Archive for जनवरी, 2009

31
जन
09

“यसरी भएको रहेछ उमा सिंहको हत्या”

जनकपुरकी पत्रकार उमा सिंहलाई सरकारले पहिलो पत्रकार शहीद घोषणा गरिसकेको छ। 1234पत्रकारहरु द्वन्द्वका क्रममा अरु पनि मारिएका छन् सरकार र तत्कालीन विद्रोही दुवै पक्षका। तर राज्यबाट शहीदको औपचारिक दर्जा पाउने भने उमा सिंह मात्रै हुन्। हुन पनि पापीहरुले निकै डरलाग्दो किसिमले सामान्य मानिसले कल्पना पनि गर्न नसक्ने किसिमबाट खुकुरीले जथाभावी हानेर उनको हत्या गरेका थिए।

तर ‘पत्रकार शहीद’ को हत्या पछाडिको कारण भने पारिवारिक रिसइबी रहेको खुल्न आएको छ। अर्थात् उनको हत्या पत्रकार भएकै कारणले भएको हैन रहेछ। केही दिनअघि मात्रै राष्ट्रिय मानवअधिकार आयोगले पत्रकार भएकै कारण मात्र उनको हत्या नभएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको उल्लेख गरेको थियो। हिजो प्रहरीले पनि आफ्नो अनुसन्धानबाट यस्तै देखिएको जिकिर गरेको छ। आखिर कसरी र किन भएको रहेछ त उमाको हत्या, प्रहरीको अनुसन्धानले यसो भन्छ-

उनको हत्या सम्पत्ति विवाद र पारिवारिक झगडाका कारण गरिएको हो। प्रहरीले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक यादवराज खनालले सम्पत्ति हत्याउने नियतले सिंहको हत्या गरिएका आधार फेला परेको बताए। 12345

घटनाको पृष्ठभूमि यस्तो रहेछ-उमाका पिता र दाइलाई द्वन्द्वकालमा माओवादीका कार्यकर्ताहरुले बेपत्ता बनाएका थिए। अहिलेसम्म उनीहरुको खोजखबर छैन। पिता र दाजु नभएपछि सम्पतिको वारेस उमा नै थिइन्। तर, छिट्टै नै उमाको विवाह हुन लागेको थियो। विवाह भएपछि सम्पति सबै उमाले लैजाने देखेर उनकी भाउजु ललितादेवी चिन्तित भएकी रहिछिन्।

ललितादेवीले उमाको नाममा रहेको १२ कठ्ठा जग्गा आफ्नो नाममा गरिदिन उमाकी आमा सुशीलालाई पटक पटक धम्क्याएकी रहिछिन्। आफूले मात्र नधम्क्याएर उनले आफ्ना नजिकका साथी श्रवण यादव र स्वामीजी यादव भनिने उमेश यादवलाई पनि थर्काउन लगाएकी रहिछिन्। श्रवण यादव माओवादीका सिराहा जिल्ला क्षेत्र नम्बर ५ का इञ्जार्ज हुन् भने स्वामीजी यादव तराई एकता परिषद्‍का अध्यक्ष हुन्।

यिनै स्वामीजीले एक स्थानीय सञ्चारकर्मीलाई फोन गर्दै ‘गल्तीले मार्न पुगेको’ भन्दै हत्याको जिम्मा लिएका थिए। उनले एनटिभीका स्थानीय सञ्चारकर्मीलाई गरेको प्रिपेड मोबाइल नम्बर कै आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो।

प्रहरीका अनुसार हत्याका प्रमुख योजनाकार उमाकी भाउजु ललितादेवी हुन्। उनले श्रवण यादव र स्वामीजी यादवलाई प्रयोग गरेका हुन्। योजना अनुसार उमाको हत्या गर्न स्वामीजीलाई साढे एक लाख रुपैयाँ दिने सहमति गराउन श्रवणको प्रमुख भूमिका थियो।

हेर्नुस् त, साढे एक लाख रुपैयाँका लागि कति विभत्स हत्या गरेका उनीहरुले। उमा सिंहको शरीर भरी खुकुरीले काटेका घाउ थिए। रक्तस्राव नरोकिएर छटपटाउँदै उमाले प्राण त्याग्नु परेको थियो।

प्रहरीले हत्यामा संलग्न भएको आशङ्कामा ललिता, श्रवण, नेमलाल, अभिषेक सिंह र विमलेश झालाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताएको छ।

 

श्रोत : माइ संसार डट कम

31
जन
09

“राज्यले बिर्सेका प्रथम सहिद”

– नरेश खपाङ्गीमगर

 

हुँदैन बिहान मिर्मिरे तार झरेर नगए बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए

सालिन्दा जबजब सहिद दिवसको सन्दर्भ उठ्छ कवि भूपि शेरचनका यी दुई पंक्ति निकै सम्भिइन्छन् । यसपटक सहिद दिवसमा धेरैले यी पंक्तिहरू स्मरण गरे । सहिदगेटमा राजा त्रिभुवनको नेतृत्वमा बसेका चार सहिदका सालिकमा श्रद्धाका फूल चढाइए । लैनचौरको सहिदस्तम्भ वर्षको एकपटक चिटिक्क पारियो । देशभर चार सहिदका ढलौटे सालिकहरूले गलामा माला भिर्न पाए । सप्ताह लामो यो उत्सवमा देशका प्रथम सहिद लखन थापामगरलाई भने कतै सम्भिइएन ।

जहानियाँ राणाशासनविरुद्ध पहिलोचोटि जनस्तरबाट संगठित विद्रोह गर्ने व्यक्ति थिए लखन थापामगर । विसं १८९१ मा गोरखाको बुङकोट काहुलेमा लखन थापामगर जन्मिएका थिए । बीस वर्षको उमेरमा लखन थापा पुरानो गोरख गण पल्टनमा भर्ती भए । पृथ्वीनारायण शाहले जातीय आधारमा खोलेका चार पल्टनमध्ये यो एक थियो । जसमा मगरहरूलाई मात्र भर्ती लिइन्थ्यो । लखन थापा भर्ती हुनुअगावै विसं १९०३ मा जंगबहादुर राणाले शासन हत्याइसकेका थिए । भर्ती भएपछि थापाले शासन प्रणाली बुुझ्दै गए । सन् १८५७ मा भारतीय सैनिकहरूले बेलायत अधीनस्त इस्ट इन्डिया कम्पनीविरुद्ध गरेको सैनिक विप्लव दबाउन जंगबहादुरले पठाएको सैनिक टोलीमा लखन थापा पनि सामेल थिए । डा. हर्षबहादुर बुढाका अनुसार त्यहीँबाट लखन थापामा राणाविरोधी र जनपक्षीय विचार निर्माण भएको थियो ।

कप्तान पदसम्म पुुगेका लखन थापाले विसं १९२७ मा जंगबहादुरविरुद्ध विद्रोह छेड्ने निष्कर्ष निकाल्दै सेनाबाट बिदा लिए । सहकर्मी जयसिंह चुमीमगरको सहयोगमा उनले गोरखाको बुुङकोट काउलेमा संगठन निर्माण गरे । हुकुमको जवाफ छैन कालको औषधि छैन भनिने जंगबहादुरको कठोर शासनकालमा लखन थापाले करिब दुुई हजार युुवा संगठित गरी धेरथोर हतियार पनि जम्मा गरेको इतिकासकार प्रमोदशमशेर राणाले गोरखा विद्रोहमा  लेखेका छन् । शिवलाल थापामगरले ओझेलमा परेका मगरहरू पुस्तकमा लखन थापाले काउलेमा जनश्रमदानबाट दरबार बनाएको र गोरखामा समानान्तर शासनको अभ्याससमेत गरेको उल्लेख गरेका छन् । यस्तैमा एकदिन उनले जंगबहादुरका विरुद्ध योजना बनाएका कागजातहरू उनको दरबारबाट चोरी

भयो र जंगबहादुरसम्म पुुग्यो ।

जंगबहादुरले आफ्नोविरुद्ध गतिविधि गरेको थाहा पाउनासाथ कान्छा भाइ धीरशमशेरको नेतृत्वमा देवीदत्त गणको सैन्यटोली गोरखा पठाए । लखन थापा र उनका सहयोगीहरू पक्राउ परे । उनीहरूलाई थापाथली ल्याइयो । जंगबहादुरले लखन थापा र उनका सहयोगीहरूलाई मनकामना मन्दिरअगाडि झुन्ड्याएर मार्न आदेश दिए । आदेश तामेल गर्दै विसं १९३३ फागुन २ गते उनलाई रूखमा झुुन्ड्याएर मारियो । अध्येता उमेश रानाका अनुसार उनीसहित अन्य जयसिंह चुमीलाई पनि रूखमा झुन्ड्याइयो भने चारजनालाई गोली हानेर मारियो । दुुई ब्राह्मणलाई भने मृत्युदण्ड दिइएन ।

विसं २००७ मा प्रजातन्त्र स्थापनापछि राणा शासनको उत्तरार्द्धमा मारिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मात्र सहिद घोषणा गरियो । लखन थापा जसले जहानियाँ शासनको जग बसाल्ने जंगबहादुरकै विरुद्ध विद्रोह गरे र मारिए उनलाई भने सहिद घोषणा गरिएन । निरन्तरको जनदबाबपछि बल्लबल्ल २०५६ मा मन्त्रिपरिषद्ले लखन थापालाई सहिद त घोषणा गर्‍यो तर प्रथम सहिद भन्न सकेन ।   

जब लखन थापामगरलाई प्रथम सहिद घोषणा गर्न दबाब बढ्छ लखन थापामगर थिए थिएनन् ? उनले विद्रोह गरेका हुन् होइनन् ? शहादत प्राप्त गरेका हुन्

होइनन् ? प्रश्नहरूको पर्रा उठाइन्छन् । लखन थापाका ’boutमा किंवदन्ती होइन ऐतिहासिक प्रमाणहरू प्रशस्त छन् । इतिहासकारहरूले उनका ’boutमा काफी कलम चलाएका छन् । उनको दरबारको भग्नावशेष अझै छ । उनका सन्तति अझै जीवित छन् । त्यसकारण लखन थापा थिए, थिएनन् भन्ने प्रश्न निरर्थक हो । खोज्ने हो भने आधार अझै बाक्लै छन् । करिब डेढ सय वर्ष पुरानो कुरा न हो । आखिर पौराणिक आधारमा त हामीले जनकलाई राष्ट्रिय विभूति र

सीतालाई राष्ट्रिय गौरव स्विकार्दै आएका छौं भने लखन थापालाई त प्रथम सहिद मान्ने थुप्रो प्रमाण छन् ।

सरकारले कि प्रथम सहिद अर्कै छन् भन्ने प्रमाण पेस गर्न सक्नुपर्‍यो होइन भने अहिलेसम्मको प्रमाणको आधारमा लखन थापामगरलाई प्रथम सहिद घोषणा गर्नुपर्‍यो । सरकारलाई शंका लाग्छ भने इतिहासकारहरू सम्मिलित अध्ययन टोली बनाएर थप खोजी गरोस् तर राणा शासनदेखि गणतन्त्रान्त्रिक शासनसम्ममा पनि सहिदलाई सम्मान दिन नसक्ने प्रवृत्तिको तुरुन्त अन्त्य गरियोस् । घरको कौसीमा जुुम्रा हेर्दाहेर्दै बितेका, आपराधिक क्रियाकलापमा  संलग्न

भएकाले यहाँ सहिदको सम्मान पाएका छन् । राज्यले उनीहरूको परिवारलाई १०/१० लाख सहयोग गरेको छ तर प्रथम सहिदले न सम्मान पाएका छन् न त सहयोग नै ।

 

श्रोत : कान्तिपुर अन्लाईन डट कम

31
जन
09

“केही मुक्तकहरु”

scan0009
– सुरज श्रेष्ठ

 

नसम्झनु थियो कसैलाई तर
तिम्रो याद बिना बाँच्न सकिन
नगास्नु थियो पिरितीको माला तर
एकल जीवनको युगमा बाँच्न सकिन
नमाग्नु थियो कसैको सहाहा तर 
तिम्रो माया र साथ बिना बाँच्न सकिन

 
रगतको नाता त एउटा साईनो मात्र हो
भावनाको नाता नै दिगो हुन्छ
भिन्दा भिन्दै कोखबाट जन्म भयो त के भो ?
असल मित्रताको बन्धन नै प्यारो हुन्छ ।

 

बशन्त ऋतु चाहिदैन मलाई
शिशिरको हावा भए हुन्छ
तिम्रो सुन्दर मुहार चाहिदैन मलाई
तिम्रो बोली बचन राम्रो भए हुन्छ
तिम्रो धन सम्पत्ति चाहिदैन मलाई
केवल पवित्र माया भए हुन्छ

31
जन
09

“केही मुक्तकहरु”

– सुरज श्रेष्ठ scan00021

 

हावा सरी उड्ने मेरो जीवन
कसैको प्रेममा अल्झी रहयो
यती नै रहेछ क्या रे मेरो जीवन
त्यसैले नै एकान्तमा हराइ गयो
सधैं भरी हाँसो खुशी रहने जीवन
किन प्रेम रुपी बाण दिलमा रोपी गयो

 
तिमीले मलाई सोध्ने गर्थ्यो
भावना के हो भनेर ?
म तिमीलाई जवाफ दिन्थ्यो
यो मायाको सागर हो भनेर
तिमीले मलाई काउकुती लगाउने गर्थ्यौ
जीवन के हो भनेर ?
म तिमीलाई जवाफ दिन्थे
तिम्रो र मेरो मिलन होला भनेर

31
जन
09

“सडक – THE ROAD”

– राजु राई
यो लेख मिती २०६५ माघ १७ गते लेखिएको हो ।

 

म एक दिन  मोतिगडाको बस प्रतिक्षालयमा बस कहिले आउला भनी बसको इन्तजारमा बसी रहेको थिए । मेरा अरु साथीहरु आफ्नै धुनमा गफ गरी रहेको थियो । त मलाई किन हो किन आज त्यति रौश थिएन जती हिजोका दिनमा थियो । अचानक मेरो आँखा आफु अगाडि भएको रोडको खाडल तिर ध्यानाकर्षण हुन पुग्यो । छाती भरि खाडलहरु बोकेको रोडलाई देखेर मैले खिस्स हास्न मन लाग्यो र हासे पनि । मलाई अचम्म लाग्यो जब म प्रति पनि त्यो रोडले खिसी गर्दै हास्यो । “किन हासेको नि ?” भनेर मैले रोडलाई सोधे । जवाफको सवाल दिनु त कहाँ हो कहाँ उल्टै मलाई प्रश्न तेर्साइ दियो । “तिमी चाँही म माथि किन हासेको नि ।” म अलि असामन्जस्यमा परे । खास त त्यो रोडको हबिगत देखेर हासेको थिए । त्यही पनि मैले वास्तबिक कुरा नै बताए । “तिम्रो यो अवस्था देखेर मैले आफ्नो हासोलाई रोक्न सकिन ।””यसमा हास्नु पर्ने कुरा नै के छ र ? कहिले तिमीले आफुलाई नियालेर हेरेको छौ ?” एक्कासी मेरो हासो रोकियो त्यो कुरा सुन्ना साथ । कता कता मुटु भित्र नै काँडाले घोचे जस्तो भयो । अनी मैले आफुलाई मजाले नियालेर हेरे – भित्री बाहिरी सबै चिरफार गर्न थाले । त्यति खेर मैले आफुलाई वास्तबिक रुपमा त्यो रोड जस्तै नै पाए । कही ब्यथा, कही बेदना अनी कती सपना र बिपनाको सही धरातल, सबै नै मैले राम्ररी मुल्याङ्कन गर्न थाले आफ्नो यथार्थ जीवनको ।

त्यति नै खेर एउटा भलादमीले मुखमा भएको पन प्याच्च त्यही नै थुकी दियो । मलाई त्यो रोडले टुलुटुलु हेरी रहयो । मैले उसको आँखामा हियर, उ त आँखा भरि पानीका थोपाहरु जमाइ रहेको थियो । उ माथि मलाई दया पलाएर आयो । अनी मलाई पान खाएर थुक्ने मान्छेलाई गाली गर्लौज गर्न मन लाग्यो, तर मैले गर्न सकिन किनकी उ पनि म जस्तै मान्छे थियो, जसलाई संसारको समाजदार् र बुद्धिमान मानिएको छ । उ भन्दै थियो “यी हेर संसारको सबै भन्दा बुद्धिमानी प्राणीहरुको बुद्धी यस्तो छ ।” मेरो मनमा कसिलो पेच पर्‍यो । आखिरमा म पनि त्यही बर्गमा पर्थे ।

“तिमीलाई मान्छेहरुको कुन कुन बानीहरु मन पर्दैन्?” मैले उसलाई सोधे । त्यति मात्रा के सोधेको थिए, नजिकै चिया पसले दिदीले एक बाल्टी फोहोर पानी फ्यात्त रोड तिर फ्याकी दियो । उसले आफुतिर नियालेर हेर्यो साथमा मलाई पनि ईशारा गर्दै आफ्नो छाती भरि फ्यालिएको फोहोर देखाउन थाल्यो । एकदमै नमिठो गन्ध आई रहेको थियो । मैले आफ्नो नाक खुम्चाउन थाले । त्यो देखेर रोडले म प्रति मुसुक्क हाँस्दै भन्यो “किन तिमीले आफ्नो नाक कुम्चाएको नि?” मैले नाक बन्दै भने “एकदमै नमिठो गन्ध आई रहेको छ, त्यसैले” “हो मलाई मान्छेको यस्तो किसिमको बानी मन पर्दैन ।” उसले के भन्न खोजेको हो मैले रामरी बुझे ।

मैले फेरी उसलाई सोधे “यो तिम्रो छाती भरि खाल्डा र खुल्डी छ, तिमीलाई यो देखेर पिर लाग्दैन ।” उ गललल हाँस्दै भन्यो “लाग्छ नि, तर लागेर केही फाईदा छैन । यहाँ कसलाई फुर्सद छ र हाम्रो मर्म सुन्ने?” निकै थाके जस्तो भयो रोड । मैले उसलाई पून: सोधे “तिमिलाई कस्तो मान्छे मन पर्दैन ?” त्यति नै खेर नजिकैबाट एउटा पल्सर बाईक निकै ठूलो आवाज गर्दै उ माथि गुड्यो । बाइकमा चड्ने मान्छे निकै सुटेड बुटेड थियो । त्यो देख्ने बितिक्कै रोडले त्यो मान्छे प्रति अन्कित गर्दै भन्यो “मलाई यस्तो मान्छे मन पर्दैन ।” म आश्चर्यमा परे उसको त्यो कुरा सुनेर र भने “किन नि ?” त्यो मान्छे शहरको एकदमै नाम चलेको ब्यक्तिहरु मध्येको एक थियो । अझ भन्ने हो भने त मेरो लागि त्यो मान्छे निकै आदरणीय थियो । “यही मान्छे हो, जसले मेरो यस्तो हबिगत बनाएको” मैले उसको कुराको सार नै पाउन सकिन “तिमी यो के भन्दै छौ । यो मान्छे त हाम्रो शहरको एकदमै गन्यमान्य मान्छे हो । तिमी कसरी यस्तो गर्न सक्छौ यो मान्छेको ’boutमा ।” त्यस पछि रोडले मलाई सबै ब्रितान्त सुनाए । कुरा के थियो भने उसको निर्माण कार्य हुँदा यो मान्छे नै ठेकेदार थियो रे अनि उसको निर्माण भएको ३ साल पनि भएको छैन, आज उसको हालत यस्तो छ । यस्तो कुरा सुनेर त्यो मान्छे प्रतिको मेरो हेराइको दृष्‍टिकोण पनि एकाएक फेरिएर आयो । अहिले म त्यो मान्छेलाई किन हो किन एकदमै घ्रिणाले हेर्न थाले ।

“हिजो सम्म यो के थियो र? केही पनि थिएन । बस एउटा गाउ थियो, अहिले सबैले यो ठाउलाई शहरको रुपमा हेर्न थालेको छ । बत्ती, बिजुली, सुबिधा सबै आएको छ । तर मेरो अवस्था हेर त ।” वास्तबमा उसको कुरा सही थियो । “तिमी आँफै भन त म कती दुखी छु । के तिमीले अनुमान लगाउन सक्छौ ? के यहाँको मान्छेहरुको कहिले दिमाग फिर्ने ?”

पर बाट बसको हर्नको आवाज आयो । मेरो सबै साथीहरु दौड्दै बस चड्न थालयो । मैले पनि त्यती खेर रोडसँग बिदा मागेर बस चाडन थालए । तर मेरो मन भरी अनेकौ सवालहरु डेरा जमाइ सकेको थियो, न त त्यसको मसँग कुनै जवाफ नै थियो न त कुनै उपाय् नै । म चुप चाप बस चढे । तर मैले त्यो रोडलाई झ्यालअबाट हेरी रहे । उसले पनि मलाई हेरी नै रहेको थियो ।

31
जन
09

“केही मुक्तक”

– मिलन आचार्य23

 
चिट्ठी लेख है तिमीले
म केही बर्ष नआएता पनि
मेरो माया नमार है तिमीले
म सात समुन्द्र पारी भए पनि

 

रगत नाता त साईनो मात्र हो
स्वच्छ मनको परिचय नै प्यारो हुन्छ
जन्मेको कोख बेग्ला बेग्लै भए पनि
प्रेमको नाता नै प्यारो हुन्छ

 
फुल टिपी पूजा गर्नु
इच्छाको देउतालाई
दोस्ती गर्नु धेरैसँग
प्रेम गर्नु एउटालाई

31
जन
09

“तिम्रो सम्झनामा”

– पर्शु राम राउत wwfuob807760-02

बिर्सन खोज्छु प्रिय !
तर याद आउछ घरिघरि
रात दिन घुमी रहन्छु प्रिय !
तिमी बस्ने वरिपरि

शिशिरको फूल देखेर उजाड नहुनु
बशन्त आउन बाँकी नै छ
माया टाढा भयो भनेर निरास नहुनु
मिलन हुन त बाँकी नै छ 

बेदना  मुटु भरी छ
कागजमा कोरु कसो गरी
आँसुमा डुबेको छ जीन्दगी
तिमीलाई टाढाबाट देखाउ कसरी

भुल्न नसकिने अतितहरु
हृदय भरी साची राखेको छु
क्षितिज पारीको एकान्तमा
तिम्रो सम्झनामा बाची रहेको छु

31
जन
09

“जिन्दगी”

-सुरेश लिम्बु       c5kyqr030058-021

                                                              
इच्छा र चाहनामा मात्र होइन आशा र भरोसामा बाचेको छ जीन्दगी
माया र बिश्वासमा अड्न पनि कहिले फूल कहिले काडामा बिलेको छ जीन्दगी
निराशामा बाच्दा पनि मिलनअको सुमधुर प्रती हासेको छ जीन्दगी
अभियानको दुनियाँमा अरुलाई हसाउदा हसाउदै पनि पछाडि रोएको छ जीन्दगी

29
जन
09

“फर्काइएका कामदारले राहत पाउने”

सरकारले विश्वव्यापी आर्थिक मन्दीका कारण एक वर्ष नपुग्दै विदेशमा जागिर गुमेर र्फकनुपरे उनीहरूलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ । विदेशमा काम गर्न गएको ६ महिना नपुग्दै कामबाट निकालेर फर्काइएकालाई तिरेको रकमको ४० प्रतिशत र एक वर्ष नपुग्दै फर्किएकालाई २५ प्रतिशत दिइन लागेको हो ।यो समस्यालाई लिएर श्रम तथा यातायात व्यवस्था मन्त्रालयमा बुधबार वैदेशिक रोजगार व्यवसायीसमेत संलग्न मन्त्रीस्तरीय बैठक बसी यस्तो निर्णय गरिएको हो । मन्त्रालयका प्रवक्ता हरिदत्त पाण्डेले यस’bout जानकारी दिँदै राहतमा खर्च हुने आधा रकम वैदेशिक रोजगार प्रवर्द्धन बोर्डअन्तर्गत कल्याणकारी कोषबाट र आधा सम्बन्धित मेनपावर कम्पनीले बेहोर्ने छन् ।’

सरकारले कामदार फर्किएको देशका

लागि तोकेको रकमलाई आधार बनाएर राहत प्रदान गर्ने छ ।

तर फर्किएर आएका व्यक्तिले मन्दीकै कारण जागिर गुमाएको प्रमाणित गर्नुपर्ने छ । ‘मन्दीकै कारण जागिर गुमाएको हो भन्ने कुरा दूतावास, नेपाली कन्सुलर वा रोजगारदाता कम्पनीमध्येबाट प्रमाणित हुनुपर्छ,’ प्रवक्ता पाण्डेले भने । यस्तो रकम फिर्ता गराइदिन आग्रह गर्दै श्रम विभाग तथा प्रहरी कार्यालयहरूमा निवेदन आउने क्रमसमेत बढिरहेको छ । तीन दिनअघिमात्र मलेसियाबाट ८२ कामदार करार अवधि पूरा नहुँदै फर्काइएका थिए । आर्थिक मन्दीका कारण विश्वभरि जागिर गुमाउनेको संख्या बढिरहँदा नेपाली कामदारका लागि दोस्रो ठूलो गन्तव्य रहेको मलेसियाले गत सातामात्रै विदेशी कामदार नल्याउने निर्णय गरेको छ ।

कामदार निकाल्दा विदेशीलाई पहिले निकाल्ने मलेसियाको निर्णयपछि नेपाली कामदार र्फकने सम्भावना बढेको छ । यसअघि मासिक ३५ सयभन्दा बढी नेपाली कामदार मलेसिया जाने गरेका थिए । विभागको तथ्यांकअनुसार मलेसियामा करिब चार लाख नेपाली छन् । व्यक्तिगत रूपमा जानेको संख्या पनि उल्लेख्य छ । यसरी जानेले पनि क्ष्ातिपूर्ति पाउनेछन् ।

सरकारले मन्दीका कारण जागिर गुमाएर फर्किएका हुन् कि होइनन् भन्ने अध्ययन गरी राहतका लागि सिफारिस गर्न तीन  सदस्यीय समितिसमेत गठन गरेको छ । समितिमा बोर्ड, परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधि रहने छन् ।

राहतमा लाग्ने ५० प्रतिशत रकम बेहोर्न मेनपावर कम्पनी पनि सहमत भएका छन् । ‘स्रोत र साधनले भ्याउन्जेल बोर्ड र व्यवसायीले राहत रकम प्रदान गर्नेछन्,’ वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष तिलक रानाभाटले भने ।

 

श्रोत : कान्तिपुर अन्लाईन डट कम

29
जन
09

“ज्योतिषहरु पनि आन्दोलनमा”

अहिले नेपालमा जो पनि आन्दोलनमा होमिने। आन्दोलन नगर्ने त नेपाली नै हैनन् कि भन्ने जस्तो भइसक्यो। एउटा वर्ग भने आन्दोलनमा उत्रिएको देखिएको/सुनिएको थिएन, अब उनीहरु पनि उत्रिएछन् है। हजुर, नेपालमा ज्योतिषहरु पनि अब आन्दोलनमा उत्रिएका छन्। के कारणले आन्दोलनमा उत्रिएका हुन् त ?

3233496257_ef9277686e

ज्योतिषहरु आन्दोलनमा उत्रनुको मुख्य कारण भने सरकारले गरेको यो निर्णय हो।

सरकारले गत पुस १६ गते गरेको निर्णयको विरोध गर्दै उनीहरुले संघर्ष थालेका हुन्। सरकारले नेपाल संवतलाई राष्ट्रिय मान्यता दिइसकेपछि इस्वी संवतलाई चलनचल्तीमा ल्याउने प्रस्तावलाई फिर्ता पठाएर विक्रम संवतको सुधारको प्रस्ताव पारित गरेको थियो। त्यसो त यो बहस यो सरकार गठन हुनुभन्दा पहिलेदेखि नै सुरु भएको थियो। हिन्दू परम्परामा आधारित रहेर सूर्यको गति अनुसार चल्ने विक्रम सम्वत् हजार वर्षभन्दा बढी समयदेखि मिलान नभएका कारण यो संवतको क्यालेन्डर क्यालेण्डरलाइ निकै दिन पछाडि परिरहेको भन्दै सुधार गर्नुपर्ने आवाज उठ्न थालेको थियो।

त्यही भएर यसअघिको सरकारले यस सम्बन्धमा छानबिन गर्न पर्व सुधार राष्ट्रिय कार्यदल (पछि कार्यान्वयन समिति) गठन गरेको थियो। यो समितिले विभिन्न गोष्ठी र सल्लाह गरी आफ्नो प्रतिवेदन यो सरकार समक्ष बुझाएको थियो। प्रतिवेदनमा चाडवाडहरु २३ दिन अघि सार्नुपर्ने सुझाव दिइएको छ। यसो गर्दा हरेक चाडवाड २३ दिन अघि सर्ने अनि २०६६ सालको पात्रोमा चैत महिना नै नहुने भन्ने खबरहरु आएका छन्।

किन त ?

प्रतिवेदन अनुसार पृथ्वीले २३.५ डिग्रीमा ढल्केर आफ्नो अक्षमा परिक्रमा गर्दा हरेक ७२ वर्षमा एक दिन थप हुने गर्छ। तर त्यस अनुसार विक्रम सम्वतको क्यालेण्डरलाइ बितेको १ हजार ६ सय ५६ वर्षसम्म कुनै परिमार्जन गरिएको छैन। त्यसैले विक्रम संवतको क्यालेण्डर २३ दिन पछाडि परेको छ। २ हजार १ सय ५० वर्षमा ऋतु एक महिना वर सर्छ । तर हामीले पुरानै मितिअनुसार पर्व मनाइरहेका छौं । हाम्रा पर्व ऋतुमा आधारित हुन्छन्। कार्यान्वयन समितिअन्तर्गत ज्योतिष, धार्मिक, वैदेशिक समन्वय र वैज्ञानिक उपसमिति गठन भएको छ। पञ्चाङ्ग निर्णायक समिति र सरोकारवालासँग परामर्शपछि संस्कृति मन्त्रालयले यसलाई कार्यान्वयनमा ल्याउनेछ।

विरोध
२०६६ सालको पात्रो ११ महिनाको मात्र हुने भनी भएको प्रचारको नेपाल ज्योतिषी परिषद्ले विरोध गरेको छ। उनीहरु भन्छन्, धार्मिक मान्यतालाई उथलपुथल पार्दै परम्परागत संस्कृति पहिचानलाई समेत नकारात्मक प्रभाव पार्ने खालको निर्णय नेपाल मात्रैले गरेर कहाँ हुन्छ र ? यसैको विरोधमा उनीहरुले संघर्ष समिति नै बनाएर आज राष्ट्रपतिको कार्यालय, शितल निवासमा प्रदर्शन गरेका हुन्। फोटोः रासस3233483377_df600cabe9

भदौमा दशैँ, कात्तिकमा बिहे हो त ?
सरकारले निर्णय गरिसकेको भए पनि यस विषयमा यस्तै हो भनी सार्वजनिक रुपमा केही भनिएको छैन। २३ दिन पर्वहरु अघि सरे पछि दशैँ भदौ महिनामा नै हुने खबरहरु पनि आएका हुन्। तर मेरो हातमा परेको सन् २००९ को क्यालेन्डर, जसमा विक्रम संवत् र विभिन्न चाडवाड पनि उल्लेख छ, त्यसमा भने दशैँ भदौ महिनामा हैन, असोज महिनामा नै लेखिएको छ।

हेर्नुस् क्यालेन्डर- यसमा ठूलो अंक तारिख हो भने सानोमा लेखिएको चाहिँ विक्रम संवतको गते हो। क्यालेन्डर हेर्न यहाँ क्लिक गर्नुस्

 

श्रोत : माइ संसार डट कम




उत्तम बिषयबस्तुहरु

क्यालेन्डर

जनवरी 2009
सो मं बु बि शु
 123
45678910
11121314151617
18192021222324
25262728293031

अहिले सम्म कति पल्ट हेरियो त?

  • 3,565 hits

Top Clicks

  • कुनै पनि होइन