Archive for जनवरी 26th, 2009

26
जन
09

कतारको अल्खोरमा नेपाली पुस्तकालयको स्थापना

dsc022051

रमेश गेलाल / कतारबाट ।

“समाज बिकाशमा प्रवासीको योगदान” नारा बोकेर बिगत सात बर्ष देखि सामाजिक सांस्कृतिक साहित्यिक र खेलकुद क्षेत्रमा आफ्ना गतिबिधी संचालन गर्दै आएको सन्ध्या ग्रुप अलखोर कतारले अंग्रेजी नयाँबर्ष २००९ को अवसर पारेर कतारको अलखोर स्थित सन्ध्या ग्रुपमा पुस्तकालय को स्थापना गरी नयाँ बर्ष बिशेष कार्यक्रमका वीच गत जनवरी १ विहीवार उद्दघाटन गरेको छ ।
ग्रुपका अध्यक्ष विरेन्द्र कुमार याक्थुम्वाको सभापतित्व तथा एन.आर.एन.ए कतार च्याप्टरका अध्यक्ष कमलमणी गुराँगाईको प्रमुख आतिथ्य एवं नेपाल कतार पत्रकार संघका महासचिव कुमार कार्कीको बिशेष आतिथ्यमा सन्ध्या ग्रुपको आयोजनामा ग्रुपको सभाहलमा सम्पन्न सो कार्यक्रममा सन्ध्या ग्रुपका संरक्षक बिष्णु केसी, संस्थापक अध्यक्ष सुरज तामाङ, ग्रुपका निवर्तमान अध्यक्ष धनेश्वर जीसी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरका इखालु रमेश, नवोदीत वाचनालयका राजेश प्रसाई, मुग्लानी सौगातका सनैया प्रतिनीधि भोजराज श्रेष्ठ, जनप्रगतिसील मच क्षेत्रिय इकाई अलखोरका सचिव डबल गिरी अलमिस्नादका सुभरभाइजर तिल बहादुर बुढाथोकी लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो । dsc02172
प्रमुख अतिथी गुराँगाई र ग्रुपका संरक्षक बिष्णु केसीद्धारा संयुक्त रुपमा उद्दघाटन गरिएको सो कार्यक्रम चिन्तामणी बि.क र नेत्र खनालद्धारा संयुक्त रुपमा संचालन गरिएको थियो भने सेलिङ केसीले स्वागत गर्नु भएको थियो । त्यस्तै ग्रुपका उपाध्यक्ष थर्चा लामा र खेलकुद अध्यक्ष हरिचन्द्र श्रेष्ठले ग्रुपको गतिबिधी र भावि कार्ययोजना’bout जानाकारी गराउनु भएको थियो । ग्रुपको सो कदमको प्रसंसा गदै कार्यक्रमका प्रमुख अतिथि गुराँगाईले उपस्थीत सबैलाई नयाँ बर्षको शुभकामना प्रदान गर्नु भयो । त्यसैगरि आफ्नो व्यक्तिगत तर्फबाट पुस्तकालयलाई राष्ट्रिय स्तरका दश पुस्तकका साथै कतारबाट प्रकाशित राजधानी अन्तर्राष्ट्रिय साप्ताहिक र कान्तिपुर प्रवास साप्ताहिक एक बर्ष सम्मका निम्ति उपलब्ध गराउनुको साथै भावि दिनमा समेत ग्रुपलाई आफ्नो व्यक्तिगत तथा एन.आर.एन.ए कतारको तर्फबाट सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । त्यसैगरि, कार्यक्रममा नयाँ बर्षको शुभकामना दिदै संरक्षक बिष्णु केसीले पुस्तकालयमा प्रवास तथा नेपालबाट प्रकाशित नेपाली पत्रपत्रिका अनि बिबिध बिधाका नयाँ तथा पुराना पुस्तकहरुको उपलव्धता रहने जानाकारी दिदै पुस्तकालयका निश्चित नियम र शर्त भित्र रहेर सदस्यता प्राप्त गरि सुबिधा लिन सकिने बताउनु भयो । साथै यसको बिकाशमा सबैलाई सहयोग गर्न आग्रह समेत गर्नु भयो ।
dsc02159
त्यसैगरि कार्यक्रमका अर्का सहभागी इखालु रमेशले अनेसासका तर्फबाट साहित्यदीप र ऐक्यबद्धता मासिकका तर्फबाट ऐक्यवद्धता मासिक एक बर्षसम्मका निम्ति पुस्तकालयलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भयो भने सेलिङ केसीले सोहि कार्यक्रममा नै केहि पुस्तकहरु प्रदान गर्नु भएको थियो । त्यसैगरि सो कार्यक्रममा कुमार कार्की, धनेश्वर जीसी, राजेश प्रसाई, तिल ब. बुढाथोकी, डबल गिरी लगायतका बक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा कवि तथा गजलकारहरुले उल्लेख्य रुपमा रचना वाचन गरेका थिए भने साहित्यवाचनले कार्यक्रमलाई साहित्यमय बनाएको थियो । त्यस्तै सभापति याक्थुम्वाले सबैको सहयोग र साथले नै सन्ध्या ग्रुपले आज आफ्ना गतिबिधीहरुका बिच पुस्तकालय स्थापना गर्न सकिएको बताउँदै सबैमा नयाँ बर्षको शुभकामना तथा धन्यवाद ज्ञापन गर्नु भयो ।

श्रोत : इखालु साहित्य चौतारी

26
जन
09

त्रिविमै पढाइन्छ- बुद्ध भारतमा जन्मेका हुन्

बुद्ध भारतमा जन्मिएका भनेर एउटा संवाद राखिएको हिन्दी फिल्मी ‘चाँदनी चोक टु चाइना’लाई सरकारले प्रदर्शनका लागि प्रतिबन्धित गरेका वेला हाम्रै पाठ्यक्रममा ‘बुद्ध भारतमा जन्मेको’ लेखिएको फेला परेको छ ।
त्रिभुवन विश्वविद्यालयको एक पाठ्यक्रममा समेत बकाइदा ‘बुद्ध भारतमा जन्मेको’ उल्लेख छ ।

त्रिविको स्नातकोत्तर तह दोस्रो वर्षको अंग्रेजी विषयमा पढाइ हुने पाठ्यपुस्तक हिस्ट्री अफ नलेजको पेज नम्बर २१ मा लेखिएको छ- Siddhartha Gautama, the Buddha (Enlightned One), had been born about 563 bc to a princely family of northern India. (सिद्धार्थ गौतम, बुद्ध ५६३ तिर उत्तरी भारतको एउटा खानदानी परिवारमा जन्मेका थिए) ।

चाल्र्स भ्यान डोरेनद्वारा लिखित हिस्ट्री अफ नलेज नामक सो पुस्तक ०५६ सालमा पाठ्यक्रम परिवर्तन भएयता त्रिविअन्तर्गतका स्नातकोत्तर तहमा पढाइँदै आइएको छ । त्रिवि केन्द्रीय क्याम्पसमा अध्ययनरत विद्यार्थीले गौतम बुद्ध नेपालमा जन्मेको तथ्य’bout कुरा उठाउँदा शिक्षकहरूले बेवास्ता गर्ने गरेको गुनासो गरे । स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत नारायण संगमले भने, ‘हामीले तथ्यलाई बंग्याइएको भनी क्लासमै प्रश्न उठायौँ, तर कसैले वास्ता गर्दैनन् ।’

नेपालको कपिलवस्तुमा जन्मेका बुद्धलाई ‘भारतीय’ बनाइएको पाठ्यक्रम नेपाली विद्यार्थीलाई १० वर्षदेखि पढाइँदै छ । तथ्य बिगारेर संवाद राखिएको हिन्दी चलचित्र ‘चाँदनीचोक टु चाइना’का विरुद्ध सडकमा उत्रेका विद्यार्थी संगठनहरूले समेत आफ्नै विश्वविद्यालयले त्यही ‘अफवाह’ पढाइरहेकोप्रति भने अनभिज्ञता व्यक्त गरेका छन् ।

करिब १० वर्षअघि अभि सुवेदी अंग्रेजी विषयको विभागप्रमुख हुँदा पाठ्यक्रम परिवर्तन गरिएको थियो । त्यसपछि अन्य पाठ्यपुस्तक परिवर्तन गरिए पनि चाल्र्स भ्यानको हिस्ट्री अफ नलेज परिवर्तन गरिएको छैन ।
त्रिवि अंग्रेजी केन्द्रीय विभागप्रमुख डा. कृष्णचन्द्र शर्माले स्नातकोत्तर तहको पाठ्यपुस्तकमा गौतम बुद्ध भारतमा जन्मेको उल्लेख भएको विषयमा आफूलाई जानकारी नै नभएको बताए । ‘विद्यार्थीलाई पाठ्यपुस्तकको हरेक हरफ नपढाउने भएकोले त्यो कुरा मैले थाहा पाएको छैन,’ शर्माले भने, ‘त्यस्तो छ भने पाठ्यक्रमबाट हटाउँछौँ ।’

तत्कालीन अंग्रेजी विषयका विभागप्रमुख अभि सुवेदीले पनि पाठ्यक्रममा गौतम बुद्ध भारतमा जन्मेको भनी उल्लेख भएको कुरा आफूलाई सम्झना नभएको बताए । ‘त्यतिवेलाको कुरा अहिले सम्झना भएन,’ सुवेदीले प्रतिक्रिया दिए ।
अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेले नेपालकै पाठ्यक्रममा बुद्ध उत्तरी भारतमा जन्मेका हुन् भन्ने उल्लेख हुनु गम्भीर विषय भएको बताए । ‘यो खराब कुरालाई प्राथमिकताका साथ उठाउनुपर्छ,’ उनले भने, ‘बुद्ध नेपालमा जन्मेको कुरालाई असत्य बनाएर हस्तक्षेप गर्ने कुरा असह्य छ ।’

नेपाल विद्यार्थी संघका अध्यक्ष प्रदीप पौडेलले त्रिविको पाठ्यक्रममा बुद्धसम्बन्धी समेटिएको सामग्री’bout आफूलाई जानकारी नभएको बताए । उनले यसले राष्ट्रियता र त्रिविको शैक्षिक अवस्थाको स्पष्ट चित्रण गरेको प्रतिक्रिया दिए । अध्यक्ष पौडेलले भने, ‘लामो समयसम्म यस्ता कुरा बाहिर नआउनु र पढाउनेले पनि ध्यान नपुर्‍याएको देख्दा अचम्म लाग्यो ।’

source:pabitra.wordpress.com

26
जन
09

“अचम्मको बच्चा”

चार वटा, चार वटा गोदा अनी दुई वटा लिङ भएको अनौठो बच्चा गत हप्ता रामेछाप जिल्लाको बेताली गाबिसको वडा न २ की जमुना घिमिरेले जन्म दिएको खबर फैलिए पछी ’roundका मान्छेहरु सो बच्चा हेर्न आउन थालेको छन ।

अचम्मको बच्चा

अचम्मको बच्चा

अचम्मको बच्चा

sources: www.mysansar.com

26
जन
09

“पारिवारिक तस्बीरहरु”

मामली हजुर बुवा र हजुर आमा

मामली हजुर बुवा र हजुर आमा

बुवा, ममी, म र बहिनी

बुवा, ममी, म र बहिनी

म राजु राई

म राजु राई

मेरो बहिनी

मेरो बहिनी

मेरो माइलो भाई

मेरो माइलो ठ??ई

मेरो कान्छो भाई

मेरो कान्छो ठ??ई

मेरो भान्जी

मेरो ठ??न्जी

 

26
जन
09

“फेरी तिम्रो याद आयो!”

– राजु राई
यो कथा म कालेज छदा नै २०५८ मा लेखिएको हो ।

 

 

 

 

 

पूर्णिमाको रात भए पनि तर खासै उल्लासपन छैन – त्यो रात किनकी त्यस पुर्णिमाको रातलाई कालो मेघले आफ्नो बशमा पारी सकेको छ । त्यसैले यो पूर्णिमाको रात औसीको त्यो कालो रात भन्दा केही फरक देखिएको छैन । शायद त्यसैले होला आज म आफ्नो कोठामा एउटा सानो टुकी बाल्ने प्रयास गर्दै यो पूर्णिमाको कालो रातमा उल्लास र उमङ खोज्दै छु, जुन उल्लास सदाको पूर्णिमाको रातमा पाइने गर्दथ्यो ।

 

, राजु, बिगत २० बर्ष देखी अनकन्टार अनि दुर्ज्जन एउटा सानो घरमा एक्लै बस्दै आएको छु । मलाई बुढ्यौलीले छोइ सकेको छ । लगभग ५० बर्षको बुढ्यौलीमा म हिडदै छु । तथापि म अहिले सम्म अविवाहित नै छु । म अविवाहित रहनुको पछाडि एउटा लामो कथा रहेको छ  । जसलाई मैले भित्री हृदय देखी नै चाहन्थे, उनी अरु कसैमा समर्पित भै सकेको थिइन । त्यसैले मैले प्रेममा त्याग अर्पण गर्दै म माया, प्रेमबाट अलग्गिएर शहरबाट् धेरै टाढा बस्दै आईरहेको छु । हुन त मलाई मेरो परीवारबाट विवाह गर्नु पर्छ भनेर दबाब नआएको पनि पक्कै होइन, तर म कसैसँग पनि विवाहको कल्पना सेमत गर्न चाहन्न थे – सिवाय श्वेता ।

 

श्वेता” हो श्वेता हो उनको नाम, जसलाई म चाहन्थे, जसलाई म आफ्नो बनाउन चाहन्थे । तर मेरो दुर्भाग्य, मैले उनलाई आफ्नो बनाउन सकिन । म उनको लागि जे पनि गर्न तयार हुन्थे । म उनलाई आफ्नो बनाउन सब कुछ सक्थे । तर उनले अरु कसैलाई चाहन्थ्यो । श्वेताले मेरो साथी प्रकाशलाई चाहन्थ्यो । मैले उनीहरुको बीचमा कहिले पनि खलल पुर्याउने कोसिश गरिन । आखिरमा दुबै मेरो मिल्ने मित्र थियो ।

 

तर श्वेताले पनि यो संसारलाई अल्बिदा गरेको आज २० साल भै सकेको छ । शायद श्वेता सबैको प्यारो थियो होला । त्यसैले होला माथि भगवानले पनि उनलाई तपक्कै टिपेर लाग्यो । यसरी मायाबाट धोका पाएको म घायल आज भिन्नै सँसारमा आई पुगेको छु ।

 

आज रात नपरेको त् होइन । झमक्कै रात परि सकेको छ । तर मलाई अझै सम्म निद्राले छोएको छैन । बली रहेको टुकीलाई म एकोहोरोपाराले हेरी रहेको छु । बाहिर सन्नाटा शून्यता सिवाय केही पनि छैन । अझ त्यो ठाउँ अनकन्टार, झ्याउकिरीहरुको गाईगुइले त्यो सुन्यतालाई झन कहाली लाग्दो बनाउदै  गै रहेको छ ।

 

म यो रात एक्लो छु तर साथमा टुकीको धिपधिपे उज्यालो भएकोले यस एकान्तमा पनि मलाई एक्लो महशुस भएको छैन । रात क्रमश: छिप्पिदै गै रहेको छ । आकाशमा   गड्याङ्गुडुङ र बिजुलीको चम्काइले रात अझ डर लाग्दो हुँदै गै रहेको छ । बाहिर मन्द हावाले पनि तीब्रता साथ आफ्नो गति परिवर्तन गर्दै छ । शायद निकै ठूलो पानी पर्न लागेको छ आजको रात । बाहिर झै कोठा भित्र मेरो वरिपरिका बातावरण पनि बिस्तारै परिवर्तन हुँदै छ । तीब्र हावाले गर्द झ्याल र ढोका हल्लिएको प्रष्ट आवाज आई रहेको छ । तर म अडिग रुपमा बश बलिरहेको टुकीलाई हेरी रहेको छु । ममा कुनै भिन्नता आएको छैन – पहिलेको अवस्था र अहिलेको अवस्थामा । केवल बिगतका केही यादहरुलाई मस्तिष्कमा राखी ताजा गर्ने कोशीस गरी रहेको छु ।

 

राजु” अब म धेरै समयसम्म आफ्नो यो जुनीलाई टिकाउन सक्छु जस्तो लागेको छैन । त्यसैले मेरो छोरीको तिमी संरक्षक बनी देउ । केवल संरक्षक । प्लिज मलाई तिमी बचन् देउ कि तिमीले मेरो छोरीलाई आफ्नो सन्तान जस्तै राख्ने छौ ।” मधुरो आवाज बन्द हुन्छ ।

 

श्वेता” जोडले म चिच्याउन पुग्छु । निकै लामो समयसम्म त्यो आवाज गुन्जी रहयो । अनि मैले आफ्नो शरीर तिर नियालेर हेरे । मेरो अनुहार चिटचिट पसिनै पसिना छ । मेरो सास लामो लामो गरेर चलि रहेको छ । tab मेरो मलाई थाहा हुन पुग्छ कि मेरो शरीर पसिनाले भिजि सकेको रहेछ ।

 

बिगतको यादले म आघात भै रहेको छु । म आँफैले आफुलाई नै धिक्कार्न थाल्छु ।

 

श्वेता ले दिएको बाचान पनि मैले पुरा गर्न सकिन । “ओफ्फ म कस्तो कायर” मनमनै आँफैलाई सरापी रहेको छु । यो संसारलाइ अलबिदा गर्ने समयमा दिएको श्वेताको इच्छा पनि मैले पुरा गर्न सकिन । मलाई श्वेताको आत्माले शायद सधैं श्राप दिने छ होला ।

 

आज म सँग न श्वेता छ न श्वेताको छोरी जसको निम्ति मैले आफ्नो सन्तान भन्दा पनि बढी माया गर्ने बाचा गरेको थिए । तर म सँग आज श्वेताको याद सिवाय केही पनि छैन । आज मलाई यो पनि थाहा छैन कि श्वेताको छोरी कत्री भइन, कस्ती भइन ?

 

मध्य रात भै सकेको छ । बाहिर जोडका साथ बतास चलिरहेको छ । बाहिर पानी पारीरहेको प्रष्टै आवाज आईरहेको छ । झ्याल र ढोका हावाको कारणले गर्दा कराउन छोडेको छैन । मेरो ध्यान केही छिन् झ्याल र ढोका तर्फ केन्द्रित गरे । अनी म ढोका र झ्याल थुन्न तिर लागे । जाडो निकै बढी सकेको छ । क्रमश: मलाई पनि जाडो लाग्दै गयो । अनि म आफ्नो ओछयान तर्फ लाग्न सुर कसे ।

 

ढकढक” अचानक बहिर बाट आवाज आयो ।

 

शायद हावाले जोडतोडका साथ ढोका हल्लाउन थालेछ जस्तो लाग्यो । त्यही भएर पनि मैले त्यो आवाजलाई त्यती ध्यान दिन उपयुक्त मानिन् ।

 

ढकढक” फेरी ढोका ढकढकाएको आवाज आयो । मैले फेरी पनि त्यती ध्यान दिन चाहिन ।

 

भित्र को हुनु हुन्छ ?” कुनै छोरी मान्छेको आवाज आयो यो पटक चाँही । यस पटक भने ढोकाको ढकढकाइको आवाजको साथमा छोरी मान्छेको पनि आवाज आउँदा म आश्चर्यचकित भए ।

 

यस्तो निर्ज्जन ठाउमा कसरी मनिसहरु ?” मनमनै आँफैलाई प्रश्न गरे पनि ।

 

केही नराम्रो बिचार  पनि आउन थाल्यो । “बाहिरका मानिसहरु को हुन सक्छ ? यती मध्य रातमा, त्यही पनि यस्तो सुनसान ठाउमा घरको ढोका ढकढकाउने को होला ? कतै यिनीहरु ?” मैले अगाडि बढाइ सकेको पाइला पनि टक्क अडियो ।  “हैन, हैन त्यस्तो हुन सक्दैन । बाहिरका मानिसहरु को हुन ? राम्रा हुन या नराम्रा ?” त्यो आँफैमा प्रश्न चिन्ह थियो ।

 

बाहिर को हुनु हुन्छ ?” धेरै बेर सम्म सोचेर मैले कोठा भित्रैबाट प्रश्न गरे ।

 

हामी परदेशी “  त्यस पछि बाहिरबाट पनि कुनै स्पष्ट उत्तर आउन सकेन । तर म त्यो जवाफले मात्र सन्तुस्ट हुन सकिन । त्यसैले मैले ’emको ’boutमा अरु जान्न चाहे ।

 

के भनेर आफ्नो परिचय दिने त ? ’em निकै सामनजस्यमा परे । बाहिरका मानिसहरु यहाँका हरेक बस्तुहरुसँग अपरिचित छन ।

 

पहिले हामीलाई ढोका त खोली दिनु होस् । त्यस पछि हामी तपाईंलाई भित्र नै सबै कुरा बताउला ।” बाहिरबाट फेरी छोरी मान्छेको आवाज आयो ।

 

विश्वाश गर्न लायक त कुरो होइन तर पनि मलाई त्यो बोलीमा कता कता आत्मियपन भएको आभाष मिलिरहेको जस्तो लाग्यो । त्यही पनि मैले कड्केर उनीहरुलाई भने “यती रात न बिरात अर्काको घरको ढोका ढकढकाउने को हो? जाऔ, अरु अन्तै ?”

 

शायद बाहिरका मान्छेहरु खिन्न भए होलान मेरो जवाफ सुनेर । पून: एक पटक फेरी आवाज आयो “हेर्नोस, तपाईंले हामीलाई शायद गलत रुपमा लिनु भयो होला ।

 

मलाई त्यो आवाजले खिचिरहेको रहेको छ । कहाँ कहाँ सुनेको जस्तो आवाज लागि रहेको छ त्यो आवाज ।

 

हामी धेरै टाढाबाट यहाँ आई पुगेका छौ । हामीले आफ्नो परिचय दिदा पनि शायद तपाईंले हामीलाई चिन्नु हुन्न । हामी यो ठाउको लागि बिल्कुलै अपरिचित छौ । खै तपाईंलाई कसरी हामीले आफ्नो परिचय दिने र ? तर तपाईंले हाम्रो यो मजबुरीलाई गलत रुपमा परिभाषित् गर्नु भयो । तर एक पटक सोच्नु त, यहाँ बाट हामी कहाँ जाने ?”

 

त्यति खेर मेरो दिमागमा धेरै ठुलो झटका लाग्न पुगेछ । “ओहो मैले ठुलो गल्ती गरेछु ।त्यो ठाउमा मेरो घर सिबाय् अरु घर नै त्यति थिएन । केवल  त्यो ठाउँ निर्ज्जन मात्र छ । त्यस पछि मैले घरको ढोका खोली दिनु पर्‍यो भनेर बली रहेको टुकी हातमा लिएर ढोका छेउ तर्फ लाग्छु ।

 

मैले ढोका उघारी दिए ।

 

घर्याक” ढोका खोल्दा आवाज आयो । बाहिर हुरी बतास चलि रहेको छ । ढोका खोल्न पुग्दा बाहिरको हावा एकै साथ हावाको भित्र पस्यो । हावाले मेरो हातमा भएको टुकी पनि निभाइ दियो । जसले गर्दा कोठामा अन्धकार छाउन् पुग्यो । न त मैले बाहिर भएको मान्छेहरु ठम्याउन सके न त ’emले नै मलाई । केवल ’emको शरीरको आक्रिती सिबाय् मैले केही पनि ठम्याउन सकिन ।

 

अहिले हामी सबै जना कोठा भित्र छौ । उज्यालो नभएकोले गर्दा कोठामा अन्धकार मात्र छ । कसैले कसैलाई देखी रहेको छैन । अन्धधुन्ध अन्सारले हामी कोठा भित्र छौ । मैले टुकी बाल्ने कोशीश गरे । तर मैले राखेको ठाउमा सलाई भेट्न सकिन । अन्धकारमा सलाई खोज्दा सामनहरु खत्राक खुत्रुक झरेको आवाज आई रहेको छ । त्यतिकै ’em मध्ये छोरा मान्छेले सलाई आफुसँग भएको कुरा गर्‍यो । उसले आफ्नो गोजीबाट सलाई निकाल्यो र बाल्यो ।

 

सलाईको हल्का अनी मधुरो प्रकाश ती युवतीको अनुहार वरिपरि घुमी रहन पुग्यो । “स्वेता” मैले ती युवतीलाई देख्ने बितिकै मेरो मुखबाट आँफै यो नाम उच्चारहण हुन पुग्यो । म चकित परे । ’emले पनि मलाई हेरी रहे अचम्म मानेर ।

 

मेरो सामु श्वेता उभी रहेको थिइन । “श्वेता ! यो हुन सक्दैन । अँह मेरो समु उभिएको श्वेता हुन सक्दैन । श्वेता त हामी सबैलाई छोडेर गएको आज २० बर्ष भै सकेको छ ।” मैले त्यो युवतीलाई हेरी नै रहेको छु ।

 

म श्वेता होइन, शितल हुँ ।” म झस्किन पुगे उनको त्यो जवाफ सुनेर । अनी म आफुलाई सम्हाल्ने प्रयास गर्छु । “होइन, होइन । मैले यो के गर्न लागि रहेको छु । अँह मैले २० बर्ष देखि बिर्सन खोजेको त्यो घटनालाई पून: जन्माउनु हुँदैन । जसरी भए पनि मैले यो कुरालाई यही नै दबाउनु पर्छ । अन्यथा मेरो यो एक्लोपन र एकान्तपनको कुनै औचित्य नै रहदैन ।

 

बाबा” ती युवतीले मेरो काधमा हात राख्दै मलाई बोलाइन ।

 

बाबा ! तपाईंलाई के भयो ? तपाईं त एकदमै मौन भएर बस्नु भयो नि त ? के तपाईंलाई मेरो कुरा मन परेन र ?” मिठो बोलीमा त्यस युवतीले बोलिन । उनको जवाफमा मैले केवल “होइन, होइन” भन्दै उत्तर दिए ।

 

तर बाबा

 

मेरो मनमा चिसो पस्यो । “तपाईंले मलाई देख्ने बितिकै के नामले बोलाउनु भएको थियो ।” शितलले सोधिन ।

 

युवकले भन्यो “श्वेता” पून: युवतीले भनिन “हो, श्वेता । किन बाबा मलाई तपाईंले यो नामबाट बोलाउनु भयो ?” मलाई शितलको आवाजले खै किन हो त्यो २० साल देखि दबिएको कथा तिर खिची रहेको छ, मलाई पनि थाहा हुन सकेन । मैले उनको त्यो जवाफमा केही पनि भन्न सकिन । मेरो मन भित्र आज भन्दा २० साल अगाडिको एउटा कहिले नमेटिने घाऊ दबिएको छ । शितलको अनुरोधमा मैले त्यो घाउलाई फेरी कोट्याउन गै रहेको छु ।

 

आज भन्दा २५ बर्ष अघिको कुरा हो । जती खेर म कालेजको बिद्यार्थी थिए । त्यति खेर म पनि २०-२२ बर्षको अल्लारे केटो नै थिए । कालेजको म जेहेन्दार बिद्यार्थीहरु मध्ये एक थिए । कालेजमा मेरो आफ्नै स्थान थियो । म प्राय् सबै सँग मिल्ने पनि गर्थे ।

 

कलेजमा भर्खर मात्र नयाँ शैक्षिक सत्र खुलेको थियो । त्यही भएर होला नयाँ नयाँ बिधार्थीहरुको चाहलपहल निकै नै देखिन्थ्यो । एक दिन हाम्रो क्लास खाली थियो । हामी थुप्रै साथीहरु मिलेर बेन्चमा बसेर गफ गरी रहेको थियौ । त्यतिकैमा एक जना नयाँ युवतीको क्लास भित्र आगमन भयो । क्लासमा भएको सबैले उनलाई मात्र हेरी रहे – तल देखी माथि सम्म । कतिले उ प्रति हाँसे पनि । त्यस युवती शिर देखि पाउ सम्म गाउले पहिरनमा आइकी थिइन । उनी सरासर एउटा खाली बेन्चमा गएर बसिन । शायद उसलाई पनि केही अपठ्यारो महशुस भयो होला । त्यसैले कसैसँग पनि बोल्ने हिम्मत गरिनन । सबै जना उनलाई देखेर मुसुमुसु हांसी रहेको थिए । तर मलाई मेरो साथीहरुको त्यो कृयाकलाप कत्ती पनि मन परेन । मलाई उ प्रती हास्न मन लागेन । बरु सहानुभुति पलाएर आयो । मैले मेरा सबै साथीहरुलाई सम्झाउन थाले । अनी सबै जना चुप लगेर बस्न थाले । त्यती खेर सम्मा त्यो युवति रातो पिरो भै सकेको थियो । शायद त्यही भएर होला उनी सरासर कसै सँग पनि नबोली बाहिर फुत्त निस्किन । मलाई अघि देखी नै खल्लो लागि रहेको थियो । झन अहिले त अती नै खल्लो लागेर आयो । त्यस पछि म पनि त्यही युवतीलाई नै पछ्याउन् लागे । त्यस युवती निकै नै पर पुगी सकेको थिइन । मैले उनलाई रोक्ने प्रयास गरे ।

 

सुन्नुस् त !”

 

निकै पर पुगे पछि  उनी रोकिन मेरो आवाज सुनेर । तर उनले पछाडि फर्किने कोशीस गरिन । अनी म आँफै उनको अगाडि गए । उनी रोइ रहेकी थिइन । उनको आँखाबाट आसुँ बगी रहेको थियो । उनीसँग बोल्न त अली अपठ्यारो लागि रहेको थियो । त्यही पनि मैले उनीसँग बोल्ने हिम्मत जुटाए ।

 

किन तपाईं त्यसरी क्लासबाट बाहिर निस्किनु भएको ?”

 

तर प्रतिबादमा उनी केही पनि बोलिनन । मैले उनलाई केही सम्झाउने प्रयास गर्दै भने । “तपाइले त्यसो गर्नु हुन्न थियो । त्यसले गर्दा तपाईंलाई मेरा साथीहरुले हेर्ने दृष्‍टिकोण झन नराम्रो भएको छ । मेरा साथीहरुले तपाईं प्रति जस्तो व्यबहार गर्‍यो, त्यस्को लागि म तपाईंसँग क्षमाप्राथी माग्दछु । 

 

 

बल्ल उनी केही मात्रामा भए पनि मुस्कुराइन । मलाई केही खुशी लाग्यो । मलाई उनको नाम सोध्ने मनसाय लाग्यो ।

 

तपाइ रिसाउनु हुन्न भने के मैले तपाईंको नाम थाहा पाउन सक्छु ?”

 

उनले लजाउदै भनिन “दिल कुमारी

 

त्यस पछि दिल कुमारी अगाडि बढन थालिन । मैले उनलाई फेरी बोलाए । “अँ सुन्नुस् त । ” मेरो आवाज सुन्ने बित्तिकै दिल कुमारी फरक्क फर्किन । “म तपाईंलाई एउटा सल्लाह दिन्छु । के तपाईं मेरो सल्लाह स्विकार्नु हुन्छ ?”

 

तर उनले केही पनि जवाफ थिइन । उनको त्यो कृयाकलापअबाट मैले भन्न लागेको कुरा पनि भन्नमा अली अपठ्यारो लाग्न थालयो । त्यही पनि अपठ्यारो मान्दै भने ।

 

यदी तपाईं आजको जस्तो दिन भोलि पनि होस् भनेर चाहनु हुन्न भने प्लिज आफ्नो यो पोशाकलाई अली चेन्ज गरेर आउनु होला । नत्र अरुले पनि तपाईंलाई आज जस्तै गिल्ला गर्ने छन ।” उ केवल मुसुक्क मुस्कुराइन मात्र । अनि हामी दुबै जना आ – आफ्नो बाटो तर्फ लाग्यौ ।

 

भोली पल्ट हामी सबै जना क्लासमा थियौ । शिक्षकले लेक्चर दिइ रहनु भएको थियो । तर दिल कुमारी अझै पनि क्लासमा थिइन । मेरो आँखाहरुले उनलाई खोजी रहेको थियो । त्यतिकैमा बाहिरबाट आवाज आयो ।

 

मे आइ कम इन सर !”

 

सबै जनाले बाहिरको आवाज तिर ध्यान दियौ । ढोका छेउमा उनी उभिरहेको थिइन – उर्फ दिल कुमारी । सबैले उनलाई पाउ देखी शीर सम्म हेर्न थाल्यौ । तर आज उ बिल्कुलै अलग रुपमा थिइन । सबै जना एकोहोरो पाराले उनलाई हेर्न थाल्यौ । त्यसमा त म पनि अछुतो थिइन ।

 

वाउ” सबैको मुखबाट एउटै शब्द निस्की रहेको थियो ।

 

अनी दिल कुमारी सरासर क्लास भित्र पसिन । सबैको आकर्षक हेराइ उनी माथि नै थियो । तर उनी कतै नहेरी मेरो छेउमा आएर बसिन । मलाई अली अपठ्यारो लाग्न थाल्यो । किन कि म कहिले पनि क्लासमा केटीहरु सँग बसेको थिइन । क्लासमा भएका सबैले मलाई घुर्न थाले । शिक्षकले पढाएका कुराहरु केही पनि दिमागमा घुस्न सकिन त्यो दिन ।

क्लास सकियो । अनी हामी दुबै जना बाहिर निस्कियौ । सबै जनाले हामीलाई नै हेरी रहेको थियो । मलाई उनी सँग गफ गर्न पनि असजिलो महशुस भै रहेको थियो ।

धन्यबाद तपाईंलाई” दिल कुमारीले भनिन ।

 

मैले प्रती उत्तरमा भने ” किन र के को लागि तपाईंले मलाई धन्यवाद दिनु भएको ?”

उनले अली शर्माराउदै भनिन ” शायद तपाईं नहुनु भएको भए म आजको दिन कालेजमा हुन्न थिए होला । तर मलाई परिवर्तन हुने सल्लाह पनि दिनु भएकोमा ।

तर तपाईंमा अर्को कुराको पनि परिवर्तन हुनु जरुरी छ ।

मेरो कुरा सुन्ने बितिक्कै उनी चकितमा पारीन र भनिन ” अरु परिवर्तन र कस्तो परिवर्तन ?”

तपाइको नाम । हो तपाईंको नाम पनि परिवर्तन हुनु जरुरी छ । हुन सक्छ तपाईंको लागि यो नाम राम्रो होला । तर यो त शहर हो । यहाँ यस्तो नाम आज भोली युवायुवतीहरुले पचाउन मान्दैन । त्यसैले गर्दा तपाईंको नाम पनि परिवर्तन हुनु जरुरी छ ।” अनी अली अपठ्यारो मन्दै थिइन ।

श्वेता

हो श्वेता यो नाम तपाईंको लागि सुहाउछ । उनी बश मुस्कुराइन मात्र ।

 

बिस्तारै बिस्तारै दिल कुमारी श्वेताको नामले चिनिन थाले । यसै क्रममा मेरा साथीहरुसँग अप्नी श्वेताको राम्रो दोस्ती बढ्दै गयो ।

 

धेरै समय भै सकेको थियो – श्वेता र मेरो बिच मित्रता भएको । तर म बश मित्रको रुपमा मात्र होइन श्वेतालाई भित्री हृदय देखी नै चाहन्थे । म उनलाई आफ्नो बनाउन चाहन्थे । मैले श्वेतालाई मन पराउछु भनेर मेरो घरमा पनि सबैलाई थाहा थियो ।

 

श्वेता मेरो दिलो ज्यानमा समाहित भै सकेको थियो । तर आज सम्म पनि मैले उनलाई आफ्नो मनको कुर पोखेको छैन । मलाई लागि रहेको थियो कि उनले पनि मलाई चाहन्थ्यो । एक दिन म मनमा धेरै शाहअस बटुलेर उनी सामु मनका सारा कुराहरु पोख्छु भन्ने सोच लिएर श्वेतालाई भेट्न क्लास तिर गए । तर उनी क्लासमा थिइन । मैले मेरा साथीहरुलाई सोध्न थाले कि श्वेता कहाँ चाइना भनेर । तर कसैले श्वेता कहाँ चाइना भनेर भन्न सकेन । मैले उनलाई क्लास, लायब्रेरी सबै तिर खोजे तर उनलाई खोजे । तर मैले उनलाई भेटिन । अनी म क्यान्टिन तिर लागे । त्यहा श्वेता र प्रकाश (मेरो मिल्ने साथी) बसी रहेको थियो । म उनीहरुको नजिकै गए ।

म अचानक छाँगा बाट झरे जस्तो भए श्वेता र प्रकाशको कुराकानी सुनेर । उनीहरु माया पिरितिका कुराहरु गरी रहेको थिए । सँगै बाच्ने सँगै मर्ने बाचाहरु गरी रहेको थिए । म चुपचाप आफ्नो पाइला पछाडि सर्दै फर्किए आफ्नो मनको कुराहरु मनमा नै थाती राख्दै । शायद ’emलाई यो पनि थाहा भएन कि मैले ’emको कुरा सुने भनेर । मनमनै दुबै जनाको सफल जीवनको लागि प्रार्थना गरे ।

 

भोली पल्ट देखी मैले कालेज जान छोडी दिए । मेरो जीवन अन्धकार भै सकेको जस्तो लाग्न थालेको थियो । मानि लिउ यो संसारमा म बश एक्लो मान्छे छु । मैले जसलाई मन पराएको थिए, उही नै आज आर्काको अङालोमा । मैले सोच्नै नसक्ने कुरो भै सकेको थियो । एक किसिमले म पागल झै भै सकेको थिए ।

 

म कालेज एक पटक गए, तर मेरो मन भिजेन पहिलेको जस्तो । म पहिलेको जस्तै साथीहरुसँग खुलेर कुरा गर्न सकिन, हास्न सकिन, रमाउन सकिन । बिगतका श्वेता सँग बिताएका हरेक पलहरुले मलाई पछ्छाइ रहेको थियो । मैले चाहेर पनि श्वेताको यादलाई मेटाउन सकिन । अनी मैले श्वेताको याद मेटाउनको लागि मैले आफ्नो ठाउँ छोड्ने बिचार  गरे । मैले घरअपरिवारमा छलफल फरी म गाइघाटबाट काठमाडौं पढाइको निम्ती गए । म काठमाडौं गएको ६ महिना पछी श्वेता र प्रकाशले मन्दिरमा विवाह गरेछन ।

 

थाहा नै नपाई समय पनि २।३ बर्ष बिती सकेको थियो । एक दिन मेरो घरबाट बहिनिको विवाह हुन लागिरहेकोले गर्दा घर चाडै आउनु परे भनेर चिट्ठी आयो । त्यसैले त्यही कामको सिलसिलामा म गाइघाट फर्किए । घरमा पुगे, विवाह पनि राम्रै किसिमले सम्पन्न भयो । विवाह सकिन साथ म फर्किनु पर्ने थियो, तर धेरै लामो समय पछी गाइघाट आएकोले गर्दा केही समय मलाई आफ्नै ठाउमा नै बिताउन मन लाग्यो ।

विवाह सकिएको २ दिन बितिसकेको थियो । म बिहानै उठेए घरबाट बाहिर निस्के । धेरै साथीहरुलाई भेटे, तर श्वेता र प्रकाशलाई भेट्ने कोशीश गरिन । बिहानको समय भएकोले गर्द मैले मन्दिर जन छुटाइन । मन्दिराबाट फर्किदा नजिकै एक दमै राम्रो घरअको निर्माण काम चल्दै थियो । म त्यही घर तिर एक छिन् हेरी रहे ।

राजु” कसैले मलाई बोलायो, तर मैले ठम्याउन सकिन कसले मलाई बोलाई रहेको छ भनेर । त्यही निर्माण हुँदै घरबाट एक जना केही मोटो मान्छे मेरो नजिकै आउँदै गरेको देखे । मैले त्यो मान्छेलाई चिन्न सकिन । त्यो मान्छे मेरो नजिकै आइ पुग्यो । म त्यो मान्छेलाई देखेर म तीन छक्क परे । त्यो मान्छे त जीवन पो रहेछ । उ मेरो क्लासको साथी । तर जीवन आज धेरै मोटाइ सकेको थियो । पहिले जीवन धेरै पातलो थियो ।

अनी राजु ! तिमी त धेरै लामो समय पछी गाइघाट आयौ ?”

के गर्नु यार, पढाईलाई पनि टाईम दिनु पर्‍यो नि त ।” मैले जीवनलाई भने ।

जीवन मात्रा मुसुक्क हास्यो । मैले उनको हालखबर सोधे । उ त ठेकेदार काम गर्न थालेको रहेछ । अनी मैले जीवनलाई श्वेता र प्रकाशको ’boutमा पनि सोधे । तर जीवनले मलाई केही पनि भन्न चाहेन उनीहरुको ’boutमा । त्यस पछी म जीवन सँग बिदा मागी आफ्नो गन्तब्य तिर लागे । फर्किने क्रममा मेरो आँखा गिट्टी कुटी रहेको एउटा आईमाई माथि पर्न गयो । सार्है नै दयनिय अवस्थामा थिए – ति आईमाई । उनको साथमा एउटा सानी बच्चा पनि थियो । शायद भोकले होला बच्चा रोइ रहेको थियो । म त्यस आईमाई नजिकै गए । तर ति आईमाईले आफ्नो अनुहार फाटी सकेको साडीको सप्कोले छोप्ने प्रयत्न गरिन । कता कता देखे जस्तो र चिने जस्तो लाग्यो मलाई । उनको साडीको सप्को उनको अनुहार लुकाउन काफी थिएन । म उनको नजिकै पुग्ने बितिकै कहालिन पुगे । जीवन अन्धकार भए जस्तो लाग्यो एक छिनको लागि । मेरो छातीभरी पुरानो घाउहरु बल्जिन थाले ।

श्वेता ! तिमी यो हालतमा? कसरी?” मैले आफ्नो आश्चर्य यसरी पोखे । तर श्वेता मसँग बोल्न चहिनन । उनले आफ्नो अनुहार बिपरित दिशा तिर मोडिन । मैले उनलाई लाख बिन्ती गरे अनी मात्रा उनले आफ्नो २ बर्षको तितो कहानी सुनाउन थाले । उनलाई नियतिले ठगेको एक एक कुराहरुले मेरो बित्री हृदयमा चस चस घोची रहेको थियो । उनको आँखा भरी आन्शुका ढिक्काहरु जमी रहेको थियो र मेरो पनि आँखाबाट आशु बगिरहेको थियो ।

वास्तव श्वेता गाउको जमिन्दारको एक्लो छोरी थिइन । सबै कुराहरुले सम्पन्न परिवारमा हुर्किएको युवती थिइन । आमा भने पनि बुवा भने पनि श्वेतालाई उनको लागि बुवा नै थियो । किन कि उनको आमा सनै चाडआ नै बिती सकेको थियो ।  आफ्नो बुवाको इच्छा अनुसार मात्रा उ गाइघाट पढनको लागि झरेको थिइन । नत्र श्वेता एउटा टिपिकल गाउले केटी थिइन । तर मेरो संगतमा परे पछी मात्र उनमा परिवर्तन आएको थियो । प्रकाशले श्वेतासँग मायाको झुटो गाथा गास्यो बश सम्पत्तिको लागि, श्वेता सँग विवाहको सम्बन्ध गास्यो बश सम्पत्तिको लागि । ’emको विवाह पश्चात श्वेताको बुवाले सबाइ सम्पत्ति प्रकाशको नाम गरी दिएछ । किन्की बुवाको शेष पछी त सम्पत्तिको हकदार श्वेता नै थियो । तर प्रकाशले त्यस पछीको दिनहरुमा आफ्नो असली रुप देखाउन थालेछ । आफ्नो ज्वाँईको असली रुप देखे पछी बुवाको हृदयघातबाट निधन भएछ । त्यस पछी प्रकाशले श्वेतालाई परबाह गर्न चढि दिएछ । त्यती खेर श्वेता गर्बपती थिए । अहिले प्रकाशको अर्कै दुनियाँ बनी सकेको छ । अनी श्वेताको चाँही दर्द भरिएको जिन्दगी । यस्तो थियो श्वेताले मलाई सुनाएको कहानी । श्वेता बास्तबमै धेरै दुब्लो भएको थियो । हाड र छला मात्रा थियो उनको शरीरमा । उनको अनुहार पनि कालो निलो भै सकेको थियो । शायद कती दिन देखी भोकै थि होला । नजिकै बच्चा कराइ रहेको थियो । बच्चालाई आफ्नो काखमा लिएर दुध चुसाउन लगिन । तर त्यती नै बेला श्वेता बेहोश भइन । श्वेताको छोरी जोड जोडका साथ कराउन थाले । शायद आफ्नो आमाबाट आफु प्रतिको बात्सल्य प्रेमको खोजिमा थिइन उनी । मैले त्यो बच्चालाई च्यापे अनी एम्बुलेन्स बोलाए ।

 

अस्पतालमा पुगेर श्वेतालाई ईमर्जेन्सी वार्डमा भर्ना गरे । डाक्टरले उनलाई पानी चडाइ दिए । श्वेता अझै पनि बेहोश अवस्थामा अनी थियो । लगभग ३।४ घण्टा पछी मात्र श्वेताको होश आयो । “अहिले तिमिलाई कस्तो छ ?” मैले श्वेतालाई उनको हालखबर जान्ने प्रयत्न गर्दै सोधे । उनले मेरो जवाफ दिनु अगावै नै आफु नजिकै बेडमा भएको छोरीलाई मेरो हातमा दिदै केही भन्न कोशीश गर्‍यो । अस्पष्ट शब्दहरु निस्की रहेको थियो । मलाई बुज्न प्रयास गरे ।

राजु अब म धेरै समयसम्म आफ्नो यो जुनीलाइ टिकाउन सक्छु जस्तो लागेको छैन । त्यसैले मेरो छोरीको तिमी संरक्षक बनी देउ । केवल संरक्षक । प्लिज मलाई तिमी बचन् देउ कि तिमीले मेरो छोरीलाई आफ्नो सन्तान जस्तै राख्ने छौ ।

 

म नतमस्तक भए उनको कुर सुनेर । मैले हुन्छ भन्नु सिबाय् केही पनि उनलाई भना सकिन । मेरो त्यस्तो जवाफ सुनेर उनको अनुहारमा केही हल्का मुस्कान छायो । “राजु तिमी मलाई बचन् देउ कि तिमी मेरो छोरीको संरक्षक भन्ने छौ ।” अडकिदै श्वेताले भनिन । मेरो आँखा भरी आशु भरी सकेको थियो । मैले उनलाई बाचान दिए कि उनले चाहेको अन्तिम इच्छा पुर गर्ने छु भनेर । त्यतिकैमा श्वेता मलाई अरु कुरा भन्न चाहे जस्तो थियो । तर त्यो कुरा श्वेताले पुरा गर्न सकेन । श्वेताले आफ्नो आँखा सदा सदाको लागि चिम्लिन ।

 

श्वेताको शरीर बिना मूल्यमा परिवारतित भै सकेको थियो । म भक्कानो फुट्ने किसिमले रुन पुगे । तर मैले आफ्नो त्यो रोदनलाई रोकेर रोइ रहेको श्वेताको छोरीलाई उठाए । अनी आफ्नो पाइलाहरु अगाडि बढाउन लगे, तर मेरो पाइला टक्क अडिन पुग्यो । मैले देखे मेरो सामु प्रकाश उभी रहेको । प्रकाशको आँखामा पनि आशु बगी रहेको थियो । प्रकाशले श्वेताको खुट्टा हात राखी रुदै भन्यो “श्वेता तिमीले हामीलाई छोडेर जान सक्दैनौ । मलाई माफ गरी देउ । मैले तिमीलाई ढोका दिए ।” मुढा लडे जस्तै लडेको श्वेताको लाशमा छाती पिटी पिटी रुन थाल्यो ।

 

प्रकाशलाई पनि मैले निकै दुब्लो देखे । शायद उ लागु प्रदार्थको शिकार भएको थियो । ऐश आरामको जिन्दगीको लागि उनले श्वेताको सम्पत्ति हडप्यो । अनी लागु औषधको बाटो अपनायो । शायद उनले पनि श्वेतालाई त्यती नै चाहन्थ्यो, जती मैले चहेको थिए । तर ऐश आरामको जिन्दगीको लागि प्रकाश बाटो भाडाकिएको मान्छे जस्तै भनी सकेको थियो ।

 

प्रकाशले आफ्नो छोरी मसँग मगे । तर मैले उसलाई श्वेताको अन्तिम इच्छाको जानकारी गराउदै छोरी दिन मानिन । मैले भावना र दायित्वको कुरा गरे तर उसले रगतको कुरा गर्न थाले । त्यहा पनि मेरो नै हार भयो । मैले श्वेताको छोरी माथि आफ्नो अधिकार जमाउन सकिन । वास्तबिक अर्थमा प्रकाशको नै छोरी माथि हक र अधिकार लाग्थ्यो । नचाहदा नचाहदै पनि मैले प्रकाशलाई उसको छोरी जिम्मा दिनु पर्‍यो ।

 

त्यस पछी बाच्नु देखी बित्रिष्णा लागेर आयो । प्रत्येक् मानिस प्रति मलाई घ्रिणा लाग्न थाल्यो । आँफैले आँफैलाई धिकार्न लागे । शायद म आफ्नो लागि आँफै घ्रिणित पात्र  बनी सकेको थिए किन कि मैले श्वेताको बश एउटा अन्तिम इच्छा पनि पुरा गर्न सकिन । त्यसैले आज २० बर्ष भै सक्यो त्यो मानव भनाउदाहरुको बस्ती छोडेको ।

 

यसरी मेरो एउटा कहानी टुंगिन पुग्छ । मेरो आँखाबाट आशु बगी रहेको थियो । मैले कोठाको बातावरण तिर ध्यान दिए । शान्त बातावरण छाएको थियो । त्यती खेर पानी पर्न छाडि सकेको थियो । मेरो अगाडि दुबै जना मेरो कहानी सुनी रहेको थियो । दुबै जनाको आँखा रसाइ रहेको थियो । अझ शितलको हालत अली खराब नै थियो । उनको आँखाबाट बलिद्र आशुका थोपाहरु चुहिन मात्र बाँकी थियो ।

 

शितल सरासर मेरो सामु आइन र केही बेर सम्मा मलाई एकोहोरो हेरी रहिन । “बाबा ! तपाईंलाई श्वेताको छोरीको ’boutमा केही थाहा छ त ?”

मेरो जवाफ कोशीश गरे तर आवाज आएन । बश मैले टाउको मात्रा हल्लाए । केही छिन् मैले भने ” अह, मलाई उनको ’boutमा केही पनि थाहा छैन । शायद उनी त अहिले तिमी जत्री भइन होली ।” मैले शितललाई देखाउदै आफ्नो कल्पना उनलाई पोखे ।

के तपाईं श्वेताको छोरीलाई भेट्न चाहनु हुन्छ?”

किन नचाहनु र ? अबश्य पनि म श्वेताको छोरीलाई भेट्न चाहन्छु ।” आफ्नो भित्री इच्छा यसरी पोखे ।

तर म त्यती खेर कती लाचार थिए है, मैले श्वेताको अन्तिम इच्छा पनि पुरा गर्न सकिन ।” अली दुखी हुँदै भने ।

फेरी मैले आफ्नो मनको जिज्ञासा राख्ने मनसाय् गरे ” तर उनी अहिले कहाँ छिन् होला ?” मेरो शिर घोप्टो परी सकेको छ किन कि मेरो अतितका क्षणले फेरी मेरो छाती चस चस गरी घोची रहेको छ । मैले उनीहरुसँग नजर मिलाउन सकिन ।

शितलले मेरो घोप्टो परेको चिउडोलाई हातले माथि उचाल्दै उनले मेरो आँखामा हेर्दाइ भनिन ” बाबा ! श्वेताको छोरी अहिले तपाईंको सामु नै उभिएको छ ।” म खुशीले गदगद भए । म भित्र खुशीको सिमा रहेन र लाग्यो मलाई पहिलो पल्ट भाग्यले साथ दिए जस्तो लाग्यो । मैले मेरो भगवानअलाई मनमनै धन्यवाद दिए ।

हो बाबा, म नै श्वेताको छोरी हुँ ।” भन्दै शितलले मलाई अंकमाल गरिन । मेरो आँखाबाट खुशीको आशु थामिएको थिएन । शायद धेरै समय पछी मैले आफ्नो भन्ने कोही मान्छेको अंकमालमा रमाउन पुगेको छु । म हर्षले बिभोर भएको छु ।

मैले शितललाई उनको बुवा उर्फ प्रकाशको ’boutमा सोधे । उनले भनिन ” मेरो बाबा बित्नु भएको ५ बर्षा भयो । मलाई मेरो बाबाले कहिले पनि आफ्नो आमाको कमी हुन दिनु भएन । मेरो आमा भने पनि बुवा भने पनि मेरो बाबा नै हुन । बाबा धेरै समय सम्म लागु प्रदार्थमा रम्नु भयो । तर मेरो खुशीको लागि बाबाले कहिले पनि लागु प्रदार्थ छुनु भएन । तर शायद त्यती खेर निकै ढिलो भाई सकेको थियो क्यार । मेरो बाबालाई क्यान्सर भै सकेको थियो । मलाई बाबाले मर्ने बेलामा मेरो आमा र तपाईंको ’boutमा सारा कुराहरु सुनाउनु भयो र उहाको अन्तिम इच्छा थियो कि तपाईं सँग क्षमा माग्ने । तर त्यो काम त बुवाले गर्न सक्नु भएन तर मलाई त्यो काम छोडेर जानु भयो । त्यसैले म मेरो बाबाको तर्फबाट तपाईं सँग क्षमा माग्दै छु ।” भन्दै हात जोडीन । मैले प्रकाशलाई मन मनै माफ गरे .

 

त्यती खेर सम्म बिहानको किरण लागि सकेको रहेछ । उनीहरुले आफु सँगै शहर जानको लागि अनुरोध गर्‍यो तर मैले मानिन् । मलाई मेरो एक्लोपन नै मन पर्न थाली सकेको थियो । धेरै अनुरोध गर्दा पनि मैले शहर जान मानिन् । अनी उनीहरु शहर जानको लागि मसँग बिदाबरी मागेर आफ्नो बाटो लगे । तर म जीवन गोरेटोको एउटा यात्री कयौ बर्षौ देखी हुँदै आफ्नो एक्लोपनमा बाची रहेको छु । आज पनि म त्यही अनकन्टार अनी निर्ज्जन ठाउमा जीवन साची रहेको छु – कसैको यादमा र भन्दै छ “श्वेता ! आज फेरी तिम्रो याद आयो ।

  




उत्तम बिषयबस्तुहरु

क्यालेन्डर

जनवरी 2009
सो मं बु बि शु
 123
45678910
11121314151617
18192021222324
25262728293031

अहिले सम्म कति पल्ट हेरियो त?

  • 3,565 hits

Top Clicks

  • कुनै पनि होइन