर्तमान सत्तासीन अवधिलाई विद्रोहको समयकै क्रान्तिको निरन्तरताको रूपमा व्याख्या गर्दै छन् । राज्यका संस्था र संरचनाहरूलाई पुरानो सत्ताको संज्ञा दिँदै सम्पूर्ण रूपमा भत्काउन उद्यत छन् । माओवादीले भनेअनुसार सत्ता भत्केला/नभत्केला, तर राज्यको अस्तित्वलाई उनीहरूले हल्ल्ााइसकेका छन् । सत्तासीन भएर नीतिगत विध्वंसमा तल्लीन माओवादीहरूलाई भौतिक रूपमा ध्वंस गर्न भाग्यले पनि साथ दिएको छ । माओवादीबाट सत्ताको नेतृत्व हुन शुभ/अशुभ के होला, तर त्यही दिन अर्थात् गत भाद्र २ मा पूर्वमा कोसीमा र भाद्र २४ मा मध्य र सुदूरपश्चिममा आएको भीषण बाढीले माओवादीले कल्पनै नगरेको जनधन ध्वंस गरिदियो । १६ घन्टा अन्धकार पनि आइसकेको छ । अब प्रतीक्षा गरौँ- एउटा ठूलै भूकम्पको, जसले माओवादीले चाहेको तर गर्न बाँकी रहेको सम्पूर्ण भौतिक संरचना ध्वस्त पार्न सकोस् ।

श्रोत : कान्तिपुर अन्लाईन डट कम

02
फेब
09

नेपाली किशोर विश्वका कान्छा ग्रान्डमास्टर बन्न सफल

3243254876_9705f1c47f

नेपाली खेलाडीले विश्व प्रतियोगितामा सफलता पाएको खबर सुन्न गार्‍हो छ। तर आज एउटा राम्रो खबर छ। १४ वर्षका नेपाली मूलका किशोर अनिश गिरी विश्वका सबैभन्दा कान्छा ग्रान्डमास्टर बन्न सफल भएका छन्। बुद्धिचाल अर्थात् चेस खेलमा विश्व प्रतियोगिता जित्‍नेलाई ग्रान्डमास्टरको उपाधि दिइन्छ। हिजो शनिबार भेनेजुएलाका एडुआर्डो इटुर्रिजागालाई पराजित गर्दै अनिशले यो उपाधि जितेका हुन्।

१४ वर्ष, सात महिना दुई दिन अगाडि जन्मिएका गिरीका पिता नेपाली हुन् भने आमा रसियन हुन्। हाल उनीहरुको परिवार हल्यान्डमा बस्छन्।

सन् ११९४ को जुन २८ तारिखमा रुसको सेन्ट पिर्टर्सवर्गमा अनिसको जन्म भएको हो। अनिसलाई चार वटा भाषा आउँछ, मातृभाषा भएकोले रुसी भाषामा उनी पोख्त छन्। अंग्रेजी पनि उनी स्पष्ट बोल्छन्। पिताको भाषा नेपाली पनि उनलाई काम चलाउने हिसाबले आउँछ। परिवारसित केही वर्ष जापानमा पनि बसेको हुनाले उनलाई जापानी भाषा पनि आउँछ।

अनिशका पिता सञ्जय गिरी वैज्ञानिक हुन्। उनी रसियामा काम गर्ने गर्थे। उनीहरुको परिवार नेदरल्यान्डसमा बसाइँ सरेको धेरै भएको छैन।

अनिशले सात वर्षको उमेरदेखि चेस खेल्न थालेका हुन्। सुरुमा उनी आमासित चेस खेल्ने गर्थे। पछि इन्टरनेटमा चेस खेल्दै उनले आफ्नो बुद्धि तिखारेका हुन्। उनी चेसका किताब पनि पढ्ने गर्थे। उनी गेरी कास्पारोभलाई आफ्ना हिरो मान्छन्।

अनिश कम्प्युटरका पारखी हुन्। उनलाई पछिल्ला सफ्टवेयरहरु मज्जाले चलाउन आउँछ।3243316836_dafcc7ff631

अनिशले नौ वर्षको उमेरमा जापानको होक्काइडोमा पहिलो पटक चेस प्रतियोगिता जितेका थिए। १२ वर्षको उमेरमा उनले यु १२ रसियन टाइटल जितेका थिए। Enschede मा भएको Young Masters tournament मा उनी चौथो भएका थिए।

उनलाई यो वर्ष हने SK Emsdetten club को Bundlesliga का लागि पनि आमन्त्रण आएको छ। Bundlesliga खेल्ने उनी अहिलेसम्म कै कान्छा खेलाडी भएको बताइन्छ। उनको फीडे रेटिङ २४६६ छ।

हाल उनी नेदरल्यान्डसको Delft स्थित Grotius College मा अध्ययन गरिरहेका छन्। उनलाई चेसमा प्रशिक्षण दिने कोही छैनन्। उनका आमा र बुबाको चेससँग कुनै लेनदेन छैन। उनी विदाका दिनमात्र चेस खेल्ने गर्छन्। अहिले उपाधि जितेको कोरस चेस २००९ प्रतियोगिताका लागि उनले कलेजबाट विदा लिनुपरेको थियो।

यस्तो चालले उनलाई जितायो। हेर्नुस् उनको चाल कस्तो थियो यहाँ क्लिक गरेर।

 

श्रोत : माइ संसार डट कम

31
जन
09

“यसरी भएको रहेछ उमा सिंहको हत्या”

जनकपुरकी पत्रकार उमा सिंहलाई सरकारले पहिलो पत्रकार शहीद घोषणा गरिसकेको छ। 1234पत्रकारहरु द्वन्द्वका क्रममा अरु पनि मारिएका छन् सरकार र तत्कालीन विद्रोही दुवै पक्षका। तर राज्यबाट शहीदको औपचारिक दर्जा पाउने भने उमा सिंह मात्रै हुन्। हुन पनि पापीहरुले निकै डरलाग्दो किसिमले सामान्य मानिसले कल्पना पनि गर्न नसक्ने किसिमबाट खुकुरीले जथाभावी हानेर उनको हत्या गरेका थिए।

तर ‘पत्रकार शहीद’ को हत्या पछाडिको कारण भने पारिवारिक रिसइबी रहेको खुल्न आएको छ। अर्थात् उनको हत्या पत्रकार भएकै कारणले भएको हैन रहेछ। केही दिनअघि मात्रै राष्ट्रिय मानवअधिकार आयोगले पत्रकार भएकै कारण मात्र उनको हत्या नभएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको उल्लेख गरेको थियो। हिजो प्रहरीले पनि आफ्नो अनुसन्धानबाट यस्तै देखिएको जिकिर गरेको छ। आखिर कसरी र किन भएको रहेछ त उमाको हत्या, प्रहरीको अनुसन्धानले यसो भन्छ-

उनको हत्या सम्पत्ति विवाद र पारिवारिक झगडाका कारण गरिएको हो। प्रहरीले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक यादवराज खनालले सम्पत्ति हत्याउने नियतले सिंहको हत्या गरिएका आधार फेला परेको बताए। 12345

घटनाको पृष्ठभूमि यस्तो रहेछ-उमाका पिता र दाइलाई द्वन्द्वकालमा माओवादीका कार्यकर्ताहरुले बेपत्ता बनाएका थिए। अहिलेसम्म उनीहरुको खोजखबर छैन। पिता र दाजु नभएपछि सम्पतिको वारेस उमा नै थिइन्। तर, छिट्टै नै उमाको विवाह हुन लागेको थियो। विवाह भएपछि सम्पति सबै उमाले लैजाने देखेर उनकी भाउजु ललितादेवी चिन्तित भएकी रहिछिन्।

ललितादेवीले उमाको नाममा रहेको १२ कठ्ठा जग्गा आफ्नो नाममा गरिदिन उमाकी आमा सुशीलालाई पटक पटक धम्क्याएकी रहिछिन्। आफूले मात्र नधम्क्याएर उनले आफ्ना नजिकका साथी श्रवण यादव र स्वामीजी यादव भनिने उमेश यादवलाई पनि थर्काउन लगाएकी रहिछिन्। श्रवण यादव माओवादीका सिराहा जिल्ला क्षेत्र नम्बर ५ का इञ्जार्ज हुन् भने स्वामीजी यादव तराई एकता परिषद्‍का अध्यक्ष हुन्।

यिनै स्वामीजीले एक स्थानीय सञ्चारकर्मीलाई फोन गर्दै ‘गल्तीले मार्न पुगेको’ भन्दै हत्याको जिम्मा लिएका थिए। उनले एनटिभीका स्थानीय सञ्चारकर्मीलाई गरेको प्रिपेड मोबाइल नम्बर कै आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो।

प्रहरीका अनुसार हत्याका प्रमुख योजनाकार उमाकी भाउजु ललितादेवी हुन्। उनले श्रवण यादव र स्वामीजी यादवलाई प्रयोग गरेका हुन्। योजना अनुसार उमाको हत्या गर्न स्वामीजीलाई साढे एक लाख रुपैयाँ दिने सहमति गराउन श्रवणको प्रमुख भूमिका थियो।

हेर्नुस् त, साढे एक लाख रुपैयाँका लागि कति विभत्स हत्या गरेका उनीहरुले। उमा सिंहको शरीर भरी खुकुरीले काटेका घाउ थिए। रक्तस्राव नरोकिएर छटपटाउँदै उमाले प्राण त्याग्नु परेको थियो।

प्रहरीले हत्यामा संलग्न भएको आशङ्कामा ललिता, श्रवण, नेमलाल, अभिषेक सिंह र विमलेश झालाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताएको छ।

 

श्रोत : माइ संसार डट कम

31
जन
09

“राज्यले बिर्सेका प्रथम सहिद”

– नरेश खपाङ्गीमगर

 

हुँदैन बिहान मिर्मिरे तार झरेर नगए बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए

सालिन्दा जबजब सहिद दिवसको सन्दर्भ उठ्छ कवि भूपि शेरचनका यी दुई पंक्ति निकै सम्भिइन्छन् । यसपटक सहिद दिवसमा धेरैले यी पंक्तिहरू स्मरण गरे । सहिदगेटमा राजा त्रिभुवनको नेतृत्वमा बसेका चार सहिदका सालिकमा श्रद्धाका फूल चढाइए । लैनचौरको सहिदस्तम्भ वर्षको एकपटक चिटिक्क पारियो । देशभर चार सहिदका ढलौटे सालिकहरूले गलामा माला भिर्न पाए । सप्ताह लामो यो उत्सवमा देशका प्रथम सहिद लखन थापामगरलाई भने कतै सम्भिइएन ।

जहानियाँ राणाशासनविरुद्ध पहिलोचोटि जनस्तरबाट संगठित विद्रोह गर्ने व्यक्ति थिए लखन थापामगर । विसं १८९१ मा गोरखाको बुङकोट काहुलेमा लखन थापामगर जन्मिएका थिए । बीस वर्षको उमेरमा लखन थापा पुरानो गोरख गण पल्टनमा भर्ती भए । पृथ्वीनारायण शाहले जातीय आधारमा खोलेका चार पल्टनमध्ये यो एक थियो । जसमा मगरहरूलाई मात्र भर्ती लिइन्थ्यो । लखन थापा भर्ती हुनुअगावै विसं १९०३ मा जंगबहादुर राणाले शासन हत्याइसकेका थिए । भर्ती भएपछि थापाले शासन प्रणाली बुुझ्दै गए । सन् १८५७ मा भारतीय सैनिकहरूले बेलायत अधीनस्त इस्ट इन्डिया कम्पनीविरुद्ध गरेको सैनिक विप्लव दबाउन जंगबहादुरले पठाएको सैनिक टोलीमा लखन थापा पनि सामेल थिए । डा. हर्षबहादुर बुढाका अनुसार त्यहीँबाट लखन थापामा राणाविरोधी र जनपक्षीय विचार निर्माण भएको थियो ।

कप्तान पदसम्म पुुगेका लखन थापाले विसं १९२७ मा जंगबहादुरविरुद्ध विद्रोह छेड्ने निष्कर्ष निकाल्दै सेनाबाट बिदा लिए । सहकर्मी जयसिंह चुमीमगरको सहयोगमा उनले गोरखाको बुुङकोट काउलेमा संगठन निर्माण गरे । हुकुमको जवाफ छैन कालको औषधि छैन भनिने जंगबहादुरको कठोर शासनकालमा लखन थापाले करिब दुुई हजार युुवा संगठित गरी धेरथोर हतियार पनि जम्मा गरेको इतिकासकार प्रमोदशमशेर राणाले गोरखा विद्रोहमा  लेखेका छन् । शिवलाल थापामगरले ओझेलमा परेका मगरहरू पुस्तकमा लखन थापाले काउलेमा जनश्रमदानबाट दरबार बनाएको र गोरखामा समानान्तर शासनको अभ्याससमेत गरेको उल्लेख गरेका छन् । यस्तैमा एकदिन उनले जंगबहादुरका विरुद्ध योजना बनाएका कागजातहरू उनको दरबारबाट चोरी

भयो र जंगबहादुरसम्म पुुग्यो ।

जंगबहादुरले आफ्नोविरुद्ध गतिविधि गरेको थाहा पाउनासाथ कान्छा भाइ धीरशमशेरको नेतृत्वमा देवीदत्त गणको सैन्यटोली गोरखा पठाए । लखन थापा र उनका सहयोगीहरू पक्राउ परे । उनीहरूलाई थापाथली ल्याइयो । जंगबहादुरले लखन थापा र उनका सहयोगीहरूलाई मनकामना मन्दिरअगाडि झुन्ड्याएर मार्न आदेश दिए । आदेश तामेल गर्दै विसं १९३३ फागुन २ गते उनलाई रूखमा झुुन्ड्याएर मारियो । अध्येता उमेश रानाका अनुसार उनीसहित अन्य जयसिंह चुमीलाई पनि रूखमा झुन्ड्याइयो भने चारजनालाई गोली हानेर मारियो । दुुई ब्राह्मणलाई भने मृत्युदण्ड दिइएन ।

विसं २००७ मा प्रजातन्त्र स्थापनापछि राणा शासनको उत्तरार्द्धमा मारिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मात्र सहिद घोषणा गरियो । लखन थापा जसले जहानियाँ शासनको जग बसाल्ने जंगबहादुरकै विरुद्ध विद्रोह गरे र मारिए उनलाई भने सहिद घोषणा गरिएन । निरन्तरको जनदबाबपछि बल्लबल्ल २०५६ मा मन्त्रिपरिषद्ले लखन थापालाई सहिद त घोषणा गर्‍यो तर प्रथम सहिद भन्न सकेन ।   

जब लखन थापामगरलाई प्रथम सहिद घोषणा गर्न दबाब बढ्छ लखन थापामगर थिए थिएनन् ? उनले विद्रोह गरेका हुन् होइनन् ? शहादत प्राप्त गरेका हुन्

होइनन् ? प्रश्नहरूको पर्रा उठाइन्छन् । लखन थापाका ’boutमा किंवदन्ती होइन ऐतिहासिक प्रमाणहरू प्रशस्त छन् । इतिहासकारहरूले उनका ’boutमा काफी कलम चलाएका छन् । उनको दरबारको भग्नावशेष अझै छ । उनका सन्तति अझै जीवित छन् । त्यसकारण लखन थापा थिए, थिएनन् भन्ने प्रश्न निरर्थक हो । खोज्ने हो भने आधार अझै बाक्लै छन् । करिब डेढ सय वर्ष पुरानो कुरा न हो । आखिर पौराणिक आधारमा त हामीले जनकलाई राष्ट्रिय विभूति र

सीतालाई राष्ट्रिय गौरव स्विकार्दै आएका छौं भने लखन थापालाई त प्रथम सहिद मान्ने थुप्रो प्रमाण छन् ।

सरकारले कि प्रथम सहिद अर्कै छन् भन्ने प्रमाण पेस गर्न सक्नुपर्‍यो होइन भने अहिलेसम्मको प्रमाणको आधारमा लखन थापामगरलाई प्रथम सहिद घोषणा गर्नुपर्‍यो । सरकारलाई शंका लाग्छ भने इतिहासकारहरू सम्मिलित अध्ययन टोली बनाएर थप खोजी गरोस् तर राणा शासनदेखि गणतन्त्रान्त्रिक शासनसम्ममा पनि सहिदलाई सम्मान दिन नसक्ने प्रवृत्तिको तुरुन्त अन्त्य गरियोस् । घरको कौसीमा जुुम्रा हेर्दाहेर्दै बितेका, आपराधिक क्रियाकलापमा  संलग्न

भएकाले यहाँ सहिदको सम्मान पाएका छन् । राज्यले उनीहरूको परिवारलाई १०/१० लाख सहयोग गरेको छ तर प्रथम सहिदले न सम्मान पाएका छन् न त सहयोग नै ।

 

श्रोत : कान्तिपुर अन्लाईन डट कम

29
जन
09

“फर्काइएका कामदारले राहत पाउने”

सरकारले विश्वव्यापी आर्थिक मन्दीका कारण एक वर्ष नपुग्दै विदेशमा जागिर गुमेर र्फकनुपरे उनीहरूलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ । विदेशमा काम गर्न गएको ६ महिना नपुग्दै कामबाट निकालेर फर्काइएकालाई तिरेको रकमको ४० प्रतिशत र एक वर्ष नपुग्दै फर्किएकालाई २५ प्रतिशत दिइन लागेको हो ।यो समस्यालाई लिएर श्रम तथा यातायात व्यवस्था मन्त्रालयमा बुधबार वैदेशिक रोजगार व्यवसायीसमेत संलग्न मन्त्रीस्तरीय बैठक बसी यस्तो निर्णय गरिएको हो । मन्त्रालयका प्रवक्ता हरिदत्त पाण्डेले यस’bout जानकारी दिँदै राहतमा खर्च हुने आधा रकम वैदेशिक रोजगार प्रवर्द्धन बोर्डअन्तर्गत कल्याणकारी कोषबाट र आधा सम्बन्धित मेनपावर कम्पनीले बेहोर्ने छन् ।’

सरकारले कामदार फर्किएको देशका

लागि तोकेको रकमलाई आधार बनाएर राहत प्रदान गर्ने छ ।

तर फर्किएर आएका व्यक्तिले मन्दीकै कारण जागिर गुमाएको प्रमाणित गर्नुपर्ने छ । ‘मन्दीकै कारण जागिर गुमाएको हो भन्ने कुरा दूतावास, नेपाली कन्सुलर वा रोजगारदाता कम्पनीमध्येबाट प्रमाणित हुनुपर्छ,’ प्रवक्ता पाण्डेले भने । यस्तो रकम फिर्ता गराइदिन आग्रह गर्दै श्रम विभाग तथा प्रहरी कार्यालयहरूमा निवेदन आउने क्रमसमेत बढिरहेको छ । तीन दिनअघिमात्र मलेसियाबाट ८२ कामदार करार अवधि पूरा नहुँदै फर्काइएका थिए । आर्थिक मन्दीका कारण विश्वभरि जागिर गुमाउनेको संख्या बढिरहँदा नेपाली कामदारका लागि दोस्रो ठूलो गन्तव्य रहेको मलेसियाले गत सातामात्रै विदेशी कामदार नल्याउने निर्णय गरेको छ ।

कामदार निकाल्दा विदेशीलाई पहिले निकाल्ने मलेसियाको निर्णयपछि नेपाली कामदार र्फकने सम्भावना बढेको छ । यसअघि मासिक ३५ सयभन्दा बढी नेपाली कामदार मलेसिया जाने गरेका थिए । विभागको तथ्यांकअनुसार मलेसियामा करिब चार लाख नेपाली छन् । व्यक्तिगत रूपमा जानेको संख्या पनि उल्लेख्य छ । यसरी जानेले पनि क्ष्ातिपूर्ति पाउनेछन् ।

सरकारले मन्दीका कारण जागिर गुमाएर फर्किएका हुन् कि होइनन् भन्ने अध्ययन गरी राहतका लागि सिफारिस गर्न तीन  सदस्यीय समितिसमेत गठन गरेको छ । समितिमा बोर्ड, परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधि रहने छन् ।

राहतमा लाग्ने ५० प्रतिशत रकम बेहोर्न मेनपावर कम्पनी पनि सहमत भएका छन् । ‘स्रोत र साधनले भ्याउन्जेल बोर्ड र व्यवसायीले राहत रकम प्रदान गर्नेछन्,’ वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष तिलक रानाभाटले भने ।

 

श्रोत : कान्तिपुर अन्लाईन डट कम




उत्तम बिषयबस्तुहरु

क्यालेन्डर

मे 2024
सो मं बु बि शु
 1234
567891011
12131415161718
19202122232425
262728293031  

अहिले सम्म कति पल्ट हेरियो त?

  • 3,565 hits

Top Clicks

  • कुनै पनि होइन