Archive for जनवरी 28th, 2009

28
जन
09

“सेनालाई सरकारको आदेश पालना गर्न आग्रह”

रक्षामन्त्री रामबहादुर थापा बादलले नेपाली सेनाले सरकारको आदेशको पालना गर्नुपर्ने बताउनुभएको छ ।

 

संविधानसभाको राष्ट्रिय हित संरक्षण समितिको आजको बैठकमा उहाँले नयाँ सैन्य भर्ना प्रकि्रया स्थगित नभए सरकार कठोर कदम चाल्न बाध्य हुने चेतावनी दिदैं भन्नुभयो-आदेश दिने काम सरकारको हो आदेश उल्लङ्घन गर्न पाइँदैन । सरकारको आदेश पालना नगरे चिज अर्कै बन्छ ।

 

सैन्य भर्ना प्रकि्रया स्थगन गर्न रक्षा मन्त्रालयले निर्देशन दिइसकेकाले मन्त्रालयको निर्देशनलाई सेनाले पालना गर्नुपर्ने बताउँदै रक्षामन्त्री थापाले सेना भर्नाको विषयलाई उचालेर रक्षामन्त्री र प्रधानसेनापतिलाई जुधाउने प्रयास भइरहेकामा आपत्ति जनाउनुभयो ।

 

नेपाली सेनाका उच्च अधिकारीले सरकारको निर्देशन पालना गर्न तयार रहेको बताए पनि केही विषयमा सरकारी निर्देशन पालना नभएकामा रक्षामन्त्रीले आपत्ति प्रकट गर्नुभयो ।

 

उहाँले सेनाका लागि कानुनको नभई सेनाका उच्चअधिकारीमा विचार र प्रवृत्तिको समस्या रहेको स्पष्ट पार्दै नयाँ संविधानमा सेनालाई सामाजिक संरचनाअनुसार चल्ने व्यवस्था गर्न उपयुक्त हुने सुझाव दिनुभयो ।
श्रोत : नेपाली पोस्ट डट कम




उत्तम बिषयबस्तुहरु

क्यालेन्डर

जनवरी 2009
सो मं बु बि शु
 123
45678910
11121314151617
18192021222324
25262728293031

अहिले सम्म कति पल्ट हेरियो त?

  • 3,565 hits

Top Clicks

  • कुनै पनि होइन