Archive for जनवरी 27th, 2009

27
जन
09

“बाजेको आग्रह”

-गिरि श्रीस मगर
बुटवल, रुपन्देही
हालः दोहा, कतार

 

रगत नमिसिएको पानीले प्यास मेट्न देऊ
मर्नुअघि मलाई शान्त नेपाल यो देख्न देऊ 
 
बन्दुकबाट कहिलेसम्म भाग्ने छाडी घरबार
कब्जा भएको आफ्नो घरको दैलो टेक्न देऊ 
 
स्वजन सन्तान बेपत्ता छन् सपनाहरूसगै
तिनीहरूसग एकचोटि मलाई भेट्न देऊ 
 
बढिरहेछन् अभावमा आतंकका पाइलाहरू
मेरो गाउ बचाउन त्यो पाइला छेक्न देऊ 
 
जङ्गली कानुनमा बाचेकै हु यो उमेरसम्म
अब आफ्नो संविधान मलाई आफै लेख्न देऊ 
 
रगत नमिसिएको पानीले प्यास मेट्न देऊ 
मर्नुअघि मलाई शान्त नेपाल यो देख्न देऊ

27
जन
09

“फेरिंदैछ पासपोर्ट”

नेपालमा पासपोर्ट नबनाउने नागरिक र विदेश नपुग्ने घरधुरी कमै होलान्। विदेश जानुलाई प्रतिष्ठाको विषय ठान्ने नेपालीहरुको पासपोर्ट आगामी वर्षसन् २००९ देखि फेरिने भएको छ। परराष्ट्र मन्त्रालयले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) सन् २००९ को जुनपछि प्रचलनमा ल्याउने अन्तिम तयारी गरिरहेको छ। आतंङ्कककारी शक्तिहरुको खतरा बढ्दै गएपछि विकसित विश्वले एमआरपी प्रचलनमा ल्याएको हुन्। अध्यागमन एवं सुरक्षा अधिकारीहरुलाई एमआरपी बाहकको ’boutमा जानकारी पाउन सजिलो

तर, एमआरपी पासपोर्ट लागू गर्ने मिति नजिक आइरहेको समयमा परराष्ट्र मन्त्रालयले दश लाखप्रति पासपोर्ट छाप्न अनुमित समेत दिएको छ। यतिको ठूलो संख्यामा पासपोर्ट छाप्ने जिम्मेवारी कमै दिइने गरेको छ। अहिले छाप्न स्वीकृति दिएका पासपोर्ट मार्च भित्रमा प्राप्त गर्नेछ। मन्त्रालयको सचिव स्तरीय निर्णयले प्रति पासपोर्ट ८५ सेन्ट मूल्यमा पासपोर्ट छाप्ने जिम्मेवारी दिइएको छ । सरकारले आफ्ना नागरिकसँग भने प्रति पासपोर्ट ५ हजार असुल्ने गर्छ ।

अघिल्लो पटक टेन्डर पाएको थाईल्याण्डको कम्पनीबाट मन्त्रालयले एक लाख पासपोर्ट प्राप्त गर्न बाँकी नै छ। एमआरपी लागू भइसकेपछि अहिले छापेका पासपोर्ट प्रयोगमा आउने छैनन्। आगामी ६ महिनामा ११ लाख पासपोर्ट वितरण गर्ने परराष्ट्रको लक्ष्य हो कि छाप्न पाएको बेलामा केही मालामाल पनि गरिहाल्यौं भन्ने धेयले १० लाख पासपोर्ट एकै पटक छाप्न लगाइएको हो त्यो हेर्न भने केही समय कुर्नै पर्नेछ।
श्रोत : माइ संसार डट कम

27
जन
09

“Love Is Blind”

Once there was a blind girl, She used to hate every one except her Boy friend. She always used to say I’ll mary you, if I could see you. Suddenly some one donated eyes to that Girl and now she was able to see every thing. She was shock to see that her Boy Friend was also blind. Boy Friend asked will you marry me now? She simply refused & boy turn back with lot of tears by saying Just TAKE CARE OF MY EYES……………!

27
जन
09

ईतिहासमा मेटिएका पाइलाहरु”

-राजु राई
यो कबिता मिती २०५९ असार १३ गते लेखिएको हो । 

अनगिन्ती अक्षरहरुले पुरिएका
मेरा बिकासप्रेमी पाइलाहरु
त्यो जन्जिरको थुप्रोबाट उक्सन खोज्दै छ ।
त्यसको बदलामा
झन शिशिरको पतझड हावाले
अत्तरहरु निरन्तर ल्याइ दिने छ
त्यसको एउटा महान थुप्रो बन्ने छ
शायद त्यो अटलता र बिशालताको हुने छ ।
तर मेरा प्रगतिप्रेमी चाहनाहरु
उत्थानबादी रहरहरु खै! किन त्यही थुप्रोमा गुम्सदै छ
हजारौ प्रयासका बाबजुद पनि
मेरा ती बिकासप्रेमी दुई पाइलाहरुले
ताजा हावा लिन पाउने छैन
बिकासका सिर्जना देख्न पाउने छैन .
केवल उ पाइला चालु वा नचालुको बिडम्बनामा परी
टक्क अडिरहने छ, चुपचाप् सही रहने छ ।
अनि इतिहासका एउटा कतित पात्र बन्ने छ ।
जुन केवल किताबको पानामा सजिने छ
निर्जिब मूल्य सरी केवल निर्जिब मूल्य सरी ।

27
जन
09

“चितामा म त जली रहे”

-राजु राई
यो गजल मिती २०६१ कार्तिक १५ गते लेखिएको हो ।

 

फाटी गएको मन एक फेर टाली हेरे
हाँसोको निम्ति आँसु जती छिचोली रहे ।
 

जिउनुको निम्ति हाँसो जति सँगाली रहे
हाँसो त के आँसु नै साथी बनी रहे ।

अन्जान मै माया पनि उनी सँग लाई हेरे
मायाको साटो माया होइन ढोका पाइ रहे ।

 

हिंड्नु थियो यात्रा धेरै नशामा डुबी रहे
जिउने के कुरा गर्छौ? चितामा म जली रहे ।

27
जन
09

“यो गीत तिमीलाई”

-स्व पूर्ण बहादुर राई

यो गीत मेरो बुवाले २०४१ साउन १ गते लेख्नु भएको हो ।

 

मिलन घोटेर दबाइ लगाए
बिछोडको घाऊ छुटेन
अधर खोलेर मुस्कुराउन खोजे
यो दिलको दर्द लुकेन

चोट तिमीले मलाई दियौ
मैले मागेको थिइन
माया तिमीले अरुलाई थियौ
भैगो भनेको थिइन

यात्रा भरि साथ दिने छु
बाधा सबै सहन्छु
भन्थ्यो तिमी के भो भन
माया सबै म दिन्छु

यो दिल मेरो नजलाउ अब
आँफै जली सकेछु
भोलि भनी बाचा नबाँध
आजै मरी रहेछु

27
जन
09

“म बेहोशी”

-राजु राई

यो कबिता २०५८ मंसिर २२ गते लेखिएको हो ।

 

चितामा म जल्दा जल्दै
केवल खरानी बन्न बाँकी थिए
अपमान आत्मा, हत्या गर्ने दुस्साहस
अनि आकाँक्षाको धमिलो सपना बोकी
म त्यो शून्य क्षितिजमा एक्ली रहे
त्यस पछि आफुले आफुलाई नियाली हेरे
आफुले आफुलाई छामे
आफ्नो परिचय आँफैले मागे

नसा नसामा रक्तिम चाप गतिवान भएको म
उकुस मुकुस अवस्थामा प्रतिसोधले दन्किएको जलन म
ओफ्फ ! कस्तो तिरिस्क्रित घाइते म
आदि आदि भएको म
शायद आँफै तड्पिएको, आँफै छट्पटिएको
त्यसैले होला न मर्न सक्छु जीवनको सुखले
न जीउन सक्छु मनको दु:खले

आखिरमा यथार्थ के हो?
न कसैले बताइ दिन्छ
आखिरमा आँसु के हो ?
न कसैले पुछी दिन्छ
त्यसैले होला आँसुको सागरमा डुबी रहे
सुन्दर भबिष्य भन्थे
त्यो त कहिले भताभुङ् बनाइ सके

त्यही पनि बर्तमानलाई अँगाल्न खोज्छु
अतितका कालो बादल मडारिएर आउछ
स्वप्निल नयनमा सपना देख्छु
बिपनाको यथार्थले ब्युझाइ दिन्छ
अनि म आफुलाई शून्यतामा पाउछु
लाखौं लाख अमन चैनमा बाधिन थाल्छु
जीवनको यात्रामा हिड्दा हिड्दै एक्लो भएछु
झुल्किनै नपाई अस्ताउन पुगेछु
हास्न त हासी सकेछु
तर थाहा नपाई आसुँ झारेछु
बेहोशी त थिइन
तर होश त कहिल्यै गुमाइ सकेछु




उत्तम बिषयबस्तुहरु

क्यालेन्डर

जनवरी 2009
सो मं बु बि शु
 123
45678910
11121314151617
18192021222324
25262728293031

अहिले सम्म कति पल्ट हेरियो त?

  • 3,565 hits

Top Clicks

  • कुनै पनि होइन