अनायसै, तिम्रा सम्झनाले दुखाइ दियो यो छाती
सोच्छु, तिमीसँग भेट नभएको नै जाती
किन किन अनिर्णित कथा गुथ्या थ्यो यो मनले
तिमी सँग यो नजर नजुधेको नै जाती
आधीहुरी झै हलचल ल्याइ दियो त्यो सानो भेटले
दोबाटोमा हाम्रो भेट नभएको नै जाती
टुट्नु नै थियो त सम्पनाहरु किन सपना देख्नु
मेरा हर सपनामा तिमी नआएको नै जाती
बुझेर हो य नबुझेर तिमीले लत्याइ झै देखे
अब देखि मैले तिमीलाई नदेखेको नै जाती
राजु राई
०५-०४-२०१७
0 प्रतिक्रियाहरू to “तिमीसँग भेट नभएको नै जाती”